काठमाडौं, १० जेठ । नेपालस्थित अमेरिकी दूतावासका मिसन उपप्रमुख जेसन मिक्स र युएसएड नेपालका डेपुटी मिसननिर्देशक, करेन वेल्चले नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण एवं अवलोकन गरेका छन् ।
बुधवार अस्पताल पुगेका उनीहरुले प्रतिष्ठानका सम्पूर्ण आँखा सेवा प्रदान गर्ने ईकाइहरु, फ्रेड हलोज इन्ट्राकुलर लेन्स ल्यावरोटरी तथा विभिन्न विभाग अवलोकन गर्नुका साथै डा. सन्दुक रुइत र कार्यकारीहरुसँग छलफल पनि गरेका छन् ।
अमेरिकाले सन् २००३ देखि, युएसएड अमेरिकन स्कुल्स एण्ड हस्पिटल्स अब्रोड एण्ड युएस एड चाइल्डहुड ब्लाइन्डनेस कार्यक्रमहरु मार्फत प्रतिष्ठानलाई सहयोग र सहकार्य गरिरहेको छ ।
अमेरिकाले आफ्नो सहयोगमा विशेषगरि सीमान्तकृत क्षेत्रका बिरामीको उपचारमा योगदान गरिहेको प्रतिष्ठानले जनाएको छ ।