दार्चुला, ९ जेठ । दार्चुलाकी एक सुत्केरी र शिशुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी सुत्केरी २७ वर्षीया पुष्पा महरा र शिशुको हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले स्वास्थ्य डायरीलाई जानकारी दिइन् ।
आइतबार गाउँकै स्वास्थ्य चौकीमा महराले शिशु जन्माएकी थिइन् । ७ महिनामै जन्मिएको शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार जिल्ला अस्पताल दार्चुला ल्याइएपनि शिशुको स्वास्थ्यमा सुधार हुननसकेपछि थप उपचारका लागि हेलिकोप्टरबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो । महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।