काठमाडौं, ९ जेठ । त्रिभूवन विश्वविद्यालय महाराजगञ्ज नर्सिङ्ग क्याम्पसकी प्रमुख मुना रानाले करिब १२ लाख हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परको छ । क्याम्पसको स्ववीयु कोष र पाठ्याक्रम विकास कोषको करिब ११ लाख ७४ हजार रकम क्याम्पस प्रमुख प्राध्यापक रानाले आफ्नो खातामा अबैध रुपमा ट्रान्सफर गरेको भन्दै एमालेनिकट अनेरास्ववीयुका अध्यक्ष समिक वडालको नेतृत्वमा गएका विद्यार्थीले उजुरी दर्ता गराएका हुन् । क्याम्पस प्रमुखले गरेको हिनामिनाका बारेमा डीन कार्यालयमा उजुरी दिँदा डीन कार्यालयले पनि उदासिनता देखाएको भन्दै उजुरीउपर अनुसन्धान नगर्ने डीन कार्यालयमाथि पनि छानवीन गर्न उजुरीमा माग गरिएको छ । उक्त उजुरी आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको…
Aricle Tech
हेटौंडा, ९ जेठ । मकवानपुरमा रहेको भीमफेदी कारागारका कैदिबन्दीमा झाडापखाला फैलिएको छ । कारागार कार्यालयका अनुसार त्यहाँ रहेका ३५ कैदीबन्दीमा झाडापखालाको संक्रमण देखिएको हो । सोमबारदेखि केही कैदीबन्दीबाट सुरु भएर अधिकांशलाई ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्न थालेको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले स्वास्थ्य डायरलाई जानकारी दिए। संक्रमित कैदीबन्दीको थप उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीबाट चिकित्सक एवं स्वस्थ्यकर्मी मगाइएको कारागार कार्यालयले जनाएको छ ।
जेनेभा । विश्व स्वास्थ्य संगठनले सन् २०१९ देखि सुरु गरेको ग्लोबल हेल्थ लिडर्स अवार्डबाट यसवर्ष दुईजना सम्मानित भएका छन् । संगठनको ७६ औं महासभाको उद्घाटन सत्रमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोका प्रोफेसर मुयेम्बे ताम्फन र बेल्जियमका प्रोफेसर पिटर पियोट सम्मानित भएका हुन् । इबोला भाइरस, एचाआईभी एड्स लगायत रोगहरूको नियन्त्रण, व्यवस्थापन र उपचारमा आविष्कार र नेतृत्व गरेको भन्दै ताम्फन र पियोटलाई विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले आइतवार हजारौं सहभागीका बीच ग्लोबल हेल्थ अवार्डले सम्मानित गरेका हुन् । जसलाई डब्लुएचओ लाइफटाइम एचिभ्मेन्ट अवार्ड पनि भन्ने गरिन्छ । प्रोफेसर मुयेम्बे ताम्फनले प्रजातान्त्रिक गणतन्त्र कंगो, अफ्रिकी क्षेत्र र विश्वव्यापी समुदायमा स्वास्थ्य परिणामहरू सुधार गर्न महत्त्वपूर्ण…
हामीजसो धेरैको दैनिक नुहाउने बानी हुन्छ । कतिपयले त दैनिक ननुहाइकन दिनचर्या नै सुरु गर्दैनन् । अमेरिकामा दुई तिहाइ मानिसले दैनिक नुहाउने गर्छन भने अष्ट्रेलियमा ८० प्रतिशत मानिसले दैनिक नुहाउँछन् भन्ने तथ्यांक छ । तर, चीनमा भने अधिकांशले हप्ताको दुईपटकमात्र नुहाउँछन् भन्ने तथ्यांक छ ।पूवीय विज्ञानले पनि दैनिक स्नान गर्नुलाई स्वस्थकर मान्ने गरेको छ । यद्यपी साबुन वा स्याम्पुको प्रयोग गरेर नुहाउने कुराको पूर्वीय परम्पराले भनेको भने होइन । धेरै मानिसलाई दैनिक नुहाँउदा स्वस्थ भइन्छ भन्ने लाग्छ । कतिपय भने शरीरमा ताजगी ल्याउनकै लागि भएपनि नुहाउने गर्दछन् । हार्वड विश्वविद्यालयका मेडिकल स्कुलको न्यूज लेटरमा प्रकाशित एक लेखले दैनिक नुहाउनु स्वस्थकर…
वरिष्ठ पत्रकार विजय कुमारले आफ्नो सामाजिक सञ्जालमार्फत एउटा मर्मस्पर्शी यात्रा अनुभव साझा गरेका छन् । हवाईयात्राबाट धनगढी जाँदै गर्दा पाण्डेले प्लेनमा भेटिएकी एक क्यान्सर पीडित महिलासँगको प्रसंग यसरी प्रस्तुत गरेका छन् । उनी छेउको सिटमा थिइन् । दुब्लो पातलो थाकेको शरीर । जीवनमा पहिलो पटक हवाइजहाज चढेकी ।बुद्ध एयरबाट धनगढी जादै । सुरक्षा पेटी लगाउन मसँग सहयोग मागिन । जहाज टेक अफ गर्ने बेला डराएर मेरा बाया हात जोडले समातिन । मैले– नडराउन भने । त्यो फ्लाइटको एयर होस्टेजको व्यबाहर सबै यात्रुप्रति धेरै सहज थियो । मेरो छेउमा बसेकी महिलाका दुबै कानमा उनले आफै कपास हालिन । पानी खुवाइन। र,…
काठमाडौं, ७ जेठ । बागमती सरकारको स्वास्थ्य मन्त्रीमा उत्तम जोशी नियुक्त भएका छन् । आइतवार प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद्को विस्तार गर्दै जोशी सहित ६ जनालाई नयाँ मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त स्वास्थ्यमन्त्री जोशी चितवन २(ख) बाट निर्वाचित काँग्रेस सांसद हुन् । जोशीका अलावा मुख्यमन्त्री जमकट्टेलले कांग्रेसबाटै मसिना खड्का भण्डारीलाई वन तथा वातावरण मन्त्री, पुकार महर्जनलाई पर्यटन उद्योग तथा सहकारी र रामकृष्ण चित्रकारलाई विना विभागीय मन्त्री बनाएका छन् । यस्तै, प्रदेशको सत्तासाझेदार एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्री र राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले…
काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्को ओलचना गरेका छन् । संसदको आइतवार बसेको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रचण्ड सरकार गठन हुँदाको न्युनतम साझा कार्यक्रममा समेटिएको निरोगी नेपाल कार्यक्रम नीति तथा कार्यक्रममा नअटाएको भन्दै सरकारको आलोचना गरेका हुन् । टिप्पणीका क्रममा ओलीले भने, ‘निरोगी नेपालको एउटा खास अर्थ थियो, बिरामी हुनै नदिने, पहिल्यैदेखि, बच्चैदेखि, गर्भमा रहँदादेखि कसरी शिशुलाई निरोगी बनाउने ? उसको शारीरिक र मानसिक विकास हुर्कँदैदेखि कसरी गर्ने त्यसपछि नागरिक भएपछि स्वस्थ कसरी राख्ने ? उसको जीवनका सम्पूर्ण पक्षहरु स्वस्थताका साथ चलुन् र बिरामी भइहाले उपचार पाओस्…
काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको शिक्षा नीतिका कारण ९० भन्दा धेरै नर्सिङ्ग कलेज बन्दै भएको भन्दै कडा आलोचना गरेका छन् । सरकारले ल्याएका आगामी आर्थिकवर्षको नीति तथा कार्यक्रममाथि आइतवार संसद बैठकमा टिप्पणी गर्दै अध्यक्ष ओलीले सरकारको शिक्षा नीतिका कारण विद्यार्थीहरु विदेशिन वा विदेशी विश्वविद्यालयमा पढ्न विवश भएको आरोप लगाएका हुन् । डा. केसीको आन्दोलनपश्चात बनेको चिकित्सा शिक्षा ऐनका प्रावधानप्रति लक्षित गर्दै अध्यक्ष ओलीले सरकारी नीतिका कारण अवस्था भयावह भएको बताए । अध्यक्ष ओलीले देशभित्रैको मेडिकल कलेजले सम्बन्धन नपाउँदा विदेश विद्यार्थी पठाउने कन्सल्टेन्सी फस्टाएको टिप्पणी गरे । उनले भने, ‘९० वटाभन्दा नर्सिङ्ग…
काठमाण्डौ, ६ जेठ । सबै निजी तथा सामुदायिक अस्पतालले कुल शैयाको १० प्रतिशत शैया गरिब, निमुखा र असहायलाई छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने नियम पालना नगर्ने अस्पतालहरुको रोग नयाँ होइन । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ का अनुसार सबै अस्पतालले पालना गर्नुपर्ने यस नियम नियामक निकायको उदासिनताका कारण प्रभावकारी रुपमा कार्यान्वयन हुनसकेको छैन । गरिब विपन्नले मापदण्ड अनुसार उपचार सेवा नपाएको गुनासो बढिरहेका बेला काठमाडौं महानगरपालिकाले त्यस्ता संस्थालाई नियम पालना गर्न सूचना जारी गरेर सचेत गराएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले जरुरी सूचना प्रकाशित गर्दै स्थानीय सरकार सञ्चालन एनेले स्थानीय तह भित्र रहेका स्वास्थ्य संस्थाको नियमन गर्ने दायित्व र अधिकार स्थानीय…
धनगढी, ६ जेठ । धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डा. प्रशन्ना शाहको मृत्युप्रकरणमा नयाँ तथ्य बाहिर आएको छ । बिहीवार घरमै मृत अवस्थामा फेला परेपछि प्रहरीले उनको अस्वभाविक मृत्युलाई लिएर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले आत्महत्या दुरुत्साहन अन्तर्गत उनका पूर्वप्रेमी भनिएका स्थानीय विकल केसी र सोही अस्पतालमा कार्यरत चिकित्सक डा. सन्दीप भट्टराईलाई पक्राउ गरेको हो । केही महिनाअघि मात्रै भारतबाट एमबीबीएस सकाएर सो अस्पतालमा कार्यरत रहेकी शाह फेरी एमडी अध्ययन गर्न जाने सोचमा रहेको बुझिएको छ । स्थानीय विकल केसीसँग प्रेमसम्बन्धमा रहेकी शाह र केसीबीच विवाह गर्ने विषयमा मतभेद हुँदा तनाव बढेको पारिवारिक स्रोतले जनाएको छ । तनावकै बीचमा…

