काठमाडौँ २२ असोज । नेकपा एमालेकी सांसद विद्या भट्टराईले करारमा कार्यरत कर्मचारी हटाउने वीर अस्पतालको निर्णमाथि पुर्नविचार गर्न माग गरेकी छन् ।
प्रतिनिधी सभाको आइतबारको बैठकमा बोल्दै सांसद भट्टराईले ठूलो संख्यामा कर्मचारी घटाउँदा सेवा प्रवाहमा असर पुग्ने भन्दै भट्टराईले सो निर्णय उचित नभएको बताएकी हुन् । खस्किने बताएकी छन्। यस्तो बताएकी हुन्।
कोरोना महामारीको समयमा नियुक्त गरिएका ५० डाक्टर, १६२ नर्स, ११ प्रयोगशाला प्राविधिक तथा ७ रेडियोलोजिष्टलाई असोज २१ गतेबाट काममा नआउन स्वास्थ्यमन्त्रीले निर्देशन दिएको भन्दै यसले गर्दा सेवा खस्किने उनको भनाई छ ।
‘३५० बेड रहेको वीर अस्पतालको बेड संख्या बढाएर ९ सय बनाइएको अवस्थामा सरकारको यो निर्णयले आम नागरिकहरु निजी अस्पताल जाने अवस्था सरकारले नै सृजना गरेको छ’, उनले भनिन्, ‘स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गरी सेवा प्रदान गर्ने अवसर दिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।