Aricle Tech

मकवानपुर २१ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य उपचार अभावमा नागरिकले मृत्युवरण गर्नुपर्ने अवस्था नआउने बताएका छन् । शनिबार हेटौँडामा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री बस्नेतले सरकारले नागरिकहरूमा सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने काम गरिरहेकाले उपचार अभावमा नागरिकहरूले मृत्युवरण गर्नु नपर्ने दाबी गरेका हुन् । नागरिकहरूको उपचारमा सरकार गम्भीर रहेको र सोही अनुसार स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको उनले बताए । सरकारी र निजी दुवै स्वास्थ्य संस्थाहरूलाई नागरिकको उपचारका लागि सहज र सुलभ सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिइएको उनको भनाइ छ । ‘कुनै पनि नागरिकले उपचार अभावमा मृत्यु वरण गर्नु पर्दैन । सरकारले नागरिकहरूको सहज सेवा प्रवाहका लागि निर्देशन…

विस्तृतमा...

गोरखा– गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम लिदैँछन् । गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङस्थित महिलालाई व्यवसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो। गाउँपालिकाको समन्वय, युएसएआइडीको आर्थिक सहयोग र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा भएको तालिममा नवपालुवा महिला कृषक समुहका २१ महिलाको सहभागिता रहेको एड्वानका परियोजना संयोजक कमल बसेलले जानकारी दिए। ुसहिद लखन गाउँपालिकालाई स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर बनाउने योजनाअनुसार तालिम सञ्चालन गरिएको होु, उनले भने, ुसहभागीले तालिम सम्पन्न गरेपछि गाउँपालिका, एड्वान र प्रशिक्षार्थीको सहकार्यमा पालिकाभित्रै स्यानिटरी प्याड उत्पादन गरी आयआर्जनको अवसर प्राप्त गर्नेछन्।ु विद्यालय किशोरी कार्यक्रमअन्तर्गत…

विस्तृतमा...

चितवन २१ असोज । भरतपुर अस्पतालले स्वास्थ्य बीमा बिरामीको औषधि वितरणका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ। बीमा बोर्डले एक महिनाको मात्र औषधि दिन निर्देशन गरेपछि अस्पतालमा बढेको भीड नियन्त्रण गर्न र बिरामीलाई सहजता दिलाउन अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालमा बिरामीको थप चाप थेग्नै नसक्ने अवस्था आएकाले बीमाको औषधि दिन थप काउन्टर सुरु गरिएको बताए। पौडेलले भने, ‘औषधि लिनुपर्ने बीमाका बिरामीले नियमित सेवन गर्नुपर्ने मधुमेह, उच्च रक्तचाप, दम थाइराइड, कोलेस्ट्रोल लगायतका औषधि डाक्टरबाट लेखाएर सहजै लिन सक्नुहुन्छ।’ सो काउन्टर बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने गरेको उनले जानकारी दिए। धेरै बिरामी…

विस्तृतमा...

काठमाडौँ २१ असोज । कुनैपनि व्यक्तिमा ब्याक्टेरियल्स फंगल्सका कारण पिसाबको संक्रमणको समस्या देखापर्दछ। महिला पुरुष दुवैमा देखिने भएता पनि यस समस्याले प्रायजसोः महिलालाई बढि सताउने गरेको पाइएको छ। प्राकृतिक बनावटअनुसार नै, पुरुषमा मुत्रनली ठुलो र लामो भएता पनि महिलाको मुत्रनली जन्मजात रुपमै सानो अथवा ४ देखि ५ सेन्टिमिटरको मात्रै हुन्छ। जसकारण पनि महिलालाई बाह्य संक्रमण (दिसा गर्ने भाग एवम् अन्य बािहरी फोहोरका देखिने संक्रमण) ले बढि सताउँछ। यसका लक्षणहरु -लगातार/छिनछिनमै पिसाब लाग्नु –पिसाब लागेपछि हतार हुनु –पिसाब गर्दा गाहृो हुनु वा पोल्नु –पिसाबमा रगत देखिनु –पेटको तल्लो भागमा दुखाईको महशुस हुनु। संक्रमणका कारण व्यक्तिमा पिसाब संक्रमण देखिनु पछाडि कुनै निश्चित…

विस्तृतमा...

काठमाडौँ १९ असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले बजेट विनियोजनमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको बताएका छन्। पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले आयोजित पाठेघरको मुखको क्यान्सर उन्मूलनसम्बन्धि कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री महतले सरकारले सो जानकारी दिएका हुन् । सरकारले प्रभावित जनसङ्ख्या दरको आधारमा लगानी गर्ने योजना रहेको उनले सुनाए । उनले सरकारसँग सीमित साधन स्रोत रहेकाले निजी र अन्तरराष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्ने भनाइ राखे। ‘हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन स्रोत न्यून छन्’, उनले भने, ‘थोरै स्रोत साधनलाई सदुपयोग गरेर प्राथमिकता साथ काम गर्नुपर्दछ।’ मन्त्री डा महतले अझै पनि बजेट विनियोजनमा जसले प्रभाव पार्न सक्दछ, त्यही किसिमले बजेट…

विस्तृतमा...

गलकोट १९ असोज– बागलुङमा पछिल्लो समय डेङ्गुु सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । पछिल्लो एक महिनामा मात्रै ९० जनाभन्दा बढीको सङ्ख्यामा डेङ्गु पुष्टि भएको छ । साउनयताको तथ्याङ्कअनुसार एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनले जिल्लामा डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिएकाले सचेत हुन पनि आग्रह गरे । ‘एक महिना अघिसम्म डेङ्गुु सङ्क्रमण निकै कम थियो, ४० जनालाई मात्रै सङ्क्रमण भएको थियो, पछिल्लो एक महिनामा मात्रै ९० जनालाई सङ्क्रमण भएर अहिले सङ्क्रमणको सङ्ख्या एक सय ३० पुगेको छ, सबैभन्दा…

विस्तृतमा...

काठमाडौँ– नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी सम्बन्धि सम्मेलनमा आयोजना भएको छ । दुई दिने उक्त तालिम आजदेखि ललिपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा सुरु भएको हो सो सम्मेलनबाट चिकित्सा क्षेत्रमा वैकल्पिक उपचार विधिको विकास हुने विश्वास गरिएको छ। के हो रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी ? पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्र भन्छन्, ‘यो चिकित्साशास्त्रको एक विशिष्टीकृत विधा हो। जसले आधुनिक उपचार विधिमा धेरै नै राम्रो नतिजा दिन समेत सफल भएको छ। चिकित्सा विज्ञानमा शल्यक्रिया तथा औषधि सेवन मात्रै नभई उपचारका लागि नयाँ विधिसमेत आवश्यक छ भन्ने जानकारी प्रवाहमा मद्दत पुर्याउँछ ।’ यस उपचार विधिबाट मरिसकेका कोषहरुलाई…

विस्तृतमा...

काठमाडौँ १९, असोज । आज ‘वल्र्ड स्माइल डे’ । अर्थात् विश्व मुस्कान दिवस । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइने गरिन्छ । आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । मुस्कुानलाई स्वास्थ्यको दृष्टिकोणले मात्रै नभई आर्कषक व्यक्तित्वको लागि पनि उत्तिकै अपरिहार्य मानिन्छ । यसले सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्ने विज्ञहरुको भनाई छ । यस विषयमा बोल्दै विजया बिजुक्छे भन्छिन्, ‘सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन रु मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था…

विस्तृतमा...

काठमाडौँ १९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीसंग भएको सम्झौतामा सरकारले पहल थालिसकेको बताएको छ । बिहिवार एक सूचना जारी गर्दै मन्त्रालयले ३१ भदौमा नेपाल चिकित्सक संघ १३ असोजमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच भएको सहमतिलाई कार्यान्वयन गर्न मन्त्रालयले काम थालिसकेको जनाएको हो । जसअन्र्तगत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन २०६६ पहिलो संसोधन २०७९ लाई संसाधन गर्न कानुन शाखालाई नेतृत्व सुम्पिदै यथाशिघ्र अघि बढाउन आदेश दिएको, स्वस्थ्यकर्मी तथा कर्मचारी सेवा सुविासम्बन्धि कार्यथालनीका लागि पनि समिति तोकिएको जनाएको छ । यसैगरि, स्वास्थ्यकर्मीमाथि भइरहेको बारम्बार कुटपिट घटनाका सम्बन्धमा कारक तत्व पहिचान एवम् आवश्यक नीतिगत कानुनी सुधारका लागि पनि प्रक्रिया…

विस्तृतमा...

गण्डकी, १९ असोज , पोखरा तथा आसपास क्षेत्रमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) का बिरामी संख्यामा वृद्वि हुन थालेको छ । पछिल्लो महिना दिनमा मात्रै २६ जनामा ‘सापू’को सङ्क्रमण भेटिएको पोखरास्थित हिमाल आँखा अस्पतालले जनाएको छ ।

विस्तृतमा...