काठमाडौँ– नेपाल औषधी उत्पादक संघले नेपालमा पहिलो पटक फर्मा कनक्लेभ-२०२३ को आयोजना गर्ने भएको छ । सोमबार एक सुचना जारी गर्दै संघले आफ्नै योजनामा पहिलो पटक नेपालमा ‘फर्मा कनक्लेभ–२०२३’ सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
कन्क्लेभको मूख्य उद्देश्य नेपाली बजारमा स्वदेशी औषधीको नयाँ अवसर सिर्जना, औषधी उत्पादन तथा बजारीकरणका नियमक नितिहरुको निरन्तरता र औषधी निर्यातलाई अन्वेषण गर्ने रहेको संघले जनाएको छ ।
संघका अनुसार असोज २५ गते होटेल याक एण्ड यतिमा हुने भनिएको सो कार्यक्रममा नेपालको औषधी उद्योगका उत्पादक, व्यवसायी, अनुसन्धानकर्ता र निर्यातकर्तालाई एकै ठाउँमा भेला हुनेछन् ।
साथै नेपाली औषधी उत्पादन तथा बजारीकरणसम्बन्धी नीतिहरुका विषयमा नेपाल सरकारका प्रतिनिधिहरु, भारत तथा बंगलादेशका विज्ञहरुको समेत उपस्थित रहने सुचनामा उल्लेख छ ।