काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइराला सदस्य छन् । यसैगरी, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहनेछन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाईसमेत…
Aricle Tech
-डा. कुनाल विक्रम साह आज विश्व मुटु दिवस मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ नेपालमा पनि विश्व मुटु दिवस मनाईंदैछ । यसको अर्थ हामीले विभिन्न व्यायाम गरेर मुटु चलायमान बनाएर मुटुलाई सुरक्षित राख्ने भन्ने हुन्छ । जन्मिँदै लाग्ने र जन्मिसकेपछि वा आफ्नो जीवन कालमा लाग्ने गरी मुटु रोग दुई प्रकारका हुन्छन् । जन्मिँदै लाग्ने रोगमा मुटुमा प्वाल हुने, धमनि उल्टो पाल्टो हुने हुन्छ जसको कारण कहिले काहि बच्चा निलो हुने हुन्छ । जीवन कालमा लाग्ने रोगमा हाम्रो खानपान वंशाणुतग लगायतका कारणले लाग्ने रोग जस्तै…
कैलाली- कैलालीको अत्तरियामा रहेको पदमा अस्पतालले मनपरी शुल्क लिएको आरोप लागेको छ । अस्पतालले प्रोसिडर चार्जका नाममा मनपरी शुल्क लिने गरेको गुनासो गरिएको हो । नर्सिङ चार्ज र डाक्टरको राउन्ड चार्ज लिएर पनि पद्मा अस्पतालले बिरामीबाट प्रोसिडर चार्ज भन्दै अतिरिक्त रकम लिने गरेको पाइएको हो । अस्पतालहरुले कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने अवस्थामा प्रोसिडर चार्ज लिने गरेका छन् तर पद्यमा अस्पतालले भने बिरामीको शल्यक्रिया नगरेरै उक्त शुल्क लिने गरेको गुनासो गरिएको छ । एक दिन अस्पताल भर्ना भएर थप उपचारका लागि भारत गए पनि पद्यमा अस्पतालले प्रोसिडर चार्ज भन्दै १० हजार रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको छ । मोटरसाइकल दुर्घटनामा परेर…
काठमाडौं – काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेटाएपछि बिक्री वितरणमा रोक लगाएको छ । बिक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । भदौ १२ देखि २८ भदौसम्मका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । जरिवाना र बिक्री वितरणमा रोक लगाइएका पानीका ब्रान्डहरुमा व्याच नं १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ युनिट (सीएफयू) देखियो…
सिन्धुली- सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ। सिन्धुली सदरमुकामबाट बिरामी लिएर काठमाडौं हिँडेका पाँच वटा एम्बुलेन्समध्ये दुईवटाका बिरामीको मृत्यु भएको हो । बीच बाटोमा नै एम्बुलेन्स रोकिएपछि कमलामाई नगरपालिका ४ मल्लागाउँ सिन्धुलीका एक जना करिव ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र बर्दिवास नगरपालिका ८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो । भुजेलको शुक्रबार र सिँजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनिलकुमार खड्काले बताए । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जानजिकै बाढी र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध…
काठमाडौं- विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले यही असोज १३ र १४ गते निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । निःशुल्क ओपीडीमा मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. राजीव श्रेष्ठ र डा. सन्तोष श्रेष्ठले सेवा दिनेछन् । ओपीडी मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ। निःशुल्क ओपीडीबाट सेवा लिन फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्स एप तथा भाइबर नम्बर ९७७–९८२३८८४४८८ नम्बरमा सम्पर्क राख्न अस्पतालले आग्रह गरेको छ । यस्तै, अस्पतालले मुटुसम्बन्धी परीक्षण (कार्डियाक हेल्थ प्याकेज) मा १० प्रतिशत छुटको पनि घोषणा गरेको छ । वर्ल्ड हर्ट फेडेरेसन र विश्व स्वास्थ्य संगठनको संयुक्त सहभागितामा सन् २००० देखि…
काठमाडौं – लगातार परेको अविरल वर्षाका कारण काठमाडौँको मेडिसिटी अस्पताल डुबानमा परेको छ । निरन्तरको झरीका कारण नख्खु खोलामा पानीको बहाव उच्च हुँदा आएको बाढी अस्पताल पसेको हो । बाढीका कारण अस्पतालको भुँइतला पूर्ण रुपमा डुबानमा परेको छ । भुइतलामा रहेका कुर्सी, बेड, काउन्टर लगायतका संरचना डुबानमा परेका छन् । भुइतला पूर्ण रुपमा डुबेपछि अस्पतालले भुइतलाको अत्यावश्यक सेवा माथिल्लो तलामा सारेर सेवा दिइरहेको छ ।
भक्तपुर- हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्याएपछि भक्तपुर नगरपालिकाको जगाति आदर्शस्थित सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले शनिबार सूचना जारी गर्दै अस्पतालको अत्यावश्यक सेवा प्रदान गरिँदै आएको भवनभित्र बाढी पसेपछि यथास्थितिमा सेवा दिन नसक्ने जनाएको छ। अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको छ। अस्पतालले आकस्मिक सेवालगायत ओपिडी, फिजियोथेरापी, खोप, दन्त सेवा, भिडियो एक्सरेलगायत सबै सेवा बन्द गरिएको जनाएको छ । यसैबीच भक्तपुर अस्पतालले भने विपद्को समयमा उपचारका लागि आउने बिरामीको उपचार गरिरहेको जनाएको छ। भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बाढी, पहिरो र डुबानमा परी घाइते भएका वा बिरामी परेकाको…
काठमाडाैं- आज विश्व मुटु दिवस मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ नेपालमा पनि विश्व मुटु दिवस मनाईंदैछ । स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या निम्तन सक्ने मुटुरोग विशेषज्ञ बताउँछन् । धूमपान, जाँडरक्सी खाने, खानामा गुलियो र चिल्लो अधिक प्रयोगले मुटुमा समस्या पार्छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये झन्डै ३० प्रतिशत कुनै न कुनै प्रकारको मुटुरोगबाट पीडित रहेका छन् । मुटुको रोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुको रोग र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा…
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई वर्षा र बाढीबाट भएको विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रादेशिक स्वास्थ्य, आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न आग्रह गरेका हुन् । प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न, प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले हब तथा स्याटलाइट अस्पतालहरू सँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहहरूलाई तयारी अवस्था राख्न आग्रह गरिएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले स्वास्थ्यका साझेदार निकायहरू…