काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षका लागि निःशुल्क स्यानिटरी प्याड खरिदका लागि १ करोड ४२ लाख बजेट विनियोजन गरको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आउँदो वर्षको बजेट प्रस्तुत गर्दै करिब १० लाख किशोरी लाभान्वित हुनेगरि निःशुल्क स्यानिटरी प्याड वितरण गर्न बजेट विनियोजन गरेको बताएका छन् ।
त्यस्तै, सरकारले सरकारी एवं सामुदायिक विद्यालयमा दिइने दीवा खाजामा जंकफूडलाई प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ । जंकफुडले विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यमा असर गर्नेभन्दै अधिकारकर्मी र विज्ञहरुले आवाज उठाउँदै आएका थिए ।
त्यस्तै सरकारले डोम, मुसहर लगायत अल्पसंख्यक एवं दलितका लागि चिकित्सा शिक्षा अध्यापन गराउन दिँदै आएको छात्रवृत्तिलाई पनि निरन्तरता दिने बजेट वक्तव्यमा उल्लेख छ ।