काठमाडौँ– स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीले अध्ययनपूर्व स्वीकृति तथा तालिममा मनोनयनका लागि संलग्न गराउनुपर्ने कागजातसम्बन्धि सूचना सार्वजनिक गरेको छ ।
अध्ययनपूर्व स्वीकृति तथा तालिममा मनोनयनका लागि बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुमा कार्यरत सबै कर्मचारीहरुको शैक्षिक उन्नयका लागि निजामति सेवा ऐन, २०७९ तथा अन्य प्रचलित कानून बमोजिम केही कागजातहरु पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
जसअन्तर्गत कर्मचारीले कर्मचारी स्थायी नियुक्तीको प्रमाणपत्र १ प्रति प्रतिलिपि, पदको स्तर वृद्वि भएका कर्मचारीको सोको प्रमाणित प्रतिलिपि, समायोजन र पदस्थापन गरिएको पत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्नेछ ।
यस्तै, कर्मचारीले राष्ट्रिय कितावखाना (निजामति) बाट मुद्रण गरिएको कर्मचारीको वैयक्तिक विवरण, पूर्व स्वीकृती माग गर्ने आवेदकको सक्कल निवेदन, बिदासम्बन्धि व्यहोरा खुल्ने सम्बन्धित कार्यालयको सक्कल प्रमाणीकरणसहित सजाय पाए÷नपाएको विवरणसमेत खुलाउनुपर्नेछ ।
यस्तै, हाल कार्यरत रहेको प्रमाणीकरण, सेवा अवधि,शैक्षिक योग्यताका प्रमाणपत्र, अधययन÷तालिमको विषयवस्तु, शैक्षिक कार्यक्रमको आवेदन फारमको प्रतिलिपि तथा विदा स्वीकतको लागि कर्मचारी कार्यरत कार्यालयको सिफारिस समेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।