Aricle Tech

काठमाडौं, २७ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अर्थतन्त्र धरासायी भएका बेला सूर्तिजन्य पदार्थमा कर बढाउनु उपयुक्त हुने बताएका छन् । सूर्तिजन्य पदार्थमा कर बढाएर विपन्न नागरिकको उपचारमा लगाउनुपर्ने मन्त्री बस्नेतको भनाइ छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अन्य देशको तुलनामा नेपालमा सूर्तिजन्य पदार्थमा अत्यन्तै न्यून कर भएकाले त्यसलाई बढाउनुपर्ने बताए । सूर्तिजन्य पदार्थमा कर बढाएमा सूर्तिजन्य पदार्थको प्रयोग पनि कम हुने भन्दै मन्त्री बस्नेतले विश्व स्वास्थ्य संगठनले ७५ प्रतिशत कर बढाउनुपर्ने सुझाव दिएकोले सूर्तिजन्य पदार्थमा कर बढाउन प्रकृया थालिने दावी गरे ।समग्रमा स्वास्थ्यको बजेट सिलिङ ४० प्रतिशत घटेको बताउँदै उनले समग्रमा ६ प्रतिशत बजेट घटेको…

विस्तृतमा...

चितवन, २७ बैशाख । चितवन मेडिकल कलेजमा दन्त चिकित्सा अध्ययनरत गरिरहेकी एकछात्रा मृत फेला परेकी छिन् । कलेजको बीडीएस चौथो वर्षमा अध्ययनरत सिमरन थापाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । पाल्पा रामपुर घर भएकी थापाको आन्तरिक परीक्षा चलिरहेको थियो । सो आन्तरिक परीक्षामा थापालाई शिक्षकले मानसिक तनाव दिएर परीक्षाहलबाट निकालेको हुनाले उनले आत्महत्या गरेको भन्दै विद्यार्थी संघर्ष समितिले संघर्षको कार्यक्रम थालेका छन् । आन्दोलनमा उत्रिएका विद्यार्थीले दोषीमाथि कार्वाहीको माग गर्दै कार्वाही नहुँदासम्म कलेजको बहिरंग सेवा सञ्चालन हुन नदिने बताएका छन् ।

विस्तृतमा...

विराटनगर : मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रतिबद्धताअनुसार काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता भङ्ग गराउने चेतावनी दिएका छन्। यसअघि साउनमा यस्तै छलफल आयोजना गरेर ठेकेदार कम्पनीले जनाएको प्रतिबद्धता पूरा नभएपछि स्थानीय प्रशासनले ‘काम गर्ने की छोड्ने’ भन्ने प्रश्न गरेको हो। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारेपछि समयमै काम नगर्दा त्यसको असर नागरिकमा परेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तीव्र दबाब दिँदै आएका छन्। मोरङ जिल्लामा निर्माणाधीन ९६ किलोमिटर हुलाकी राजमार्गको काम नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तीव्र असन्तुष्टि पोखेका हुन्। जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सोमबार भएको ५ स्थानीय तहका जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजना कार्यान्वयन इकाईका प्रतिनिधिबीच छलफल…

विस्तृतमा...

काभ्रेपलाञ्चोक : ‘मुकेश उठ, यी हेर त यो के हो? बोल त बाबु, तिमी बोल्नुपर्छ।’ मुकेशकी आमा मीरा कायस्थले स्याहार गर्ने क्रममा यसरी बोलाइरहेका थिइन्। बनेपा नगरपालिका–८ चैतन्यरोड छेउको घरमा रहेको दोस्रो तल्लामा दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थलाई आमा मीरा र बुबा कृष्णमानले यसरी नै स्याहार्दै आएको करिब १३ वर्ष भयो। मुकेशले बोलाउँदा मुख चलाउने, सामान्य आवाज निकाल्ने र केही खेलौना दिँदा समात्ने गर्नेबाहेक अन्य प्रतिक्रिया दिन सक्दैनन्। त्यसैले उनलाई खाना खुवाउने, कपडा फेर्ने, उठाउने लगाउनेलगायतका काममा मीरा र कुष्णमान चौबिसै घण्टा खटिरहेका छन्। दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो। त्यही बेला ०६२ चैत २६ गते काभ्रेपलाञ्चोकका भिमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा…

विस्तृतमा...

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताकी छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले तयार पारेको परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् । “गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । सामाजिक बनावट, भोगाइका कारण नै पनि महिलाहरूलाई समस्या छ । यति हुँदाहुँदै पनि राज्यका सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । यो सकरात्मक पक्ष हो”, सञ्चारमन्त्री शर्माले भनिन्, “महिलाहरू तथा पछाडि परेको समुदायलाई मूलधारमा ल्याउन केही सहुलियत दिनुपर्छ । पुरुषको तुलनामा महिलाहरू पछि परेकै छन्, पत्रकारितामा आउने महिलालाई पेसामा टिकाउने…

विस्तृतमा...

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सर्बोच्च अदालतले अहिलेसम्म फौसला गरेका निर्णको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौं महानगरपालिकाले सिंहदरबार, शितल निवासलगायतका स्थानको फोहोर नउठाएपछि सर्बोच्च अदालतमा मुद्वा परेको थियो । उक्त मुद्वाको फैसलामा तीनदिनभित्र फोहोर नउठाएका क्षेत्रको फाहोर उठाउन सर्बोच्च अदालतले आदेश दिएको थियो । मेयर बालेनले भने सिंहदरबारलगायतका स्थानको फोहोर नउठाउने बताउँदै आएका थिए । स्थानीय तहले नै फोहोर व्यवस्थापनको काम गर्दै आइरहेको काठमाडौंमा फोहोर व्यवस्थापन नगरेको भन्दै मेयर बालेनविरुद्व सर्बोच्चमा मुद्वा परेको थियो । मेयर बालेनले सर्बोच्च अदालतले पहिला फौसला गरेको विषय पनि पूर्ण कार्इानवयन गर्नुपर्ने माग राखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सिंहदरबार समेतको फोहरमैला…

विस्तृतमा...

सुर्खेत । सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पतालमा भएको भ्रष्टाचार प्रकरण छानबिन गरि दोषीलाई कार्वाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा हिमालयन म्यासेजको तर्फबाट रवि किरण हमालले मुद्दा दर्ता गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी भेषराज रिजाललाई भेटेर हिमालन म्यासेजका प्रकाशक रवि किरण हमालले मुद्दा दर्ता गराएका छन् । उनले कर्णाली प्रदेश अस्पताल सुर्खेतले थ्री टेस्ला क्षमताकै एमआरआई मेसिन खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै निवेदन दिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक अस्पतालले उक्त कम्पनीलाई २९ करोड ७१ लाख ६६ हजार ७ सय ९२ रुपैयाँमा खरिद गर्न जिम्मा दिएको छ यद्यपि यसको मुल्य कम…

विस्तृतमा...

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एशिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने देखिएको छ । आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदरका आधारमा बङ्गलादेश भियतनामपछि दोस्रो स्थानमा रहनेछ । आईएमएफको एशिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय आर्थिक मूल्याङ्कन मे २०२३ को रिपोर्टले पनि बङ्गलादेशले सन् २०२४ मा वृद्धिको हिसाबले चीनलाई उछिन्न सक्ने अनुमान गरेको छ । बङ्गलादेशमा सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादन को वृद्धिदर ५.५ प्रतिशतमा खुम्चिने छ, जुन चीनको अनुमानित ५.२ प्रतिशतको वृद्धिदरभन्दा अझै बढी रहेको डेली सनले जनाएको छ । यद्यपि चीनको अर्थतन्त्र बङ्गलादेशको भन्दा…

विस्तृतमा...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकको विषयलाई लिएर आफूले संविधानलाई जबर्जस्ती व्याख्या नगर्ने बताएका छन् । आफूले संविधान मिचेर कुनै पनि कदम नचाल्ने बताउँदै उनले शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्ने बताएका हुन् । सोमबार नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारीहरूसँग भेटका क्रममा राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे चासो व्यक्त गरेका नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार राष्ट्रपति पौडेललाई भेटेर नागरिकता विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेका थिए । प्रधानमन्त्रीले भेटेर फर्केलगत्तै राष्ट्रपति पौडेलले कानुनी परामर्श थालेका थिए । आइतबार नै राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता दीनमणि पोखरेलसहितको टोलीसँग कानुनी परामर्श गरेका थिए । सोमबार पौडेलले…

विस्तृतमा...

खलङ्गा । दार्चुलाको व्यास गाउँपालिका–१ मा यही वैशाख १९ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । पहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । यसअघि बेपत्ता पाँच जनामध्ये तीन जनाको शव फेला परिसकेको छ । “अझै एकजना बेपत्ता छन्, उनको खोजी कार्य जारी छ”, उनले भने । हिमपहिरोमा परी बेपत्ता दार्चुलाको दुहँ गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया क्षिमिसोमो…

विस्तृतमा...