काठमाडौँ, १७ असोज । बिरामीको मृत्युपछि विराटनगरको गोल्डेन अस्पताल तनावग्रस्त बनेको छ ।

मंगलबार राति सडक दुर्घटनामा घाइते भएका धनपालथान गाउँपालिका–७ का २५ वर्षिय रवि मण्डलको उपचारको क्रममा मृत्युपछि त्यहाँको अवस्था अवस्था तनाबग्रस्त बनेको हो ।

मृतकका आफन्तले अस्पतालमा तोडफोड र ढुंगा मुढाको प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले बताए । उनका अनुसार ढुंगामुढा प्रहारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
Last Modified Date: २०८० आश्विन १७, बुधबार







