रातको समयमा पनि हाम्रो शरीरले काम गरिरहेको हुन्छ । जब हामी सुत्छौ तब शरीरका भित्री अंगहरुले अन्य सामान्य अवस्थामाभन्दा अझ बढी छिटो काम गर्न थाल्दछ । जसअन्र्तगत शरीरका विभिन्न अंगहरुले दिनमा हामीले खाएका सम्पुर्ण खानाको उपयोग गर्न थाल्दछ । यसक्रममा शरीरका अन्य अंगसंगै हाम्रो मस्तिष्क पनि उत्तिकै सक्रिय रहन्छ । जसकारण बिहान उठ्दा हामीलाई भोक लागिरहेको हुन्छ ।
र बिहानको खानाले शरीरलाई दिनभरी ऊर्जा दिन्छ । यसका कारण पनि व्यक्तिको शरीरका लाति नास्ता (ब्रेकफास्ट) आवश्यक छ । यसले दिनभर शरीरलाई ऊर्जा प्रदना गर्दछ । यसकारण पनि दिनको शुरुवात गर्ने खाना स्वस्थवद्र्धक हुन आवश्यक छ ।
ब्रेकफास्ट अघि मनतातो पानी
बिहान खाली पेटमा कम्तिमा पनि २ गिलास मानतातो पानी खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । यसले निस्क्रिय रहेका हाम्रो शरीरको अंगलाई सक्रिय तुल्याउनुका साथै खाना पचेपछि शरीरमा बाँकि रहेका अन्य अनावश्यक पदार्थलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ । यसका साथै यसले पाचन यन्त्रलाई समेत राम्रो बनाउन मद्दत गर्दछ ।
यदि बिहान उठ्ने बित्तिकै सादा पानी खान सकिदैन भने व्इक्तिले व्यक्तिले आफ्नो रुचिअनुसार दालचिनीको धुलो मिसाएर या कागती वा जिरा मिलाएर पनि पिउन सकिन्छ ।
नास्ता (ब्रेकफास्ट)
मनतातो पानी पिएको ३० मिनेटदेखि १ घन्टाभित्र मात्रै नास्ता लिनुपर्छ । नास्ताले शरीरलाई दिनभरी फूर्तिलो बनाउने भएकाले यो स्वास्थ्यवद्र्वक तथा हल्का हुनु जरुरी छ । तर, प्रायजसो व्यक्तिहरु नास्ता नै नगर्ने वा गरेपनि आफैले कुन खाना कति र कसरी खादैँछौ भन्ने कुराको हेक्का राख्दैनन् । जुन विल्कुल गलत हो ।
नास्ता नलिएका व्यक्तिले सोझै खाना खादा शरीरलाई आवश्यकभन्दा धेरै खाना खादा सो खाना शरीरको कुनै एउटा भागमा गएर स्टोर भएर बस्छ । र वर्तमान अवस्थामा अधिकांश व्यक्तिको कार्य कम्प्युटरमा हुने भएकाले यसकाबाट शरीरमा भएका खानाहरु सजिलै खपत हुन सक्दैन । जसले शरीरमा कार्वोहाइड्रेटको मात्रालाई बढाई व्यक्तिमा मोटोपन तथा दिर्घरोगको जोखिम बढाउँछ । त्यसैले पनि हामीले नास्ता गर्नु आवश्यक छ ।
तसर्थ बिहान हल्का नास्ता स्वास्थ्यकोे दृष्टिकोणले निकै जरुरी छ । यसका निम्ति यी खानालाई आफ्नो नास्तामा समावेश गर्न सकिन्छः
-दुध र सातु
-केहि फलफूलको मात्रा
-फ्रुट सलाद(दहिमा फलफुल मिसाएर)
-रोटि र अण्डा १/१ वटा
-भुटेको चना