काठमाडौं, १५ जेठ । सरकारले गाँजा खेती गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ ।
सोमबार आगामी आर्थिकवर्ष २०८०।८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधीय प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको बताएका हुन ।
गाँजाको वैधानिकताका लागि लामो समयदेखि आवाज उठिरहेको बेलामा अर्थमन्त्रीको वक्तव्यलाई महत्वका साथ हेरिएको छ । नेपालका सबै भूभाग गाँजाखेतीका लागि उपयुक्त मानिन्छ । गाँजालाई अवैध बनाउनुभन्दा अघिसम्म सिंहदरवार वैद्यखानाले गाँजाको प्रयोगबाट औषधिहरु निर्माण गर्ने गरेको थियो ।
गाँजाकौ औषधीय उत्पादन, प्रशोधन, प्रयोग र निर्यात गर्नसके त्यसले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विज्ञहरुले बताउँदै आएका छन् ।