

लमजुङ– डाक्टरमाथि हातपात गर्ने बेसीशहरका वडाध्यक्ष ऋषिराम बस्नेत रिहा भएका छन् । लमजुङ अस्पतालको कार्यकक्षमै डाक्टर सन्दीप अधिकारीलाई हातपात गर्ने वडाध्यक्ष बस्नेत एक लाख धरौटीमा रिहा भएका हुन् ।
७ असोज गते आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका समयमा चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेतले मादक पदार्थ सेवन गरी डाक्टरमाथि कार्यकक्षमै हातपात गरेका थिए । यसै कसुरमा पक्राउ परेका उनमाथि स्वासथ्यकर्मी तथा स्वास्थ्य सुरक्षाविरुद्वको मुद्दा चलाइएको थियो । जिल्ला अदालत लमजुङले धरौटीमा रिहा गर्न आदेश दिएसंगै उनी हिरासतमुक्त भएका हुन् ।
जबकी ऐन, २०६३ दफा ३ को कसुरमा सोही दफा १५ अनुसार यस्तो प्रकतिको मुद्दामा ३ लाख जरिवाना, ३ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।


