काठमाडौँ– काठमाडौँ महानगरपालिकाले स्थानियवासीलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउने भएको छ ।
महानगरप्रमुख बालेन साहले आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरवासीले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका साथ निःशुल्क रक्त सेवा उपलब्ध गराउने जानकारी दिए । यसका लागि महानगरले रेडक्रससंग सहकार्य गरेको जानकारी दिदैँ उनले जुनसुकै अस्पतालमा उपचारत गराउदा निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध बताए ।
उनका अनुसार राजधानीमा हुने रगत अभावलाई न्युनिकरण गर्न महानगरपालिकाले आफ्नो स्वास्थ्य प्रवद्धर्न केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्ने तथा रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट २०० रूपैयाँ सञ्चार तथा यातायात खर्चको लागि रकम उपलब्ध गराउनेछ ।
यस्तै, महानगरले नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा विना झन्झट जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने तथा रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रति युनिट १३०० रूपैयाँ प्रदान गर्नेछ ।