काठमाडौँ २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका छन् । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् ।
राजधानीको यल्लो प्यागोडा होटलमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन राखेका प्रसाईंले कार्यक्रममा तस्करहरु भन्दै केही व्यक्तिहरुको फोटो गरेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात समूहले कालोमोसो दलेका हुन् ।
कालोमोसो दल्ने को हुन् ? भन्ने हालसम्म यकिन भएको छैन । दरबारमार्ग प्रहरी वृत्तले सो समूहको खोजी भइरहेको बताएको छ ।
विविध एजेण्डा लिएर अभियान चलाई रहने प्रसाईले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।
अन्य विभिन्न व्यवसायी लक्षित विवादास्पद अभिव्यक्ति दिंदै आएका उनी आफैँले गत फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा समेत गरेका थिए ।