बझाङ २२ असोज । बझाङ भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क शिविर सम्पन्न भएको छ । विभिन्न संघसंस्थाको सहकार्यमा प्रभावित क्षेत्र पुगेका चिकित्सक टोलीले जिल्लाको भुकम्पको केन्द्रबिन्दु भएको तलकोट गाउँपलिका अन्तर्गत १ नम्बर वडा सुनिकोटमा १८० जनालाई निःशुल्क चेकजाँच सहित औषधि वितरण गरेको हो ।
शिविर सञ्चालनका लागि बिप्लव खड्काको संयोजकतामा डाक्टर निकोलोस भुसाल ,डाक्टर मनिश रेग्मी, डाक्टर अमृत बस्नेत, दातका डाक्टर कलाम खान ,डाक्टर उर्मिला पाण्डे, क्ब्ज्ध् जनक कुमार बिष्ट , स्वस्थ्यकर्मी दिपेश ओखेडा अनि बरिस्ठ समाजसेवी उमेश बोहरा भूकम्प प्रभावित क्षेत्र पुगेका थिए ।
उक्त टोलीले त्यहाँ टोलीले ७८ जनालाई लत्ता कपडा तथा सुनिकोट १,२ नम्बर वडामा १६ वटा त्रिपाल समेत वितरण गरेका छन् ।