धरान २२ असोज । मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपमहानगरपालिकाकै मातहत सञ्चालन गर्न दिन सरकारसंग आग्रह गरेका छन् ।
मेयर साम्पाङले सोमबार एक प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै सो आग्रह गरेका हुन् ।
‘प्रतिष्ठानमा सुशासन, पारदर्शिता र स्वास्थ्य सेवामा सुधारलगायतका विभिन्न मागहरु राखी प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले पटक–पटक आन्दोलनको कार्यक्रमहरु तय गरी स्वासथइ संस्थामा भइरहेको आन्दोलनले धरान साथै धरानदेखि बाहिरबाट आउने बिरामीहरु समस्यामा परी उपचारबाट वञ्चित भइरहेका छन्’, पत्रमा उल्लेख छ ।
प्रतिष्ठानले नगरपालिकासंग प्रतिष्ठानसंग प्रत्यक्ष सरोकार राख्ने भएकाले माथिल्लो निकायबाट समस्या समाानको पहल हुनुपर्ने बताउँदै उनले लेखेका छन्, ‘अन्यथा वीपी कोइरालाल स्वास्थ्य प्रतिष्ठानलाई धरान उपमहानगरपािलकालाई हस्तान्तरण गरी उपमहानगपालिकाको मातहतमा सञ्चालन गर्ने व्यवस्थाका लागि जोडदार माग गर्दछौँ ।’