काठमाडौँ– सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुन बमोजिम कारवाही गर्न प्रतिबद्व रहेको बताएको छ । बुधवार एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउनेलाई स्वासथ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कारवाही गरिने बताएको हो । मन्त्रालयले उक्त ऐन बमोजिम हुने दण्ड सजायको व्यवस्थालाई अस्पताल परिसरमा कम्तिमा पनि ६/४ फुटको स्थायी सूचना बोर्ड टाँस्न आगह गरेको छ । साथै उपचारमा लापरवाही भएको शंका लागेमा सेवाग्राही तथा सम्बन्धित व्यक्तिले अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय, नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयमा निवेदन सक्ने सूचनामा उल्लेख छ । के छ ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन– २०६६’…
Aricle Tech
काठमाडौँ, १७ असोज । युवा चिकित्सक संघले बझाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि सहयोग आह्वान गरेको छ । बझाङ केन्द्रबिन्दु भएर मंगलबार दुईपटक भुकम्प गएको थियो । भुकम्पमा परी केही व्यक्तिहरु घाइते बनेपछि त्यहाँ निःशुल्क स्वस्थ्य शिविर तथा राहत कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ । संघका अनुसार युथ फर नेशन, एमआरआर, डब्लूआरआर लगायतका सहकार्यमा गर्न लागिएको उक्त शिविरमा अत्यावश्यक औषधि समेत विरतण गरिनेछ । ‘नट् प्रे फर बझङ, लेट्स डु समथिङ फर बझाङ’, अर्थात् बझाङका लागि प्राथना होइन केही गरौं भन्ने मूल नाराका साथ भोलि निस्किन लागेको उक्त समूहले शिविर तथा राहत कार्यक्रमका लागि सहयोग गर्न सबैमा आह्वान…
काठमाडौँ, १७ असोज । बिरामीको मृत्युपछि विराटनगरको गोल्डेन अस्पताल तनावग्रस्त बनेको छ । मंगलबार राति सडक दुर्घटनामा घाइते भएका धनपालथान गाउँपालिका–७ का २५ वर्षिय रवि मण्डलको उपचारको क्रममा मृत्युपछि त्यहाँको अवस्था अवस्था तनाबग्रस्त बनेको हो । मृतकका आफन्तले अस्पतालमा तोडफोड र ढुंगा मुढाको प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले बताए । उनका अनुसार ढुंगामुढा प्रहारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
काठमाडौं, १६ असोज । नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सक संघ र संघर्षशील स्वास्थ्यकर्मीहरुसँग भएको सम्झौता अक्षरसः कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। मंगलबार संघीय संसद बैठकमा बोल्दै उनले चिकित्सकसँग सम्झौता भएको २४ घण्टा नबित्दै स्वास्थ्यकर्मीमाथि आक्रमणहरु दोहोरिएको भन्दै चिकित्सकसँग भएको जेल विथवाउट बेल सहितको सम्झौता कार्यान्वयन गर्न माग गरे । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई बिना धरौटी जेल चलान गरेर अनुसन्धान गर्ने व्यवस्था मिलाउनुपर्ने थापाको भनाइ छ । तत्कालिन समयमा पुष्पकमल दाहाल नै प्रधानमन्त्री र आफु स्वास्थ्यमन्त्री रहँदा बनाएको जनशक्ति र पूर्वाधार व्यवस्थापनको एकीकृत खाकासहितको एकीकृत स्वास्थ्य पूर्वाधार परियोजना र मापदण्ड मन्त्रालयमा धुलो लागेर बसेको भन्दै त्यसलाई टकटकाएर…
बझाङ– भूकम्पको धक्कापछि बझाङ जिल्ला अस्पतालमा गर्भवतीलाई अस्पताल बाहिरै सुत्केरी गराइएको छ । बझाङ केन्द्र भएर मंगलबार दिउँसो दुई पटक भूकम्प गएपछि गर्भवती महिलालाई अस्पताल भवन बाहिरै सुत्केरी गराइएको अस्पतालले जानकारी दिएको हो । सुत्केरीपछि हाल आमा तथा शिशु दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दिउँसो २ बजेर ४० मिनेटमा जिल्लाको तिलकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्नेच्युड र ३ बजेर ६ मिनेटमा चैनपुर केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पबाट घर तथा विद्यालयहरूमा क्षति पुगेको छ। धक्का महशुसपछि अस्पतालले भने बिरामीलाई अस्पतालको प्राङगणमै राखेर सेवा दिएको हो ।
काठमाडौँ– स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीले अध्ययनपूर्व स्वीकृति तथा तालिममा मनोनयनका लागि संलग्न गराउनुपर्ने कागजातसम्बन्धि सूचना सार्वजनिक गरेको छ । अध्ययनपूर्व स्वीकृति तथा तालिममा मनोनयनका लागि बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुमा कार्यरत सबै कर्मचारीहरुको शैक्षिक उन्नयका लागि निजामति सेवा ऐन, २०७९ तथा अन्य प्रचलित कानून बमोजिम केही कागजातहरु पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । जसअन्तर्गत कर्मचारीले कर्मचारी स्थायी नियुक्तीको प्रमाणपत्र १ प्रति प्रतिलिपि, पदको स्तर वृद्वि भएका कर्मचारीको सोको प्रमाणित प्रतिलिपि, समायोजन र पदस्थापन गरिएको पत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्नेछ । यस्तै, कर्मचारीले राष्ट्रिय कितावखाना (निजामति) बाट मुद्रण गरिएको कर्मचारीको वैयक्तिक विवरण, पूर्व…
लमजुङ– डाक्टरमाथि हातपात गर्ने बेसीशहरका वडाध्यक्ष ऋषिराम बस्नेत रिहा भएका छन् । लमजुङ अस्पतालको कार्यकक्षमै डाक्टर सन्दीप अधिकारीलाई हातपात गर्ने वडाध्यक्ष बस्नेत एक लाख धरौटीमा रिहा भएका हुन् । ७ असोज गते आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका समयमा चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेतले मादक पदार्थ सेवन गरी डाक्टरमाथि कार्यकक्षमै हातपात गरेका थिए । यसै कसुरमा पक्राउ परेका उनमाथि स्वासथ्यकर्मी तथा स्वास्थ्य सुरक्षाविरुद्वको मुद्दा चलाइएको थियो । जिल्ला अदालत लमजुङले धरौटीमा रिहा गर्न आदेश दिएसंगै उनी हिरासतमुक्त भएका हुन् । जबकी ऐन, २०६३ दफा ३ को कसुरमा सोही दफा १५ अनुसार यस्तो…
काठमाडौँ– नेपाल औषधी उत्पादक संघले नेपालमा पहिलो पटक फर्मा कनक्लेभ-२०२३ को आयोजना गर्ने भएको छ । सोमबार एक सुचना जारी गर्दै संघले आफ्नै योजनामा पहिलो पटक नेपालमा ‘फर्मा कनक्लेभ–२०२३’ सञ्चालन गर्न लागेको जानकारी दिएको हो । कन्क्लेभको मूख्य उद्देश्य नेपाली बजारमा स्वदेशी औषधीको नयाँ अवसर सिर्जना, औषधी उत्पादन तथा बजारीकरणका नियमक नितिहरुको निरन्तरता र औषधी निर्यातलाई अन्वेषण गर्ने रहेको संघले जनाएको छ । संघका अनुसार असोज २५ गते होटेल याक एण्ड यतिमा हुने भनिएको सो कार्यक्रममा नेपालको औषधी उद्योगका उत्पादक, व्यवसायी, अनुसन्धानकर्ता र निर्यातकर्तालाई एकै ठाउँमा भेला हुनेछन् । साथै नेपाली औषधी उत्पादन तथा बजारीकरणसम्बन्धी नीतिहरुका विषयमा नेपाल सरकारका प्रतिनिधिहरु,…
रातको समयमा पनि हाम्रो शरीरले काम गरिरहेको हुन्छ । जब हामी सुत्छौ तब शरीरका भित्री अंगहरुले अन्य सामान्य अवस्थामाभन्दा अझ बढी छिटो काम गर्न थाल्दछ । जसअन्र्तगत शरीरका विभिन्न अंगहरुले दिनमा हामीले खाएका सम्पुर्ण खानाको उपयोग गर्न थाल्दछ । यसक्रममा शरीरका अन्य अंगसंगै हाम्रो मस्तिष्क पनि उत्तिकै सक्रिय रहन्छ । जसकारण बिहान उठ्दा हामीलाई भोक लागिरहेको हुन्छ । र बिहानको खानाले शरीरलाई दिनभरी ऊर्जा दिन्छ । यसका कारण पनि व्यक्तिको शरीरका लाति नास्ता (ब्रेकफास्ट) आवश्यक छ । यसले दिनभर शरीरलाई ऊर्जा प्रदना गर्दछ । यसकारण पनि दिनको शुरुवात गर्ने खाना स्वस्थवद्र्धक हुन आवश्यक छ । ब्रेकफास्ट अघि मनतातो पानी बिहान…
काठमाडौं, १५ असोज । चिकित्सकमाथि देशभर दुव्र्यवहार बढेको भनेर चिकित्सा क्षेत्र आन्दोलित भइरहेकै बेला सोमबार सोलुखुम्बुमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएको छ । जिल्लाको फाप्लुस्थित जिल्ला अस्पताल कार्यालयमा सोमबार साँझ ४ः३० बजेतिर दुर्घटनामा परेर अस्पतालमा आएका घाइतेले चिकित्सकमाथि दुव्र्यवहार गरेको जिल्ला अस्पताल फाप्लुले विज्ञप्ति निकालेर जनाएको छ । अस्पतालका अनुसार ती व्यक्तिले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्दै भौतिक संरचना तोडफोड गर्न लागेपछि नियन्त्रणमा लिएर स्थानीय प्रशासनको जिम्मा लगाइएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रशान्त झा सहित १४ जना चिकित्सक एवं स्वास्थ्यकर्मीले विज्ञप्ति निकाल्दै स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि देशभरिका अस्पतालमा कुटपिटको घटना भइरहेको भन्दै दोषीहरु माथि स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि पहिलो…

