बझाङ– भूकम्पको धक्कापछि बझाङ जिल्ला अस्पतालमा गर्भवतीलाई अस्पताल बाहिरै सुत्केरी गराइएको छ ।
बझाङ केन्द्र भएर मंगलबार दिउँसो दुई पटक भूकम्प गएपछि गर्भवती महिलालाई अस्पताल भवन बाहिरै सुत्केरी गराइएको अस्पतालले जानकारी दिएको हो ।
सुत्केरीपछि हाल आमा तथा शिशु दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
दिउँसो २ बजेर ४० मिनेटमा जिल्लाको तिलकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्नेच्युड र ३ बजेर ६ मिनेटमा चैनपुर केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पबाट घर तथा विद्यालयहरूमा क्षति पुगेको छ।
धक्का महशुसपछि अस्पतालले भने बिरामीलाई अस्पतालको प्राङगणमै राखेर सेवा दिएको हो ।