काठमाडौँ– बिपी स्मृति अस्पतालले महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२३ ’को उपाधि जितेको छ । शुक्रवार र शनिबार भएको खेलमा नर्भिक अस्पताललाई पेनाल्टी सुटआउटबाट पराजित गर्दै बिपीले जित आफ्नो पोल्टामा पारेको हो । बिपी स्मृतिले ् इनुस हेल्थ केयरलाई र नर्भिक अस्पतालले ग्रिनसिटी अस्पताल लाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । विजयी भएसंगै बिपीले उपाधि सहित ४० हजार रुपैयाँ प्राप्त गरेको थियो भने उपविजेता नर्भिक अस्पतालले २० हजार रुपैयाँमा चित्त बुझायो । ‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ हस्पिटलले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको…
Aricle Tech
काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरेको छ । पछिल्लो समय बढ्दै गएको स्वासथ्यकर्मीमाथिको आक्रमणलाई मध्यनजर गर्दै मन्त्राललयले अतिरिक्त सचिव डा टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ अनुसार गठन गरेको हो । समितिले स्वास्थ्यकर्मीको सुरक्षाप्रतिकुल हुनेगरी कुनै स्वास्थ्य संस्थामा भएका घटनाका सम्बन्धमा जाँचबुझ गर्ने र अनुसन्धानमा सहयोग गर्ने, अदालतको फैसलाअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको तर्फबाट सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति दिलाउने प्रवक्ता बुढाथोकीले बताए…
काठमाडौँ– चिकित्सक चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । एक सुचना सार्वजनिक गर्दै नेपाल मेडिकल काउन्सिलले असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएको जानकारी दिएको हो । सुचना अनुसार कुल १८११ विद्यार्थी सहभागी परीक्षामा मेडिकलतर्फ ६६२ (४४.४०%) र डेण्टलतर्फ १७१ (५३.४४%) उत्तीर्ण भएका छन् । जबकी यसअघि जेठमा सञ्चालित ६६ औं लाइसेन्स परीक्षामा ३८.३९ प्रतिशत परीक्षार्थी पास भएका थिए । साथै काउन्सिलले नतिजा चित्त नबुझेका विद्यार्थीलाई पुनर्याेगका लागि समेत आह्वान गरेको छ । यसका लागि विद्यार्थीले सुचना प्रकाशितको ३५ दिनभित्र आवश्यक विवरणसहित काउन्सिलको ईमेलमा आवेदन दिनसक्ने बताइएको छ ।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सुचना जारी गर्दै स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धि व्यवस्था कार्यन्वयनको काम सुरु भइसकेको जनाएको छ । सुरक्षाको माग गर्दै आन्दोलनरत चिकित्सक र सरकारबीच शनिवार ६ बुँदे सहमति भएसंगै त्यसको कार्यान्वयनमा सरकार लागिपरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको राय छ । उसोभए हालसम्म के–कस्ता कार्यहरुको थालनी भए त ? यससम्बन्धमा बोल्दै उनी भन्छन्, ‘ऐनमा उल्लेखित समन्वय समितिको बैठक पहिलो पटक हिजो मात्रै गृह मन्त्रालय तथा विभिन्न संघसंस्थाका प्रतिनिधित्वहरुको उपस्थितीमा सम्पन्न भएको छ भने बैठकले स्वास्थ्यकर्मीका समस्या सुनुवाईका निम्ति समेत केही विशेष पहल थालेको छ ।’ यसअन्तर्गत मन्त्रालयका तर्फबाट नियम कानुनका बारेमा ब्यानर तथा उजुरी पेटिका बनाउने, तथा…
हामीमध्ये धेरैको शरीर बिहान उठ्दा आलस्य हुन्छ । जसकारण व्यक्ति निन्द्राबाट ब्यूझिसकेपछि पनि व्यक्तिहरु लामो समयसम्म ओछ्यानमा नै आफ्नो समय बर्बाद गर्छन् । जुन विल्कुल गलत हो । बिहानै उठ्ने बित्तिकै गरेका कार्यहरुले व्यक्तिको शारीरिक संगै मानसिक स्वास्थ्यमा पनि उत्तिकै प्रभाव पारिरहेको हुन्छ । तसर्थ यसकारण पनि व्यक्ति आफू बिहान उठ्ने बित्तिकै के गर्ने÷नगर्ने ? दिनको शुरुवात कसरी गर्ने भन्ने विषयमा सजग रहनुपर्छ । के गर्ने त बिहान ? पानीको सेवन बिहान उठ्ने बित्तिकै व्यक्तिले पानीको सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायिक रहन्छ । सम्भव भएसम्म व्यक्तिले ओछ्यानमा नै मनतातो पानीको सेवन गर्नुपर्छ । यसले व्यक्तिको शरीरमा भएका डिटक्स पिसाबको…
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धि व्यवस्था कार्यन्वयनको काम सुरु भइसकेको जनाएको छ । आइतबार एक सुचना जारी गर्दै मन्त्रालयले आज बसेको बैठकले पछिल्लो समय स्वास्थ्यकर्मीहरु माथि भएका अवान्छित घटनाहरुका सम्बन्धमा एवं स्वाथ्यकर्मीहरुसँगको सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि छलफल भई काम शुरु गरिसकेको जानकारी दिएको हो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ५ बमोजिमको व्यवस्था अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा समन्वयात्मक रुपले काम गर्नको लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरित्त सचिव ज्यूको अध्यक्षतामा गठित समितिको आज मिति २०८०।०६।१४ गते बसेको वैठकले पछिल्लो…
काठमाडौँ– केहि समयदेखि जारी चिकित्सक आन्दोलन टुंगिएको छ । सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुकोे गएराति शनिवार सरकारसंग ६ बुँदे सहमति भएसंगै आन्दोलन टुगिंएको हो । सम्झौतामा द्विपक्षबीच स्वस्थ्यकर्मीको सुरक्षा प्रत्याभूतिका लागि विशेषगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन–२०६६ लाई कडाईका साथ कार्यान्वयन गर्ने सहमति भएको छ । यस्तो छ ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन-२०६६’ स्वास्थ्य सेवा नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी बनाउने हेतुले नेपालको २०६३ संविधानको को धारा ८३ को उपधारा (१) ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन’ समेटिएको छ । जसमा मुख्यतयाः स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको हकहित तथा सुरक्षाका पाटोहरुको व्यवस्था गरिएको छ । ऐनको नम्बर ३…
काठमाडौं, ५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशांसा गरेका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिवको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनिय रहेको बताए । मन्त्री बस्नेतले भने,‘केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल बेड निस्शुल्क गर्ने निर्णय गरेपछि बाग्मती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका बेड निस्शुल्क गर्न सल्लाह दियौ । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्रीज्युले निर्णय गरेर…
काठमाडौं, ४ असोज । आज विश्व अल्जाइमर्स डिजिज डे । यसलाई सामान्य भाषमा बिर्सने रोग पनि भनिन्छ । त्यसो त डिमेन्सियालाई पनि बिर्सने रोग भनिन्छ । मनोचिकित्सक डा. प्रेरणा झाका अनुसार यो समस्या भएपछि मुख्यगरि तीनवटा परिवर्तन मानिसमा देखिन्छ । यो रोग लागेपछि मानिसको स्मरणशक्ति, विचार र व्यवहारमा परिवर्तन आउँछ । यो रोग लाग्नुका विभिन्न कारण हुन्छन् । वंशानुगत कारणले पनि यो समस्या हुन्छ । सामाजिक सांस्कृतिक पक्ष र व्यक्तिगत कारणले पनि अल्जाइमर्स हुन्छ । यो समस्यालाई मुलतः दुई चरणमा बुझ्न सकिन्छ । अर्ली डिमेन्सिया अर्थात ५५ वर्षदेखि ६५ वर्षको उमेरमा हुने समस्या र लेट डिमेन्सिया भनेर ६५ वर्षमाथिका मानिसलाई…
काठमाडौं, ४ असोज । हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएकामध्ये चिकित्सकमाथि हातपात गर्ने एकजना सुनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई उदृत गर्दै चिकित्सक संघका सहसचिव लिजन महर्जनले स्वास्थ्य डायरीलाई बताए । पक्राउ पुर्जी जारी भएका बाँकी चारजनाको पनि खोजी जारी रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । चिकित्सकमाथि हातपात गर्नेहरु माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन (पहिलो संशोधन २०७९ अनुरुप बिना धरौटी जेल चलान गर्नुपर्ने लगायत माग राखेर नेपाल चिकित्सक संघ आन्दोलित भएपछि स्वास्थ्य मन्त्रालयका सहसचिवको नेतृत्वमा…

