Aricle Tech

काठमाडौँ १९ असोज । स्तनका कोशिकाहरू अनियन्त्रित रुपमा बाहिर थाली त्यसले निम्त्याउने घातक अवस्था नै स्तन क्यान्सर हो । अर्थात् स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुन सक्छ। स्तन क्यान्सर क्यान्सर भन्ने बित्तिकै सामान्यता : धेरैजसोले महिलामा हुने समस्या भन्ने बुझिन्छ । तर, यो क्यान्सरले महिला पुरुष दुवैलाई सताउने गरेको पाइन्छ । यद्यपि तुलनात्मक रुपमा यसको जोखिम पुरुषलाई १५० गुणा कम हुने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ । स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे पनि…

विस्तृतमा...

काठमाडौँ, १८ असोज , धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

विस्तृतमा...

काठमाडौँ १८ असोज । नर्सको परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले एक सूचना जारी गर्दै नर्सिङ लाइन्सेस परीक्षाको मिति सार्वजनिक गरेको हो । जसअनुसार नियमित दस्तुरमा परीक्षार्थीले २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्न सक्नेछन् । उक्त समयावधिमा फारम भर्न नपाएका विद्यार्थीले भने दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाउनेछन् । परीक्षा फर्म परीक्षार्थी आफैंले अनलाइनमार्फत र सो क्रममा आवश्यक विवरण पेश सहित परीक्षार्थीले आफ्नै इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्ने सूचनामा उल्लेख छ ।

विस्तृतमा...

काठमाडौँ १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सचेत र गम्भीर रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको धारणा व्यक्त गरे । जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।

विस्तृतमा...

काठमाडौँ १८ असोज । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बिन्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम उपत्यकामा रहेका सामूदायिक तथा निजी स्तरबाट सञ्चालित आयुर्वेद तथा वैकल्पिक सेवा प्रदायक संस्थाहरुको सहभागीतामा सम्पन्न गरिएको हो । विभागले तालिम प्राप्त नगरेका अन्य सामूदायिक तथा निजी स्तरबाट सञ्चालित सेवा प्रदायक संस्थाहरुलाई पनि क्रमशः तालिम प्रदान गरिने बताएको छ ।

विस्तृतमा...

लुम्बिनी, १८ असोज । लुम्बिनीमा पहिलोपटक निःशुल्क घुँडा प्रत्यारोपण शिविर सम्पन्न भएको छ । थाइल्याण्डस्थित बुद्धको पहिलो पाइला नामक परियोजनाअन्तर्गत जिल्लामा दुईदिने निःशुल्क घुँडा प्रत्यारोपण शिविर सञ्चालन गरिएको हो । सोमबार र मंगलबार सञ्चालित उक्त कार्यक्रमको पहिलो दिन १४ र दोस्रो दिन १६ बिरामी गरी कुल ३० जनाले सेवा लिएका छन् । राजकीय थाई विहारको समन्वय र थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु एवम् सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा किराती सि वानिचको पहलमा आयोजित शिविरका लागि वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जनासहित ४५ जनाको टोली थाइल्याण्डबाट आएको थियो । नेपालमा आर्थिक दृष्टिकोणले निकै…

विस्तृतमा...

काठमाडौँ १८ असोज । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायका लागि १७२ जना अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्गतको अधिकृत स्तरको कुल १७२ अस्थायी दरबन्दी स्वीकृत गरेको हो । स्वीकृत दरबन्दी चारवटा निकायलाई वितरण गर्ने मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । जसअन्र्तगत अधिकृत तहका कर्मचारीहरुको दरबन्दी स्वास्थ्य बीमा बोर्ड, कान्ति बाल अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र गेटा मेडिकल कलेजमा वितरण हुनेछ ।

विस्तृतमा...

काठमाडौँ १८, असोज । योग आध्यात्मिक, शारीरिक तथा मानसिक प्रथाको एक समूह हो । यसले शारीरिक व्यायाम, शारीरिक मुद्रा (आसन), ध्यान, श्वास लिने-फाल्ने तथा व्यायामलाई जोड्छ । जसकारण शाब्दिक रुपमा यसलाई ‘जोड्ने प्रकृया भनेर पनि बुझ्न सकिन्छ । ‘योग’ अर्थात् भौतिकता भित्र आध्यात्मिक के साथ मिलनु पनि हो । यसलाई व्यक्तिगत चेतना मिमलनको भनेर पनि बुझ्न सकिन्छ जसले मन–शरीर तथा मानव–प्रकृतिलाई आपसमा जोड्न मद्दत गर्छ । जसले शरीर र दिमागलाई नियन्त्रण गर्ने व्यावहारिक तरिकाहरू प्रदान गर्दछ। गहिरो ध्यान सम्भव बनाउँछ। र, यो एक कला हो, जबसम्म यसलाई सहज र संवेदनशील रूपमा अभ्यास गरिएको छैन। यसले सतही परिणाम मात्र दिन्छ। योग…

विस्तृतमा...

काठमाडौँ, १७ असोज ।पछिल्लो समय मुटुरोग समस्याले युवापुस्तालाई पनि सताउन थालेको देखिएको छ । संसारभर नै एक विकराल समस्याको रुपमा स्थापित भएको यसअन्र्तगतको हृदयघातका कारण कयौंले अकालमै मृत्युवरण गर्नुपरेको उदाहरणहरु प्रशस्त छन् । विश्व स्वास्थ्य संगठन (ब्लूएचओ) को तथ्यांक नियाल्ने हो भने नेपालमा हालसम्म मुटुरोग समस्याकै कारण ज्यान गुमाउने संख्या २०.५३ प्रतिशत(३४ हजार एक सय ६७) रहेको र विश्वको सन्दर्भमा नेपाल यसको ३८ औं स्थानमा रहेको पुष्टि गरेको छ । के हो हृदयघात ? हार्ट अट्याक्ट’ पनि भनिने यो समस्याले मुटुमा अक्सिजन सप्लाई गर्ने नशा/धमनीहरु विविध कारणवश् ब्लक भएको अवस्थालाई जनाउँछ । अर्थात् मुटुका धमनीहरु ब्लक भई तिनका नियमित कार्यप्रणालीमा…

विस्तृतमा...

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकले भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो ।

विस्तृतमा...