Aricle Tech

काठमाडौं, २८ भदौ । हेटौंडामा रहेको सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने दोषीमाथि ७२ घण्टाभित्र कार्वाही नगरे नेपाल चिकित्सक संघले उपचार सेवा ठप्प पार्नेसम्मको चेतावनी दिएको छ । सन्चो अस्पतालमा बुधवार कार्यस्थलमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त मुडवरीमाथि कुटपिट भएपछि चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले बिहीवार पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । गत साउन २२ गते सन्चो अस्पतालबाट चितवन रिफर गरिएका एकजना डेंगुका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले सन्चो अस्पताल र त्यहाँका चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालसँग क्षतिपूर्ति माग्ने र धम्कि दिने कार्य भइरहेकोमा ती व्यक्तिहरु बुधवार अस्पताल गएर छलफलको बहानामा हातपातमा…

विस्तृतमा...

काठमाडौं, २६ भदौ । सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अन्तराष्ट्रिय अभिसन्धीमा सन् २००३ मा हस्ताक्षर गर्ने सुरुका १० राष्ट्रमध्येको एक नेपालमा भने सूर्तिजन्य पदार्थ नियन्त्रण थप जटिल बन्दै गएको छ । सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६७ र त्यसको नियमावलीले सूर्तिजन्य पदार्थको उत्पादन, बिक्रिवितरण र प्रयोगलाई नियन्त्रण गर्न प्रयास गरेपनि सूर्ति उद्योगीहरुको हस्तक्षेपका कारण कानून कार्यान्वयनमा समस्या आएको यसका सरोकारवालाले बताएका छन् । स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण सञ्जाल नेपालले मंगलबार राजधानीमा सूर्ती उद्योगीको राज्यमा हस्तक्षेपका बारेमा प्रतिवेदन सार्वजनिक गर्दै सूर्तिजन्य पदार्थ नियन्त्रणमा सूर्ति उद्योगीहरु चुनौतीका रुपमा देखापरेको बताएको हो । नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगले दैनिक ७३ जना मानिसले ज्यान…

विस्तृतमा...

काठमाडौं, २५ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनी झा नियुक्त भएकोमा डा. गोविन्द केसीले कुटनीतिक असन्तुष्टि जनाएका छन् । सोमबार एक विज्ञप्ति निकाल्दै डा.केसीले आफ्नो आन्दोलनलाई सशक्त रुपमा समर्थन गरेको नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष झालाई आयोगमा उपाध्यक्ष भएर आउँदा स्वागत गर्ने अपेक्षा गरिएको थियो । तर, डा. केसीको मनशाय अर्कै रहेछ । डा. केसीले डा. श्रीकृष्ण गिरिलाई नै पुनः आयोगको उपाध्यक्ष बनाउन चाहेको कुरा आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा डा. केसी उल्लेख गर्छन, ‘विगत चार वर्षमा चिकित्सा शिक्षा आयोगले चरम् राजनीतिक दबाबका बीच, माफियाहरुको घेराबन्दी र प्रधानमन्त्रीको नाजायज हस्तक्षेपका बाबजुद आफ्नो स्वायत्तता र साख बचाउन…

विस्तृतमा...

काठमाडौं, ५ भदौ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ११ जना डेंगुका संक्रमित फेला परेका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा पनि उच्च संक्रमण धादिंगमै देखिएको छ । पछिल्लो २४ घण्टामा धादिंगमा मात्र ५४ जना डुंगु संक्रमित पहिचान भएका छन् । यो संख्या सरकारी स्वास्थ्य संस्थासँग भएको तथ्यांक हो । पहिचान नभएका र उपचारको पहुँचमा नआएका अन्य सयौंलाई डेंगु संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । पछिल्लो एकदिनमा काठमाडौंमा १४ जना, ललितपुरमा १५ र मकवानपुर जिल्लामा २४ जनामा डेंगुको संक्रमण देखिएको छ । बाँकी जिल्लामा पछिल्लो २४ घण्टामा डेंगुका संक्रमित नभेटिएको…

विस्तृतमा...

काठमाडौं, ५ भदौ । काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न महानगरले वायो लार्भिसिद छर्कने भएको छ । यो जैविक भएको र नेपालमै पहिलो पटक प्रयोग गर्न लागिएको महानगरका प्रमुख बालेन शाहले जानकारी दिएका छन् । वायो लार्भासिदले लामखुट्टे र त्यसका लार्भालाई बाहेक अरुलाई हानी नगर्ने महानगरले स्पष्ट पारेको छ। ‘यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ ।’ महानगर प्रमुख बालेन शाहको फेसबूक पोस्टमा उल्लेख छ । औषधिले डेंगीसहित, फिलारिया, औलो, मलेरिया, चिकन्नीयाजस्ता…

विस्तृतमा...

काठमाडौं, ३ भदौ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका सरकारी अस्पतालका शैया पूर्ण निःशुल्क गर्ने घोषणा गरेसँगै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले पनि मातहतका अस्पतालमा शैया निःशुल्क गरेको घोषणा गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका विभिन्न जिल्लामा रहेका १३ वटा अस्पतालमा निःशुल्क जनरल बेडको व्यवस्था गरिएको छ । आइसियु, एनआइसियु र क्याबिनका शैयाहरु बाहेक जनरल बेडमात्र निःशुल्क गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशको हेटौंडा अस्पताल मकवानपुरमा १ सय ७५ शैया निःशुल्क गरिएको छ । त्यस्तै जिल्ला अस्पताल सिन्धुली, नुवाकोट र धादिंगका क्रमशः ७७, ९२ र ७९ सामान्य शैया निःशुल्क गरिएको छ । त्यस्तै दोलखाको पशुपति…

विस्तृतमा...

काठमाडौं, ४ साउन । प्राविधिक शिक्षा तथा सीप विकास परिषद्(सिटिईभिटी)ले यसअघि समायोजन गरेको नर्सिंग, एचए लगायतको नयाँ शुल्क तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । यसअघि असार २९ गते परिषद्ले सूचना प्रकाशित गर्दै नर्सिंग, एचए र फार्मेसी सहायकको प्रमाणपत्र तहको शुल्क बढाएर नयाँ शुल्क तोकेको थियो । सो अनुसार प्रमाणपत्र तह नर्सिङको तीन वर्षेका लागि यसअघि रहेको ४ लाख ७५ हजार रुपैयाँबाट बढाएर ६ लाख २४ हजार २ सय ३० तोकेको थियो । त्यस्तै एचए पढ्न लाग्ने साविकको ४ लाख ४ हजारबाट बढाएर ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क बनाइएको थियो । फार्मेसी असिस्टेन्टतर्फपछि ३ लाख ३७…

विस्तृतमा...

काठमाडौं, २ साउन । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार सेवा सुरु गरेका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएर उपचार सेवा सुरु गरेका हुन् । उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागको सेवालाई थप मजबुत बनाएको केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । शहीद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए । डा.सायमीको प्रवेशसँगै केएमसीको मुटु विभागमा विशेषज्ञ डाक्टरहरूको थप मजबुत टिम बनेको अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । केएमसीको मुटु विभागमा प्रा.डा.सञ्जय श्रेष्ठ, डा.आदित्य महासेठ…

विस्तृतमा...