काठमाडौँ २३ असोज । मानसिक स्वास्थ्य भनेको भन्ने बित्तिकै तनावसँग सामना गर्न सक्ने सक्षम अवस्था भन्ने बुझिन्छ । यसअन्र्तगत व्यक्तिको भावनात्मक, मनोवैज्ञानिक र सामाजिक पक्षहरु समावेश हुन्छन् ।
पछिल्लो समय विविध कारण विश्वभर मानसिक समस्याबाट ग्रसित हुने संख्या दिनानु दिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको गतवर्षको तथ्यांक अनुसार विश्वमा हरेक ८ मा १ जनालाई मानसिक स्वास्थ्य समस्या हुने गरेको उल्लेख छ र यस समस्याबाट झण्डै ९० लाख व्यक्तिहरु ग्रस्त छन् । त्यसमध्ये आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हुन्छ र २४ वर्षको उमेरसम्म ७५ प्रतिशत देखिसक्ने तथ्यांमा उल्लेख छ ।
नेपालको सन्दर्भमा भने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्द्वारा सन् २०२० मा सार्वजनिक तथ्यांक अनुसार १३ देखि १७ वर्षको उमेर समूहमा जनसंख्याको ५.२ प्रतिशत र सोभन्दा माथिका व्यक्तिहरूमा १० प्रतिशतमा कुनै न कुनै खालको मानसिक स्वास्थ्य समस्या रहेको देखिएको छ ।
मानसिक समस्याका पनि थुप्रै प्रकार एवम् अवस्थाहरु छन् । त्यसमध्ये सबैभन्दा बढी निम्न समस्याहरु साझा रुपमा देखिएको पाइन्छ
डिप्रेसन (Depression)
डिप्रेसन निकै गम्भीर मानसिक रोग हो । यसले व्यक्तिले सोच्ने, महशुस गर्ने र व्यवहार गर्ने तरिकामा नकारात्मक प्रभाव पार्छ। यस रोगको दौरान व्यक्तिले लामो समयसम्म निराशा महशुस गर्छन् ।
साथै व्यक्तिमा रमाइलो गर्ने रुचि गुम्नु, भोक नलाग्नु, निद्राको ढाँचामा परिवर्तन हुनु, ऊर्जा घट्नु थकान महशुस हुनु, बेकार महशुस हुन, ध्यान केन्द्रित गर्न कठिनाइ हुनु तथा निर्णय लिन सक्ने क्षमतामा हृास आउनु यसका मुख्य कारण हुन् ।
एन्जाइटी (Anxiety)
एन्जाइटी पनि व्यक्तिमा देखिने मुख्य मानसिक समस्या हुन् । यसअन्र्तगत व्यक्तिमा चिन्ता पैदा हुने, असहज महशुस हुने, तथा डर लाग्ने हुन्छ । समयमै उपचारको अभावमा यसले व्यक्तिमा गम्भीर समस्या समेत निम्त्याउने जोखिम उच्च रहन्छ ।
बाइपोलार डिसअर्डर (Biopolar Disorder)
बाइपोलार डिसअर्डर व्यक्तिको मूड एक्कासी परिवर्तन हुने अवस्था हो । यसको सुरुवातीको चरणमा व्यक्तिमा डिप्रेसनका लक्षण समेत देखापर्छ । यसबाहेक यविकारबाट पिडित व्यक्तिहरु कहिलेकाहीँ चरम उत्तेजना, गहिरो उदासी, आत्मघाती विचारहरू, ऊर्जाको कमी, अत्यधिक तनाव, शारीरिक रोग, दर्दनाक अनुभवजस्ता विभिन्न प्रकारका भावनात्मक अवस्थाबाट गुज्रिन्छन् ।
ओसिडी (Obsessive-compulsive disorder)
ओसिडी अर्थात् अब्सेसिब कम्पल्सरी डिसअर्डर । यसअन्र्तगत बिरामीहरु एकै कार्यलाई बारम्बार गर्न हेर्न र विचार गर्न बाधय हुन्छन् । यस्ता व्यक्तिमा केही कार्य गर्न हताश हुने तथा अनियन्त्रित अनियन्त्रित विचारहरू पैदा हुन्छन्। जस्तोः धेरै पटक वा लगातार हात धुने, आफ्नो शरीर जाँच गरिरहने, अत्यन्त पालनाका साथै दैनिकी निर्वाह गर्ने आदि ।
डिम्नेसिया (Dementia)
डिम्नेसिया बिर्सिने रोग हो । यसले प्रायजसो पाको उमेर समूहलाई सताएको देखिन्छ । यसअन्र्तगत व्यक्तिको सम्झिन सक्ने क्षमता तथा निर्णय लिनसक्ने क्षमतामा हृास आउँछ ।
कारणहरु
कतिपय मानसिक समस्याका कारक तत्वको पहिचान गर्न हुन बाँकी नै भएपनि विशेषगरी निम्न पक्षका कारण व्यक्तिहरुलाई यी समस्याले बढी सताएको देखिन्छ ः
जैविक कारण
मस्तिष्कको संक्रमण, मस्तिष्कमा गहिरो चोटपटक लागेमा, मस्तिष्कमा रक्त संचार कमि भएमा, अत्यधिक लागूपदार्थ, मादक पदार्थको दुव्र्यसनबाट मस्तिष्कमा हानि पुगेमा, शारीरिक रोग वा आघातले मस्तिष्कमा गहिरो असर पारेमा ।
मनोवैज्ञानिक कारण
बाल्यकालमा मानसिक आघात (भावनात्मक, शारीरिक, यौन दुव्र्यवहार) अनुभव गरेमा, बाल्यकालमा आफूलाई अत्यन्त माया गर्ने वा जीवनको महत्वपूर्ण व्यक्ति गुमाएमा, बाल्यकालको बेवास्ता, उचित मायाममता तथा संरक्षण नपाएमा, एक्लोपन वा बेसहारा महसुस भएमा, तनाव, सामान्य अप्ठ्यारा तथा समस्या समाधान गर्ने सीपको कमि भएमा ।
आर्थिक तथा सामाजिक कारण
घरेलु, शारीरिक तथा यौनजन्य हिंसा, गरिबी, बेरोजगारी, जीवन निर्वाह खर्च बढ्दै जानु, आप्रवासन, बालविवाह, सामाजिक विभेद, अपहेलना, पारिवारिक वातावरण, घरायासी झै–झगडा, तनावजन्य जीवन, परिवेश, महत्वाकांक्षामा वृद्धि, अरूको आर्थिक, सामाजिक लगायतका परिवेशसँग आफूलाई तुलना गर्ने परिपाटी, जलवायु परिवर्तनका असर आदि ।
मानव सृजित तथा प्राकृतिक विपद
भूकम्प, बाढीपहिरो, राजनैतिक वा सशस्त्र द्वन्द्व, स्वास्थ्य महामारीका कारण धनजनको क्षति वा दुर्घटना भएमा ।
बच्ने उपाय
कुनै पनि समस्याबाट बच्ने भरपर्दाे उपाय भनेकै यसका कारणहरुबाट टाढा रहने हो । यसका अलावा व्यक्तिले निम्न क्रियाकलापमार्फत आफ्नो मानसिक स्वास्थ्यलार्य स्वस्थ राख्न सकिन्छ :
–नियमित व्यायाम
–स्वस्थ, नियमित खाना
– हाइड्रेटेड (hydrate) रहने
–उचित निद्रालाई प्राथमिकता
–मानसिक स्वास्थ्यलाई राहत दिने आराम गतिविधिको प्रयास
–आफ्ना लक्ष्य तथा प्राथमिकताहरूको नोट
–कृतज्ञता रहने अभ्यास
– र, सकारात्मकतामा फोकस ।
नोटः मानसिक समस्या मानप्रतिष्ठा एवम् इज्जतको पाटो नभई स्वस्थ स्वास्थ्यअन्र्तगतकै अत्यावश्यक पक्ष हो । आवश्यक उपचारपछि यस समस्याको निदान सम्भव छ । यी समस्याले व्यक्तिको शारीरिक स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने तथा गम्भीर अवस्था निम्त्याउने भय रहने भएकाले मानसिक स्वास्थ्यका कुनै पनि समस्या देखिएका व्यक्तिले तुरुन्तै सम्बन्धित विज्ञको परामर्श लिनु पर्छ ।