Aricle Tech

काठमाडौं, २ साउन । चिकित्सा शिक्षाको सुधारमा क्रियाशिल डा. गोविन्द केसीले सिटिइभिटीले चिकिस्ता शिक्षाका विभिन्न विधामा शुल्क बढाएकोमा आपत्ति प्रकट गरेका छन् । मंगलबार विज्ञप्ति निकाल्दै डा. केसीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)मा नियुक्त भएका राजनीतिक पार्टीका कार्यकर्ता र दलका माफियाले शुल्क वृद्धि गरेको केसीले आरोप लगाएका छन् । उनले भनेका छन्, ‘सिटिइभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो अचाक्ली निर्णय भएको हाम्रो ठहर छ ।’ डा. केसीले शुल्कबृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । समग्र चिकित्सा शिक्षालाई नियमन गर्न बनेको चिकित्सा शिक्षा ऐन र आयोगन बनिसकेको…

विस्तृतमा...

झापा, ३१ असार । झापा स्थित पुर्वाञ्चल क्यान्सर अस्पताल र भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टरबीच सेवा सहकार्यसम्बन्धी सम्झौता भएको छ । शनिवार विर्तामोडमा भएको एक समारोहमा सो सम्झौतामा पुर्वञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा विरेन्द्र यादव र राजिव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा सुधिर कुमार रावलले हस्ताक्षर गरेका हुन् । दुइ क्यान्सर अस्पतालले क्यान्सर उपचार प्रविधीका ज्ञान सिप साटासाट गर्ने, राजिवगान्धी अस्पतालमा उपचारमागएका नेपाली विरामीको फलोअपकोलागि पुर्वञ्चल क्यान्सर अस्पतालमा पठाउने, दुइ अस्पताल विच टेली मेडिसिन प्रविधीबाट विरामीको उपचारमा सहयोग गर्ने, पुर्वञ्चल अस्पतालका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरुलाई समय समयमा तालिम गराउने, पुर्वञ्चल क्यान्सर अस्पतालमा उपलब्ध हुन नसक्ने…

विस्तृतमा...

काठमाडौं, २९ असार । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत कार्यालमै मृत भेटिएका छन् । अस्पतालमा कार्यरत ३५ वर्षीय अमृत पोखरेलले कार्यालयकै स्टोर नजिक पाँसो लगाएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरीले जनाएको छ । अर्घाखाँची घर भएका पोखरेलले के कारणले आत्महत्याको बाटो रोजे भन्ने थाहा हुनसकेको छैन ।

विस्तृतमा...

काठमाडौं, २८ असार । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको र यो प्रविधि नेपालमै पहिलोपटक प्रयोग भएको केएमसीले जनाएको छ । ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउन उक्त माइक्रोस्कोपको आवश्यक भएकाले जडान गरिएको अस्पतालका न्यूरो बिभागका प्रमुख एवं बरिष्ठ न्युरो सर्जन प्रा.डा.अमित थापा बताए ।  सूक्ष्म एवं जटिल शल्यक्रियामा माइक्रोस्कोप प्रयोग गरिन्छ । जर्मनबाट छ करोडको लागतमा खरिद गरेर ल्याइएको यो माइक्रोस्कोपमा रोबोटिक सिस्टम, फोरके रेजुलेशनसहितका धेरै अत्याधुनिक फिचर रहेका छन् । रोबोटिक माइक्रोस्कोप भएकाले यसले चिकित्सकले बनाएको अप्रेसन योजनामा…

विस्तृतमा...

काठमाडौं, २६ असार । अघिल्लो वर्ष महामारीको रुप लिएको डेंगु भाइरसको संक्रमण यसपाली पनि देखिएको छ । यो वर्ष हालसम्म १ हजार १ सय ९२ जना डेंगुका संक्रमित पहिचान भएको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा ९२ जनालाई संक्रमण भएको जनाएको छ । उपत्यकामा डेंगुको संक्रमण न्यूनिकरण गर्न भन्दै महाशाखाले उपत्यकाका २२ वटा स्थानीय तहसँग अन्तक्र्रिया पनि गरेको छ । अघिल्लो वर्ष डेंगुको प्रकोपमा परेका सबै जिल्ला र स्थानीय तहलाई डेंगु संक्रमण बढ्न नदिने रोकथामका उपायहरु अपनाउन परिपत्र गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले जानकारी दिए ।…

विस्तृतमा...

सुर्खेत,२१ असार । सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । नगरपालिकाअन्तर्गतका कर्मचारीले भने तलबभत्ता पाइरहेका छन् । तर स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका स्थायी स्वास्थ्य कर्मचारी तलबबाट बञ्चित छन् । तलब नपाउँदा घर खर्च टार्नसमेत समस्या भएको उनीहरुको गुनासो छ । तलब नदिँदा दैनिक जीवनयापन गर्न समस्या भएको सिअनमी राजेन्द्रकुमारी थापाले बताए । उनले भने, “पहिला स्वास्थ्य मन्त्रालयले समायोजनमा पठाउने र नगरपालिकाले पनि तलब दिन सक्छौँ भनेर राख्ने, अहिले समायोजन फिर्ता गराउन खोजिएको छ, यो कदापी स्वीकार्य छैन ।हामीले खाइपाइ आएको तलब पाउनुपर्छ ।” नगरपालिकामा…

विस्तृतमा...

ललितपुर, २१ असार । सानेपास्थित स्टार हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता भएको छ । बुधबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीचमा उपचार सेवा आदान प्रदानका विषयमा सम्झौता भएको हो । सम्झौता पत्रमा स्टार हस्पिटलका तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर हस्ताक्षर गरेका छन् । स्टार अस्पतालका सीओओ डा सन्देश जिसीले सम्झौताअनुसार स्टार हस्पिटलले नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका आश्रित सदस्यहरुलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट दिने र स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरुमा सहकार्य गर्नेछ । हस्ताक्षर समारोहमा कार्यकारी…

विस्तृतमा...

ऐजेन्सी । तपाईंको परिवारमा आमाबुबालाई वा दाजुभाई दिदीबहिनीलाई डिप्रेसन छ भने तपाईंलाई पनि त्यसको चिन्ता लाग्न सक्छ । के घरका अन्य सदस्यलाई डिप्रेसन हुँदा हामीलाई पनि सोही समस्या हुन्छ त ? यसमा धेरैको चासो र चिन्ता हुनु स्वभाविक हो । डिप्रेसन हिजोआज सामान्य स्वास्थ्य समस्या भइसकेको छ । ६ जना वयस्क मध्ये एकजनालाई जीवनको कुनै न कुनै समयमा डिप्रेसन हुने गरेको अमेरिकाको सिडीसीले गरेको अनुसन्धानले देखाएको छ । त्यसो त डिप्रेसन वंशानुगत रुपमा नै लाग्ने भन्ने चाहीँ होइन । जोसुकै उमेर, लिंग र भूगोलको मान्छेलाई डिप्रेशन हुन्छ । तर, वैज्ञानिकहरुले परिवारका सदस्यलाई डिप्रेशन भएका मानिसलाई यो समस्या हुने सम्भावना सामान्यभन्दा…

विस्तृतमा...

काठमाडौं, १३ असार । संघीय सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड अनुसार काठमाडौंका निजी अस्पतालहरुले विपन्नलाई १० प्रतिशत शैया छुट्टाउन आनाकानी गरेपछि काठमाडौं महानगरपालिकाले आफ्नै ऐन बनाएर लागु गर्ने भएको छ । महानगरपालिकाले मापदण्ड अनुसार विपन्नको उपचारमा सहुलियत दिन परिपत्र गरेपनि अधिकांश अस्पतालले मापदण्ड अनुसार शैया छुट्टाएर उपचार गर्न नसकिने जवाफ दिएको महानगरपालिकाका स्वास्थ्य शाखाका एक अधिकारीले बताए । ‘१० प्रतिशत शैया गरिब विपन्नलाई छुट्याउने भनिएपनि त्यसको मापदण्ड र कार्यविधि नहुँदा महानगरलाई नियमन गर्न असहज भयो । त्यसैले हामीले छुट्टै ऐन बनाएरै महानगरका स्वास्थ्य संस्थालाई नियमन गर्ने तयारी गरिरहेका छौं । ऐनको मस्यौदा बनिसकेको छ सम्भवतः अबको नगर परिषदमा पेश गर्ने…

विस्तृतमा...

काठमाडौं,१७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थमा यथोचित कर बढ्न नसक्नुमा कर्मचारीतन्त्र जिम्मेवार भएको आरोप लगाएका छन् ।विश्व सूर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग टेकुमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीका कारण कर बढ्न नसकेको दावी गरे ।आफुले सूर्तिजन्य पदार्थमा कम्तिमा ६० प्रतिशत कर बढाउन अनुरोध गरेपनि अर्थ मन्त्रालयका कर्मचारीले १० प्रतिशतमात्र वृद्धि गर्न भनेकाले यथोचित वृद्धि गर्न नसकेको अर्थ मन्त्रीले जवाफ दिएको मन्त्री बस्नेतको भनाइ छ । उनले भने, म भन्छु मलाई कसैको डर छैन । यहाँका व्यूरोक्रेसी नै व्यापारीसँग मिलेका छन् । उनीहरुले कर बढाउन दिएनन् ।’मन्त्री बस्नेतले सूर्तिजन्य पदार्थका…

विस्तृतमा...