काठमाडौँ २३ असोज । मानसिक स्वास्थ्य भनेको भन्ने बित्तिकै तनावसँग सामना गर्न सक्ने सक्षम अवस्था भन्ने बुझिन्छ । यसअन्र्तगत व्यक्तिको भावनात्मक, मनोवैज्ञानिक र सामाजिक पक्षहरु समावेश हुन्छन् । पछिल्लो समय विविध कारण विश्वभर मानसिक समस्याबाट ग्रसित हुने संख्या दिनानु दिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको गतवर्षको तथ्यांक अनुसार विश्वमा हरेक ८ मा १ जनालाई मानसिक स्वास्थ्य समस्या हुने गरेको उल्लेख छ र यस समस्याबाट झण्डै ९० लाख व्यक्तिहरु ग्रस्त छन् । त्यसमध्ये आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हुन्छ र २४ वर्षको उमेरसम्म ७५ प्रतिशत देखिसक्ने तथ्यांमा उल्लेख छ । नेपालको सन्दर्भमा भने राष्ट्रिय स्वास्थ्य अनुसन्धान…
Aricle Tech
धरान २२ असोज । मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपमहानगरपालिकाकै मातहत सञ्चालन गर्न दिन सरकारसंग आग्रह गरेका छन् । मेयर साम्पाङले सोमबार एक प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै सो आग्रह गरेका हुन् । ‘प्रतिष्ठानमा सुशासन, पारदर्शिता र स्वास्थ्य सेवामा सुधारलगायतका विभिन्न मागहरु राखी प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले पटक–पटक आन्दोलनको कार्यक्रमहरु तय गरी स्वासथइ संस्थामा भइरहेको आन्दोलनले धरान साथै धरानदेखि बाहिरबाट आउने बिरामीहरु समस्यामा परी उपचारबाट वञ्चित भइरहेका छन्’, पत्रमा उल्लेख छ । प्रतिष्ठानले नगरपालिकासंग प्रतिष्ठानसंग प्रत्यक्ष सरोकार राख्ने भएकाले माथिल्लो निकायबाट समस्या समाानको पहल हुनुपर्ने बताउँदै उनले लेखेका छन्, ‘अन्यथा वीपी कोइरालाल स्वास्थ्य प्रतिष्ठानलाई…
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले स्थानियवासीलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउने भएको छ । महानगरप्रमुख बालेन साहले आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरवासीले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका साथ निःशुल्क रक्त सेवा उपलब्ध गराउने जानकारी दिए । यसका लागि महानगरले रेडक्रससंग सहकार्य गरेको जानकारी दिदैँ उनले जुनसुकै अस्पतालमा उपचारत गराउदा निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध बताए । उनका अनुसार राजधानीमा हुने रगत अभावलाई न्युनिकरण गर्न महानगरपालिकाले आफ्नो स्वास्थ्य प्रवद्धर्न केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्ने तथा रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट २०० रूपैयाँ…
काठमाडौँ २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका छन् । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् । राजधानीको यल्लो प्यागोडा होटलमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन राखेका प्रसाईंले कार्यक्रममा तस्करहरु भन्दै केही व्यक्तिहरुको फोटो गरेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात समूहले कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने को हुन् ? भन्ने हालसम्म यकिन भएको छैन । दरबारमार्ग प्रहरी वृत्तले सो समूहको खोजी भइरहेको बताएको छ । विविध एजेण्डा लिएर अभियान चलाई रहने प्रसाईले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए…
काठमाडौँ २२ असोज । नेकपा एमालेकी सांसद विद्या भट्टराईले करारमा कार्यरत कर्मचारी हटाउने वीर अस्पतालको निर्णमाथि पुर्नविचार गर्न माग गरेकी छन् । प्रतिनिधी सभाको आइतबारको बैठकमा बोल्दै सांसद भट्टराईले ठूलो संख्यामा कर्मचारी घटाउँदा सेवा प्रवाहमा असर पुग्ने भन्दै भट्टराईले सो निर्णय उचित नभएको बताएकी हुन् । खस्किने बताएकी छन्। यस्तो बताएकी हुन्। कोरोना महामारीको समयमा नियुक्त गरिएका ५० डाक्टर, १६२ नर्स, ११ प्रयोगशाला प्राविधिक तथा ७ रेडियोलोजिष्टलाई असोज २१ गतेबाट काममा नआउन स्वास्थ्यमन्त्रीले निर्देशन दिएको भन्दै यसले गर्दा सेवा खस्किने उनको भनाई छ । ‘३५० बेड रहेको वीर अस्पतालको बेड संख्या बढाएर ९ सय बनाइएको अवस्थामा सरकारको यो निर्णयले आम…
बझाङ २२ असोज । बझाङ भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क शिविर सम्पन्न भएको छ । विभिन्न संघसंस्थाको सहकार्यमा प्रभावित क्षेत्र पुगेका चिकित्सक टोलीले जिल्लाको भुकम्पको केन्द्रबिन्दु भएको तलकोट गाउँपलिका अन्तर्गत १ नम्बर वडा सुनिकोटमा १८० जनालाई निःशुल्क चेकजाँच सहित औषधि वितरण गरेको हो । शिविर सञ्चालनका लागि बिप्लव खड्काको संयोजकतामा डाक्टर निकोलोस भुसाल ,डाक्टर मनिश रेग्मी, डाक्टर अमृत बस्नेत, दातका डाक्टर कलाम खान ,डाक्टर उर्मिला पाण्डे, क्ब्ज्ध् जनक कुमार बिष्ट , स्वस्थ्यकर्मी दिपेश ओखेडा अनि बरिस्ठ समाजसेवी उमेश बोहरा भूकम्प प्रभावित क्षेत्र पुगेका थिए । उक्त टोलीले त्यहाँ टोलीले ७८ जनालाई लत्ता कपडा तथा सुनिकोट १,२ नम्बर वडामा १६ वटा त्रिपाल…
काठमाडौँ २३ असोज । योगा स्वस्थ स्वास्थ्यका लागि अत्यन्तै अपरिहार्य छ । विभिन्न योगासनले शरीरका हरेक अंगमा अनुकूल प्रभाव पार्छ । यी आसनमध्ये सबैभन्दा प्रभावकारी र सर्वश्रेष्ठ भनेको सूर्य नमस्कार हो । के हो सूर्य नमस्कार ? सूर्योदयको समयमा गरिने सूर्य नमस्कारको शाब्दिक अर्थ सूर्यलाई अर्पण वा प्रार्थना गर्नु हो । प्राचीनकालमा ऋषिमुनि र योगीहरुले सूर्यलाई भक्तिपूर्वक सम्मान गरेर पूजनीय व्यवहार गरे । फलस्वरुप वैदिक युगका मानिसहरु जीवनभर ऊर्जावान्, रोगमुक्त र गौरवशाली रहन्थे । तसर्थ, सूर्य नमस्कार एक योग अभ्यास मात्र होइन, एक पवित्र कार्य पनि मानिन्छ । सूर्य ऊर्जाको सबैभन्दा ठूलो स्रोत हो । त्यसैले सूर्य नमस्कार गरेपछि शरीरको…
राप्ती २१ असोज । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कसैले आवेदन दिएका छैनन् । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज जानकारी दिए । चार जनाको लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको भनाई छ । पचास शैयाको उक्त अस्पतालमा एकसय ५०जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब दुई सय शैया बनाउनका लागि प्र्रदेश सरकारले कसरत थालेको छ । डायोलाइसिस तथा प्रसुतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै कारण आईसियु सेवा…
काठमाडौँ २१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा स्वर्णिम वाग्लेले सरकारलाई डेंगु परीक्षणका लागि किट अभाव भएको भन्दै ध्यानकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसद वाग्लेले तनहुँमा डेंगु संक्रमितको संख्या बढेको र सरकारले औषधोपचारको लागि आवश्यक मेडिकल सामाग्रीसमेत उपलब्ध नगराइएको बताए । ‘औसत १०० जनाको डेंगु परीक्षण हुँदा ६०–७० प्रतिशत पोजेटिभ आइराखेको छ। डेंगु किट र आधारभूत सामाग्री पनि व्यक्तिगत पहलमा सांसदले पठाइदिनुपर्ने अवस्था आएको छ। प्रदेश सरकार र संघीय सरकारको यसप्रति ध्यान जाओस्’, उनले भने ।
काठमाडौँ २१ असोज । नेपालमा पछिल्लो समय भएको स्वास्थ्यकर्मीमाथिको हिंसा एवम् कुटपिट घटनाप्रति विश्व चिकित्सक संघ (डब्लुएमए) ले निन्दा गरेको छ । विश्व चिकित्सक संघको ७४ औं महासभामा नेपालमा पछिल्लो समय चिकित्सकमाथि हुने आक्रमण र स्वास्थ्य संस्थामा भइरहेको व्यापक हिंसाको विश्व चिकित्सक संघले निन्दा गरेको हो। यस्ता घटनाहरूले स्वास्थ्यकर्मीहरुको सुरक्षामा चुनौती बढेको भन्दै यसले देशमा स्वास्थ्य सेवाको गुणस्तरलाई कमजोर पार्ने सम्भावना समेत बढाएको संघको धारणा छ । ‘हामी नेपाल चिकित्सक संघ र नेपालका जनतालाई अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध सबै स्वास्थ्यकर्मीहरूसँग दृढताका साथ उभिएका छौं। चिकित्सकहरू स्वास्थ्य सेवा प्रणालीको आधार हुन्, र तिनीहरूको सुरक्षाको रक्षा गर्नु अत्यन्त महत्त्वपूर्ण छ’,…

