Aricle Tech

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षका लागि निःशुल्क स्यानिटरी प्याड खरिदका लागि १ करोड ४२ लाख बजेट विनियोजन गरको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आउँदो वर्षको बजेट प्रस्तुत गर्दै करिब १० लाख किशोरी लाभान्वित हुनेगरि निःशुल्क स्यानिटरी प्याड वितरण गर्न बजेट विनियोजन गरेको बताएका छन् । त्यस्तै, सरकारले सरकारी एवं सामुदायिक विद्यालयमा दिइने दीवा खाजामा जंकफूडलाई प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ । जंकफुडले विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यमा असर गर्नेभन्दै अधिकारकर्मी र विज्ञहरुले आवाज उठाउँदै आएका थिए । त्यस्तै सरकारले डोम, मुसहर लगायत अल्पसंख्यक एवं दलितका लागि चिकित्सा शिक्षा अध्यापन गराउन दिँदै आएको छात्रवृत्तिलाई पनि…

विस्तृतमा...

काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्याका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेका हुन् । सरकारले अघिल्लो आर्थिक वर्षको तुलनमा यसवर्ष करिब १९ अर्ब कम बजेट विनियोजन गरेका हुन् । अघिल्लो आर्थिकवर्षमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरिएकोमा यो वर्ष बजेट घटेको हो । पछिल्ला वर्षमाहरुमा स्वास्थ्यका प्राथमिकता बढ्दैगएपनि बजेटमा भने कटौटि भइरहेको छ । सरकारले आर्थिकवर्ष २०७८।७९ मा १ खर्ब ३५ अर्ब बजेट पाएकोमा अघिल्लो वर्ष र यो वर्षसमेत बजेटमा कटौती भएको हो…

विस्तृतमा...

काठमाडौं, १५ जेठ । सरकारले गाँजा खेती गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । सोमबार आगामी आर्थिकवर्ष २०८०।८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधीय प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको बताएका हुन । गाँजाको वैधानिकताका लागि लामो समयदेखि आवाज उठिरहेको बेलामा अर्थमन्त्रीको वक्तव्यलाई महत्वका साथ हेरिएको छ । नेपालका सबै भूभाग गाँजाखेतीका लागि उपयुक्त मानिन्छ । गाँजालाई अवैध बनाउनुभन्दा अघिसम्म सिंहदरवार वैद्यखानाले गाँजाको प्रयोगबाट औषधिहरु निर्माण गर्ने गरेको थियो । गाँजाकौ औषधीय उत्पादन, प्रशोधन, प्रयोग र निर्यात गर्नसके त्यसले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विज्ञहरुले बताउँदै आएका छन् ।

विस्तृतमा...

बीबीसी । इलेक्ट्रोनिक ब्रेन इम्प्लान्टका कारण एकजना पक्षघाती व्यक्ति हिँड्नसक्ने भएका छन् । चिकित्सकले पहिलोपटक उनको जीवन परिवर्तन गरेका छन् । नेदरल्याण्डका ४० वर्षीय गर्ट जान ओस्कमलाई १२ वर्षअघि साइकल दुर्घटनामा परेपछि पक्षाघात भएको थियो । इलेक्ट्रोनिक इम्प्लान्टहरूले तारविहीन पद्धतिमा ओस्कमको मेरुदण्डमा दोस्रो प्रत्यारोपण मार्फत खुट्टामा चेतना प्रवाह गरेको हो । प्रणाली अझै प्रयोगात्मक चरणमा छ यद्यपी यसलाई ठूलो क्रान्ति मानिएको छ । ओस्कमले बीबीसीलाई भनेका छन्, ‘म फेरि हिड्न सिकिरहेको छु, म आफुलाई एउटा बच्चा जस्तै महसुस गर्छु।’ उनी अब उभिन र सिँढी चढ्न पनि सक्छन्। ‘यो लामो यात्रा भएको छ, तर अब म उभिएर मेरो साथीसँग बियर पिउन…

विस्तृतमा...

काठमाडौं, १० जेठ । नेपालस्थित अमेरिकी दूतावासका मिसन उपप्रमुख जेसन मिक्स र युएसएड नेपालका डेपुटी मिसननिर्देशक, करेन वेल्चले नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण एवं अवलोकन गरेका छन् । बुधवार अस्पताल पुगेका उनीहरुले प्रतिष्ठानका सम्पूर्ण आँखा सेवा प्रदान गर्ने ईकाइहरु, फ्रेड हलोज इन्ट्राकुलर लेन्स ल्यावरोटरी तथा विभिन्न विभाग अवलोकन गर्नुका साथै डा. सन्दुक रुइत र कार्यकारीहरुसँग छलफल पनि गरेका छन् । अमेरिकाले सन् २००३ देखि, युएसएड अमेरिकन स्कुल्स एण्ड हस्पिटल्स अब्रोड एण्ड युएस एड चाइल्डहुड ब्लाइन्डनेस कार्यक्रमहरु मार्फत प्रतिष्ठानलाई सहयोग र सहकार्य गरिरहेको छ । अमेरिकाले आफ्नो सहयोगमा विशेषगरि सीमान्तकृत क्षेत्रका बिरामीको उपचारमा योगदान गरिहेको प्रतिष्ठानले जनाएको छ ।

विस्तृतमा...

सिन्धुली, १० जेठ । सिन्धुलीको सिन्धुली अस्पतालबाट रिफर गरिएकी सुत्केरी महिलाको मृत्यु भएपछि तनाव बढ्दा अस्पतालमा कार्यरत १४ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन् । अस्पतालमा उपचाररत सिन्धुली कमलामाई नगरपालिका ५ की गंगा गुरुङ्ग श्रेष्ठको मंगलबार थप उपचारका लागि बर्दिबास रिफर गरिएको थियो । उनको बाटोमै मृत्यु भएपछि बिरामीका आफन्तले अस्पताल तोडफोड गर्नुका साथै नाराबाजी र आन्दोलन गरेका थिए । चिकित्सकको लापर्वाहीको कारण मृत्यु भएको भन्दै अस्पताल प्रांगणमा बिरामी पक्ष आन्दोलनमा उत्रिएको भन्दै चिकित्सकले सामुहिक राजीनामा दिएका हुन् । ‘यस अस्पतालबाट प्रेषण गरिएकी सुत्केरी महिलाको मृत्यु पश्चात भएको भौतिक क्षति तथा स्वास्थ्यकर्मीको मानसपटलमा पुग्न गएको असरका कारण स्वस्थरुपमा बिरामीको उपचार…

विस्तृतमा...

काठमाडौं, १० जेठ । गत बैशााख २८ गते चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नर्स र सेवाग्राहीबीच भएको विवाद उत्कर्षमा पुगेको छ । समाजसेवामा खटेको भनिएकी चर्चित टिकटकर गिभीना मगर र नर्सबीच सुरु भएको विवादले राष्ट्रियस्तरमा तरंग ल्याएको हो । मगरको आश्रयमा उपचार गराइरहेकी एक क्यान्सर बिरामी बालिकाको उपचारमा नर्सहरुले लापर्वाही गरेको भन्दै मगरले प्रश्न उठाउँदा दुइपक्षबीच विवाद भएको थियो । मगरले बिरामीलाई ४ बजे औषधि दिएर रजिष्टरमा किन २ बजे लेखियो ? भनेर प्रश्न सोध्दा नर्सले दुव्र्यवहार गरेको मगरले बताएकी छिन् । सो विवाद पछि जिल्ला प्रशासन कार्यालयमा गएर टुंग्याइसक्दापनि आफुलाई नर्सका आफन्तले फोन गरेर धम्की दिएको उनको आरोप…

विस्तृतमा...

सिन्धुली, १० जेठ । सिन्धुली अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पीडित बिरामीपक्षले अस्पतालको लापर्वाहीमा ज्यान गएको भन्दै आन्दोलन गरेका छन् । उपचारको क्रममा जिल्लाको कमलामाई नगरपालिका ५ की गंगा गुरूङ श्रेष्ठको मृत्यु भएको हो । डाक्टरले गलत ओेैषधि दिँदा गर्भवती महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्त संघर्षमा उत्रिएका हुन् । मृतक महिलालाई सिन्धुली अस्पतालले थप उपचारका लागि वर्दिवास रिफर गरेसँगै उनको बाटोमै मृत्यु भएको हो । गर्भवती महिला उपचारको लागि मंगलबार बिहान १० बजे आफै हिडेर अस्पलाल आएको मृतकका श्रीमान लोकबहादुर श्रेष्ठले बताए । सिन्धुली अस्पतालका डाक्टरले गलत औषधि र ईन्जेक्सन लगाउँदा बिरामीको मृत्यु भएको बर्दिबासका चिकित्सकले बताएको…

विस्तृतमा...

काठमाडौं, ९ जेठ । मेडिकल कलेजको सम्बन्धन पाउन लामो समयदेखि प्रयासरत मनमोहन मेडिकल कलेजको भगिनी संस्था मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सलाई नर्सिङ्ग अध्यापन गराउनका लागि चिकित्सा शिक्षा आयोगले सम्बन्धन प्रदान गरेको छ । चिकित्सा शिक्षा ऐनको प्रावधानका कारण मेडिकल कलेज सञ्चालन गर्न नसकेको मनमोहनले नर्सिङ्ग अध्यापनार्थ सम्बन्धन प्राप्त गरेको हो । चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिले गत वर्ष माघको बैठकले सम्बन्धनका लागि सिफारिस गरेको मनमोहन र काठमाडौं मोडललाई चिकित्सा शिक्षा आयोगको सोमबार बसेको पूर्ण बैठकले सम्बन्धन प्रदान गरेको आयोगका निर्देशक डा. दिलिप शर्माले स्वास्थ्य डायरीलाई जानकारी दिए । उनका अनुसार यी दुई कलेजलाई आशयपत्र दिएसँगै सिटिइभिटीले निरीक्षण गरेर सम्बन्धन…

विस्तृतमा...

दार्चुला, ९ जेठ । दार्चुलाकी एक सुत्केरी र शिशुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी सुत्केरी २७ वर्षीया पुष्पा महरा र शिशुको हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले स्वास्थ्य डायरीलाई जानकारी दिइन् । आइतबार गाउँकै स्वास्थ्य चौकीमा महराले शिशु जन्माएकी थिइन् । ७ महिनामै जन्मिएको शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार जिल्ला अस्पताल दार्चुला ल्याइएपनि शिशुको स्वास्थ्यमा सुधार हुननसकेपछि थप उपचारका लागि हेलिकोप्टरबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो । महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

विस्तृतमा...