काठमाडौँ, १७ असोज । युवा चिकित्सक संघले बझाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि सहयोग आह्वान गरेको छ ।
बझाङ केन्द्रबिन्दु भएर मंगलबार दुईपटक भुकम्प गएको थियो । भुकम्पमा परी केही व्यक्तिहरु घाइते बनेपछि त्यहाँ निःशुल्क स्वस्थ्य शिविर तथा राहत कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ ।
संघका अनुसार युथ फर नेशन, एमआरआर, डब्लूआरआर लगायतका सहकार्यमा गर्न लागिएको उक्त शिविरमा अत्यावश्यक औषधि समेत विरतण गरिनेछ । ‘नट् प्रे फर बझङ, लेट्स डु समथिङ फर बझाङ’, अर्थात् बझाङका लागि प्राथना होइन केही गरौं भन्ने मूल नाराका साथ भोलि निस्किन लागेको उक्त समूहले शिविर तथा राहत कार्यक्रमका लागि सहयोग गर्न सबैमा आह्वान गरेको छ ।
यसका लागि इच्छुक व्यक्तिले दक्ष अनुसार इसेवा नम्बर ९८४९८२८२३१ मा सहयोग गर्नसक्ने उनीहरुले बताएका छन् ।