चितवन, असोज २५ गते । नेपालमा अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रसम्म आँखा उपचारको पहुँच पु¥याउनुपर्ने भएको छ । आँखा उपचार क्षेत्रमा क्रियाशील विज्ञको भनाइमा सहरी क्षेत्रमा चिकित्सक र सुविधा सम्पन्न अस्पताल भए पनि अन्धोपन बढी सङ्ख्यामा ग्रामीण क्षेत्रमा छ । भरतपुर आँखा अस्पतालका कम्युनिटी अप्थाल्मोलोजिष्ट प्रा. डा. सोनु दुलाल सहरी क्षेत्रमा राम्रा अस्पताल र चिकित्सक भएका तर धेरैजसो आँखाको समस्या दूरदराजको ग्रामीण क्षेत्रमा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘नेपालमा डाक्टर हुनुहुन्छ, उहाँहरु सहरमै बस्नुहुन्छ, सहरमै अस्पताल बन्छ । आँखाको सेवा लिनुपर्ने जनसमुदाय सहरबाट टाढा दुर्गम स्थानमा बस्नुहुन्छ ।’ नेपालको मात्रै नभएर संसारमै यही अवस्था रहेको उनको भनाइ छ । आँखाको…
Aricle Tech
काठमाडौँ २५ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण देखिएका यादवको हाल सिभिल अस्पतालमा उपचार भइरहेको उपराष्ट्रपति कार्यालयले जनाएको छ । केही दिनयता विसन्चो रहेका यादवमा वान्ता आउने तथा ज्वरो लगायत स्वास्थ्य समस्या देखिएपछि डेंगु परीक्षण गरिएको थियो। परीक्षणबाट संक्रमण पुष्टि भएपछि बुधबार बेलुकी अस्पताल भर्ना गरिएको हो। उनको उचित स्वास्थ्य निगरानीका लागि अस्पताल भर्ना गरिएको बताइएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा विदेश विष्ट र निजी चिकित्सक डा शिवजी सिलवाल लगायतले उनको उपचार गरिरहेका छन्।
काठमाडौँ २५ असोज । अबदेखि मापदण्ड पुगेका सवारी साधन र स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स सेवा सञ्चालन गर्न पाउने भएको छ । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । मन्त्रलायका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८’ अनुसार मापदण्ड पुगेका सवारी सान र स्वास्थ्य संस्थाहरुलाई मात्र एम्बुलेन्स सञ्चालन अनुमति तथा राजश्व छुटको लागि सिफारिस दिने व्यवस्था भएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ ।’ मापदण्ड तथा सञ्चालन अनुमति सम्बन्धि विस्तृत जानकारी ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा हेर्न सकिने मन्त्रालयल जनाएको छ ।
कैलाश गाउँपालिकाको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा मनहरी (मकवानपुर) २५ असोज । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ सेन्टरमा पहिलो दिन ४० गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गराएका थिए । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उक्त सेन्टरको शुभारम्भ गर्दै चेपाङ र तामाङ समुदायका महिलालाई लक्षित गरेर सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए । सो सेन्टरमा हेटौँडा अस्पतालका डा विदुर भण्डारीले पनि सेवा प्रदान गर्ने जनाइएको छ । गाउँपालिकाको स्वास्थ्य संयोजक कृष्णकुमार यादवले पालिकामा वडा नम्बर २, ३, ५, ८, ९ मा यसअघिनै बर्थिङ सेन्टर…
काठमाडौं, २५ असोज । नेपाल औषधि उत्पादक संघ, औषधि व्यवस्था विभाग र जर्मन सहयोगमा एकदिने फर्मा कनक्लेभको आयोजना गरिएको छ । राजधानीको याक एण्ड यति होटलमा आयोजित कनक्लेभमा नेपाल बाहेक भारत र बंगलादेश लगायत देशका औषधि विज्ञ, प्राध्यापक र उद्योगीका प्रतिनिधि सहभागी भएका छन् । कनक्लेभ नेपालको औषधि अनुसन्धान, उत्पादन, बजारीकरण र निर्यातका विविध सम्भावनाका बारेमा केन्द्रित रहेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले स्वास्थ्य डायरीलाई बताए । ‘नेपालको औषधि बजारलाई विस्तार गर्न सकिने भएपनि नीतिगत तहमा पनि सुधार आवश्यक छ, भएका कानून कार्यान्वयन भएका छैनन् भने नयाँ नीतिगत पहलहरु आवश्यक छ । यीनै समग्र विषयमा बहस गर्न यो…
डा. श्वेता नकर्मीबाथ रोग विशेषज्ञ बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। सामान्य भाषामा यसलाई शरीरका जोर्नी दुख्ने समस्या भनेर पनि बुझिन्छ । ‘आर्थराईटिस’ पनि भनिने यसले एउटा मात्रै रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । लक्षण विभिन्न दिर्घकालीन रोगमध्ये एक बाथअन्र्तगत विशेषगरी अटो इम्युन डिजिजहरु पर्छन् । सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो। तर यो धेरै प्रकारका हुन भएकाले यसका लक्षण पनि भिन्न–भिन्न देखिन्छन् । जस्तो ः जोर्नी दुखाइमा हातका, खुट्टाका साना, ठूला जोर्नीहरु सुन्निने, दुख्ने, बिहानपख अररो हुने, मुठी कस्न गाह्रो हुने र…
काठमाडौँ २४ असोज । विराटनगरको ग्रिनक्रस अस्पतालबाट चिकित्सकको संलग्नतामा भएको शिशु बिक्री प्रकरणको थुनछेक बहस सकिएको छ । बुधवार भएको थुनछेक बहसमा मोरङ अदालतको न्यायधिश अम्बिका प्रसाद दाहालको इजलासले पुर्पक्षका लागि प्रकरणका प्रमुख अभियुक्त डाक्टर तपेश्वर लाल कर्ण सहित तीन जनालाई कारागार चलान आदेश दिएको छ । अन्य तीन जना भने धरौटीमा रिहा भएका छन्। कारागार चलान हुनेमा शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, दीपेश मेडिकल हलका सञ्चालक तथा ग्रिनक्रस अस्पतालका चिकित्सक विराटनगर–२ का ६८ वर्षीय डा तपेश्वर लाल कर्ण र रकम दिएर शिशु लिने कटहरी गाउँपालिका–२ की ३० वर्षीय सूर्यनारायण राजवंशी रहेका छन्। यस्तै ग्रिनक्रस…
काठमाडौँ २५ असोज । मुटु समस्या विश्वमै विकराल रुपमा देखिएको एक प्रमुख समस्या हो । पछिल्लो समय यसबाट युवा समूह पनि शिकार हुँदै गएको देखिन्छ । जसकारण पनि यो विश्वव्यापी चिन्ताको विषय बनेको छ । मुटु रोगको प्रमुख कारण भनेकै अस्वथकर जीवनशैली हो । अर्थात् हामीले अपनाउँदै आएको जीवनशैलीकै माध्यमबाट हामीले रोगलाई रोक्न नसके पनि यसको जोखिम भने अवश्यक कम गराउन सक्छौ । यसका लागि व्यक्तिले जतिसक्दो चाँडो स्वस्थ हुने आयामहरु पहिचान गरी रोग लाग्न नदिने स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ । स्वस्थ जीवनशैलीसँगै योग गर्नाले सम्पूर्ण शरीर स्वस्थ र खुसी हुन्छ । जब तन र मन दुवै खुसी रहन्छ तब…
ललितपुर २४ असोज । ललितपुर इमाडोलस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले एकै व्यक्तिमा पहिलोपटक एकै समय मिर्गौला र कलेजोको दुर्लभ प्रत्यारोपण सफल भएको छ । अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यका अनुसार, भरतपुरकी ३३ वर्षीया सोनाकुमारी थापा भुजेलको दुवै अङ्ग (मिर्गौला र कलेजो) एकैचोटी प्रत्यारोपण गरिएको हो । यस प्रत्यारोपणको शल्यक्रिया गर्न चिकित्सक टोलीलाई १८ घण्टा लागेको थियो। हाल बिरामीको अवस्था सामान्य भएको र उनलाई पोस्ट अपरेटिभ केयर युनिटमा राखिएको अस्पतालले जनाएको छ। भुजेलमा जन्मजात रोगका कारण मिर्गौला र कलेजोमा समस्या देखिएको थियो । जसका कारण मिर्गौला बिग्रे पछि उनले डायलासिस सेवा लिइरहेकी थिइन्। ‘कलेजोले एक खालको विशाक्त रसायन उत्पादन गरेका…
काठमाडौँ २४ असोज । काठमाडौँ महानगरपालिकाले योग प्रशिक्षकका लागि क्षमता अभिवृद्विको तालिम प्रदान गर्ने भएको छ । एक सूचना जारी गर्दै महानगरले निरोगी र दिर्घ जीवनका लागि नगरबासीको दैनिक जीवन आरोग्यपूर्ण रहोस भन्ने उद्देश्यका उक्त तालिम प्रदान गर्न लागेको जनाकारी दिएको हो । यसका लागि महानगरले ३२ वडाभित्रका योग क्षमता विकास तालीमको लागि इच्छुक योग प्रशिक्षकहरुलाई सुचना प्रकाशनको १५ दि भित्र निवेदन दिन आह्वान समेत गरेको छ । इच्छुक प्रशिक्षकहरुले महानगरपालिकाको वेब साइटमार्फत अनलाइन तथा वडाका शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वा स्वास्थ्य क्लिनिकहरुमा आवेदन बुझाउन सकिने सूचनामा उल्लेख छ ।

