वरिष्ठ पत्रकार विजय कुमारले आफ्नो सामाजिक सञ्जालमार्फत एउटा मर्मस्पर्शी यात्रा अनुभव साझा गरेका छन् । हवाईयात्राबाट धनगढी जाँदै गर्दा पाण्डेले प्लेनमा भेटिएकी एक क्यान्सर पीडित महिलासँगको प्रसंग यसरी प्रस्तुत गरेका छन् ।
उनी छेउको सिटमा थिइन् । दुब्लो पातलो थाकेको शरीर । जीवनमा पहिलो पटक हवाइजहाज चढेकी ।
बुद्ध एयरबाट धनगढी जादै । सुरक्षा पेटी लगाउन मसँग सहयोग मागिन । जहाज टेक अफ गर्ने बेला डराएर मेरा बाया हात जोडले समातिन । मैले– नडराउन भने ।
त्यो फ्लाइटको एयर होस्टेजको व्यबाहर सबै यात्रुप्रति धेरै सहज थियो । मेरो छेउमा बसेकी महिलाका दुबै कानमा उनले आफै कपास हालिन । पानी खुवाइन। र, सोधिन् –‘कस्तो छ तपाईलाई केही पर्यो भने भन्नुस है।‘
महिलाले मलाई देखाउदै, विमान परिचारिकालाई जवाफ फर्काइन्, ‘मलाई ठिक छ । यो मेरो छोरा समान हो ।’ उनको आवाज थाकेको थियो । तर स्नेहले भरिएको ।
सात महिना पहिला काठमाण्डौ बसेर फर्कन थालेकी रे । उपचार गराउन आएकी । आउदा बसमा आइकी थिइन । उनको छोरा, सानोतिनो भाडाको जग्गामा गोलभेडा खेती गर्छ । क्यान्सर भन्ने रोग लागेको छ रे उनलाई । शरीर धेरै थाकेको छ ।
कुन्नी किन हो, उनका कुरा सुनेर मेरा आँखा रसाए । जीवनमा कहिलेकाही म आफुलाई धेरै विवश महसुस गर्छु । त्यो दिन पनि त्यस्तै महसुस भयो । एकछिन पछी उनी निदाइन । मैले आफ्नो पर्स खोले । खासै पैसा त थिएन। जेजति थियो, मैले चुपचाप उनको ब्याग खोलेर हाले ।
मैले उनको ब्याग खोल्दै गर्दा, उनले आंखा खोलिन । मलाई हेरिन । बोलिनन केही । मैले भने ‘ छोराको दिएको मज्जाले लिदा हुन्छ आमा अपठ्यारो मान्नु पर्दैन । ‘
उनले दुई हात जोडिन । मलाई नरमाइलो लाग्यो – ‘ हात नजोडनुस आमा ! आशिर्वाद दिनुस् । धन्य हुनेछु । ‘
विमान घनगढीमा अवतरण गर्ने बेला हुदै थियो । मेरो पछाडी, लास्टको सिटमा बसेको एउटा प्यासेन्जेरलाई वाकवाक हुदै थियो । एयर होस्टेजले उसलाई कुनै अपठ्यारो नमानी ‘सिकनेस ब्याग’ दिइन, सहज मुद्रामा सहयोग गरिन् ।
उनी त्यही एयर होस्टेज थिइन, जसले मेरो सिट छेउमा रहेकी महिलालाई आफ्नै हातले कानमा कपास हाली दिएकी थिइन् ।
। मलाई उनीप्रति सम्मान जाग्यो । मैले उनलाई भने – यू आर गुड उनी मुस्कुराइन, बोलिनन् केही । म उनलाई बिर्सन चाहन्नथे।
उनको नेमप्लेट पढे । त्याहा लेखिएको थियो एस. चन्द ।
फर्कने बेला मैले सुर्खेतबाट प्लेन समाते । संयोग – जहाजको ढोकामा स्वागत गर्ने ठांउमा, उनी नै थिइन । यस पटक ढोकामै बोलिन – ‘ म तपाईलाई अस्ति पनि भन्न चाहन्थे । मेरा बुआ तपाईका कार्यक्रम कहिलै छुटाउनु हुन्नथ्यो । मैले तपाईलाई बाल्यकाल देखी देखेको छु ।