Aricle Tech

काठमाडौ, २ असोज । औषधिको जथाभावी र अधिक प्रयोगले एन्टिबायोटिक रेसिस्टेन्स (प्रतिजैविक प्रतिरोध भएको) भनेर सरोकारवालाले चिन्ता व्यक्ति गरिरहेका बेला नेपाल सरकार औषधि व्यवस्था विभागले भएका १ सय ३ थरि औषधि र त्यसको कच्चा पदार्थ उत्पादन, पैठारी र बिक्रि गर्न नपाइने निर्णय गरेको छ । विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १ सय ३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको हो । नेपाली उद्योगले अब ती औषधि उत्पादन गर्न तथा समिश्रणका लागि अब कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन्। १ सय ३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्ससमेत नदिने विभागले…

विस्तृतमा...

वर्षायामपछि विशेषगरि भदौदेखि मंसिरसम्म सेतो पुतलीबाट सर्ने शापू नाम आँखाको रोग लाग्ने गर्छ । यद्यपी कतिपय अवस्थामा पुतलीको संसर्गमा नपरेका मानिसलाई पनि शापू रोग हुने गरेको चिकित्सकहरुले बताएका छन् । साथै, अन्य विषाणु र जीवाणुले पनि यो रोग सार्नसक्छन् । यो रोग मूलतः नेपालको मध्यपहाडी क्षेत्रमा महामारीकै रुपमा देखिने गर्दछ । शापूको बढिमा ४८ घण्टाभित्र उपचार नपाए आँखाको दृष्टि नै गुम्छ ।शापू रोगका लक्षण के के हुन् ? समयमै उपचार भएमा शापू रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ । योग लोको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द जाऔं…

विस्तृतमा...

काठमाडौं, ३१ भदौ । देशभर ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारका बीच ६ बुँदै सहमती भएको छ । हेटौंडामा चिकित्सकमाथि भएको हातपातलाई लिएर आन्दोलित बनेको संघसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बनाएको स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटा नेतृत्वको समितिले आइतवार दिनभर चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरेर सहमति गरेको हो । सहमति अनुसार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीलाई सांघातिक आक्रमण गर्नेमध्ये पक्राउ परिसकेका ४ जना र पक्राउ पुर्जी जारी भएका अन्य ५ जनालाई पक्राउ गरेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को संशोधित…

विस्तृतमा...

काठमाडौं, ३१ भदौ । प्रत्येक वर्ष १७ सेप्टेम्बरमा बनाइने विश्व बिरामी स्वास्थ्य सुरक्षा दिवस नेपालमा पनि आइतवार विभिन्न कार्यक्रम गरि मनाइएको छ । बिरामी सुरक्षाको विषय नेपालमा कम बहस हुने सार्वजनिक चासोको विषय हो । बिरामी सुरक्षाका सामान्यमात्र चर्चा हुने तर, सचेतना विस्तार र कार्यान्वयनका सन्दर्भमा ठोस प्रगति भएको छैन । विश्व विरामी स्वास्थ्य सुरक्षा दिवस (वल्र्ड पेसेन्ट सेफ्टी डे) का सन्दर्भमा विश्व स्वास्थ्य संगठनले बिरामी स्वास्थ्य सुरक्षाका लागि बिरामी वा स्याहारकर्ताले, स्वास्थ्यकर्मीले र नीति निर्माताले गर्नुपर्ने कार्यहरु सुझाएको छ । विश्व स्वास्थ्य संगठन नेपालले बिरामी स्वास्थ्य सुरक्षाका लागि सर्वप्रथम बिरामी वा उसको स्याहारकर्ताले बिरामीको स्वास्थ्यका बारेमा ज्ञान लिने, त्यसका…

विस्तृतमा...

काठमाडौं, ३१ भदौ । मकवानपुरमा चिकित्सक कुटिएको विषयलाई लिएर आन्दोलनमा उत्रिएको चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले घटनाका दोषी पक्राउ नपर्दासम्म आन्दोलन जारी राख्ने अडान राखेको छ । स्वास्थ्य मन्त्रालयमा जारी संघ र सरकारी वार्ता टोलीको वार्तामा नेपाल चिकित्सक संघका प्रतिनिधिले दाषी पक्राउ गर्नपर्ने विषयलाई वटमलाइन बनाएका संघका सहसचिव डा. लिजन महर्जनले स्वास्थ्य डायरीलाई बताए । बटमलाईन अनुसार तत्काल दोषी पक्राउ नपरे आइतवार गरेको ओपिडी बन्द गर्ने आन्दोलन जारी राख्ने भन्दै चिकित्सक संघले वार्तामा सरकारी पक्षलाई दवाव दिएको छ । चिकित्सक संघले यसअघि दिएको ७२ घण्टाको अल्टिमेटममा सरकारले केही पहल नलिएको भन्दै संघले आइतवार देशभर ओपिडी सेवा बन्द गरेपछि स्वास्थ्य…

विस्तृतमा...

काठमाडौं, ३१ भदौ । चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको आक्रमण विरुद्ध आइतवार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।गत भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा कार्यस्थलमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको आक्रमणमा संलग्न्लाई कार्वाही गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएकोमा समयसीमामा कुनै ठोस प्रकृया अघि नबढेको भन्दै संघले स्वास्थ्य सेवा नदिनेसम्मको निर्णय गरेका हुन् । शनिवार एक विज्ञप्ति निकाल्दै संघले भनेको छ, २०८० भदौ ३१ गते आइतवार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेववाहरु पूर्ण रुपमा बन्द…

विस्तृतमा...

काठमाडौं, २९ भदौ । हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकलाई आक्रमण गर्ने चारजना विरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई आदेश दिएको छ । सो अनुरुप चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त विडारीलाई आक्रमण गर्ने रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । गएको साउन २५ गते डेङ्गु लागेका हेटौंडा–१२ का राजेश प्रधानको मृत्यु भएपछि सो विषयलाई लिएर उनका आफन्तले चिकित्सकद्वय डा थापा र विडारीमाथि बुधबार कुटपिट गरेका हुन् । कुटपिटको विरोधमा शुक्रबार हेटौंडाका सबै चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । यता,…

विस्तृतमा...

काठमाडौं, २९ भदौ । मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ बजारमा आउने भएको छ । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुख र पीडा लगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको डा. अनिलले बताए । पुस्तकको आवरण सार्वजनिक गर्न राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रममा डा. अनिलले चिकित्सा पेशाबाहेक जीवनका विविध आयाममा आफ्ना भावनाहरु अभिव्यक्त गरिएको बताए । डा. अनिलका अनुसार पुस्तकमा सम्बन्धहरुको गहिराई केलाइएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्व लगायतका विषयमा पनि पुस्तक केन्द्रित छ । पुस्तकमा सकरात्मक सोचका कुरा पनि उल्लेख छन् भने सामाजिक रुपान्तरण, पारिवारिक दायित्व एवं पेशागत…

विस्तृतमा...

काठमाडौं, २९ भदौ । नेपाल सरकारले देशभरका ७ वटा अस्पतालबाट पहिलो चरणमा किशोरीहरुलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी भ्याक्सिन) दिइरहेको छ । सरकारको नीति तथा कार्यक्रममा किशोरीहरुलाई एचपीभी भ्याक्सिन लगाउने घोषणा भए बमोजिम कार्यक्रम सुरु गरिएको तर, सरकारसँग हाल २० हजार मात्रामात्र खोप उपलब्ध छ । अन्य खोप भने दातृ निकाय गाभी लगायतसँग समन्वय गरेर व्यवस्था गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानको बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेका छन् । शनिवारसम्म चल्ने खोप अभियान राजधानीको परोपकार प्रसुति गृह, कोशी अस्पताल, , विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भेरी अस्पताल…

विस्तृतमा...

काठमाडौं, २९ भदौ । अघिल्लो वर्ष महामारीको रुप लिएको डेंगुले यसवर्षपनि धरान, धादिंग लगायत जिल्लामा ठूलो संख्यामा मानिस संक्रमित भए । कयौंले ज्यान गुमाएका छन् । डेंगु महामारी नियन्त्रण गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तिनै तह लागेपनि लामखुट्टे नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । काठमाडौं महानगरपालिका लगायत कयौं स्थानीय तहले लामखुट्टेको उत्पादन नै नियन्त्रण गर्ने भन्दै बिटिआई नामक स्प्रे छर्कने अभियान गरिरहेको छ । लामखुट्टेको लार्भा नष्ट गर्न प्रयोग गरिने बिटिआई के हो ? आउनुहोस् त्यसमा चर्चा गरौं । डेंगु रोग नियन्त्रणका लागि बिटिआई भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कार्यविधि नै बनाएर सम्बन्धित निकायहरुलाई…

विस्तृतमा...