काठमाडौँ– सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुन बमोजिम कारवाही गर्न प्रतिबद्व रहेको बताएको छ ।
बुधवार एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउनेलाई स्वासथ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कारवाही गरिने बताएको हो ।
मन्त्रालयले उक्त ऐन बमोजिम हुने दण्ड सजायको व्यवस्थालाई अस्पताल परिसरमा कम्तिमा पनि ६/४ फुटको स्थायी सूचना बोर्ड टाँस्न आगह गरेको छ । साथै उपचारमा लापरवाही भएको शंका लागेमा सेवाग्राही तथा सम्बन्धित व्यक्तिले अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय, नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयमा निवेदन सक्ने सूचनामा उल्लेख छ ।
के छ ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन– २०६६’ मा ?
‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन– २०६६’ को दफा (३) हातपात, तालाबन्दी, तथा तोडफोेडजीता कार्य नहुने नियमानुसार स्वास्थ्यसंस्थामा आगजनी गर्नेलाई दफा १५ का कसू र सजाय अन्र्तगत २ वर्षदेखि ५ वर्षसम्म कैद सजाय वा दुई लाखदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याए तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई कुटपिट तथा शारीरिक चोट पुर्याए ३ वर्ष कैद वा ३ वर्ष जेल सजाय या दुवै हुनसक्ने ऐनमा उल्लेख छ ।
यसैगरि, स्वास्थ्य संस्था घेराउ गर्ने, र उपचारका लागि आएका बिरामी तथा सेवाग्राहीलाई बाधा पुर्याउने, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई हातपात गर्नेलाई १ वर्षसम्मको जेल सजाय, १ लाख जरिवाना वा दुवै हुन सक्ने व्यवस्था ऐनमा उल्लेख छ ।