कैलाली, ६ जेठ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा झपट बहादुर साउँद नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी सांसद साउदलाई नियुक्त गरेसँगै आजै उनले पद तथा गोपनियताको शपथ लिएका हुन् । स्वास्थ्यको मामला समेत हेर्ने सामाजिक विकास मन्त्रालय मन्त्रिपरिषद् विस्तार हुन नसक्दा मुख्यमन्त्रीले नै सम्हाल्दै आएका थिए । अघिल्लो सालको माघ मै सरकार गठन भएपनि सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको थिएन । सत्ता साझेदारीमा रहेको नागरिक उन्मुक्ति पार्टी समेत सरकारमा सहभागी हुने भनिएपनि त्यो भने हुनसकेन । जसले गर्दा उक्त पार्टीलाई दिने भनिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री अन्तर्गत नै राखेर मन्त्रिपरिषदे विस्तार गरिएको हो ।…
Aricle Tech
काठमाडौं, ६ जेठ । सबैका लागि स्वास्थ्य कार्यक्रम चलाउने, जीवन बचाउने भन्ने नाराका साथ विश्व स्वास्थ्य संगठनको ७६ औं महासभा आइतवारदेखि स्वीट्जरल्याण्डको जेनेभामा सुरु हुँदै छ । महासभामा मूलभूत रुपमा संगठनले गरेका विविध गतिविधिका साथै कोभिड महामारी र त्यसले निम्त्याएका जनस्वास्थ्य चुनौतिका बारेमा छलफल हुनेछ । यस्तै महासभामा दिगो विकासको लक्ष्यमा समावेश गरिएका स्वास्थ्यका सूचकांकहरुको प्रगतिका बारेमा पनि चर्चा हुनेछ । महासभा विश्व स्वास्थ्य संगठन सञ्चालनको दिगो र तत्कालका लागि दुईवर्षे आर्थिक स्रोतको निर्धारणका बारेमा पनि केन्द्रित हुने जनाइएको छ । सन् १९४८ देखि अघिल्लो महासभाका बीचमा संगठनले खेलेको भूमिका र गरेका कार्यहरुको प्रगति विवरण पनि महासभामा प्रस्तुत गरिने भएको…
काठमाडौं । हिजोआज महिनावारीको समयमा सेनेटरी प्याडको साटो मिन्सट्रुअल कप प्रयोग गर्ने क्रम बढेको छ । प्याडको विकल्पका रुपमा देखिएको यो विधिको प्रयोग किन बढेको छ त ? के हो मिन्सट्रुअल कप भनेको ? किन यो लाभदायक छ ? जानौं । के हो मिन्स्ट्रअुल कप ?मिन्स्ट्रुअल कप पुनः प्रयोग गर्न मिल्ने एकप्रकारको उत्पादन हो जुन रबर वा सिलिकनबाट बनेको हुन्छ । कपको आकारमा बनेको यसलाई महिलाको यौनीमा १२ घण्टासम्म राख्न मिल्छ । यसले महिनावारीका समयमा हुने श्रावलाई संकलन गर्छ । यसलाई अरु विधि भन्दा प्रभावकारी र वातावरणमैत्री मानिएको छ । हिजोआज पुनः प्रयोग गर्न मिल्ने र एकपटकमात्र प्रयोग गर्न मिल्ने…
काठमाडौँ, २ जेठ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा केडिसी जनरल अस्पताल बसुन्धरा काठमाडौँ र सविता इन्स्टिच्युट अफ मेडिकल एण्ड टेक्निकल साइन्सेज (सविथा डेन्टल कलेज) चेन्नेई, भारतबीच प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । गत आइतबार काठमाडौँमा आयोजित विशेष समारोहमा केडीसीका प्रिन्सिपल प्रा डा रविन्द्रमान श्रेष्ठ र सविथाका डीन प्राडा अरविन्दकुमार सुब्रमानियनबीच सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सम्झौतापछि पीजी एमडीएस तहमा अध्ययनरत विद्यार्थी तथा फ्याकल्टीहरुलाई एक अर्काको कलेजमा जाने र अनुभव आदान प्रदान गर्ने अवसर मिलेको छ भने प्राज्ञिक तथा रिसर्चको क्षेत्रमा सविथाले हामीलाई विशेष सहयोग गर्ने भएको छ । केडीसीका…
काठमाडौं, ५ जेठ । सरकारले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम संघीय संसदमा पेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गरेका हुन् । सरकारले आउँदो वर्षका लागि स्वास्थ्यका विभिन्न नीति तथा कार्यक्रम पेश गरेको छ । जुन यसप्रकार रहेको छ ।
काठमाडौं, ५ जेठ । सरकारले स्थानीय स्तरमा हुने जडिबुटी खेती, उत्पादन, प्रशोधन र बिक्रि वितरणलाई प्रोत्साहन गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्दै जडिबुटी उत्पादनलाई प्रोत्साहन गर्ने उल्लेख गरेका हुन् । त्यसो त सरकारले प्रत्येक वर्ष यस विषयलाई प्राथमिकतामा राखेपनि ठोस उपलब्धि भने हुनसकेको छैन । नीति तथा कार्यक्रमका अनुसार सरकारले जडिबुटी खेतीलाई प्रोत्साहन गर्ने, जडिबुटी उत्पादन गर्नका लागि खेती गर्न चाहाने कृषकलाई सामुदायिक वन भाडामा उपलब्ध गराउने बताइएको छ । त्यस्तै जडिबुटी प्रशोधन प्रयोगशालालाई चाहिने उपकरण खरिदमा सहुलियत दिने पनि सरकारले जनाएको छ ।
काठमाडौं, ५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन कुमार बस्नेतले सरकारी स्वास्थ्य संस्थाका खरिद गरिने उपकरणमा अंकुश लगाउने जनाएका छन् । मन्त्रालय मातहतका सरकारी स्वास्थ्य संस्थामा कमिशनको लोभमा महंगा उपरकरण खरिद गरेपनि प्रयोगमा आउन नसकेको भन्दै चौतर्फी गुनासो र आरोपहरु बढिरहेका बेला मन्त्री बस्नेतले जथाभावी खरिदलाई रोक्ने जनाएका हुन् । विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन जेनेभा जानुअघि शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले खरिद गरिएका र प्रयोगमा नआएका उपरकण स्वास्थ्य सेवा विभागमार्फत फिर्ता ल्याएर आवश्यक स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने बताए । उनले हरेक अस्पताललाई आगामी दुईवर्षका लागि कार्ययोजना बनाएर पेश गर्न निर्देशन दिएको पनि बताए ।…
काठमाडौं ,३० वैशाख । काठमाडौं महानगरपालिकाले २४ सैँ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले काठमाडौंमा चौबिसैघण्टा एम्बुलेन्स सेवा निःशुल्क गरिएको बताएका छन् ।शनिवरा टुइट गर्दै शाहले १०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने जनाएका हुन् । उनले लेखेका छन्, ‘काठमाडौं भरी २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।’
चितवन, ३० बैशाख । हालैमात्र आत्महत्या गर्न विवश चितवन मेडिकल कलेजकी छात्रालाई मानसिक यातना दिएका भनेर आरोपित दुई शिक्षक निलम्बनमा परेका छन् ।कलेजमा बीडीएस चौथो वर्षमा अध्ययरत सिमरन थापालाई गत बैशाख २७ गते परीक्षा दिने क्रममा हलबाट निकालेसँगै थापाले आत्महत्या गरेकी थिइन् । उनलाई मानसिक यातना दिइएको भन्दै कलेजका विद्यार्थी आन्दोलित भएका थिए ।विद्यार्थीहरुले आन्दोलनस्वरुप कलेजको बहिरंग सेवा बहिस्कार गरेपछि कलेज प्रशासनले चितवन मेडिकल कलेजको कलेज अफ डेन्टल साइन्समा कार्यरत डा. अभिषेक गुप्ता र डा. हरेन्द्र सिंहलाई निलम्बन गरेको हो ।
काठमाडौं, २७ बैशाख । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रिबहादुर खड्काको ठाउँमा श्रीराम लुईटेललाई सरुवा गरिएको छ । यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि डा. जनार्दन पन्थीलाई कामकाजमा पठाउने निर्णय गरेको छ । त्यहाँ डा. विनोदकुमार गिरी सचिव थिए । यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा भोजराज काफ्लेलाई पठाउने निर्णय गरिएको छ । उनी यसअघि चिकित्सा शिक्षा आयोगको सदस्यसचिव रहेका थिए ।यस्तै सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिवमा ज्ञान प्रसाद ढकाललाई कामकाज गर्न पठाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दा लुम्बिनी र बागमती प्रदेशको स्वास्थ्य सचिव समेत परिवर्तन गरिएको हो…

