Aricle Tech

कास्की, २४ असोज । जिल्लामा पछिल्ला दिनमा डेङ्गुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेङ्गु भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेङ्गुका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले बताए । “अहिले दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पानी पर्न नरोकिएकाले अझै केही दिन सङ्क्रमण बढ्ने देखिन्छ”, उनले भने “सङ्क्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा…

विस्तृतमा...

काठमाडौँ २४ असोज । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको भनाईप्रति आपत्ति जनाएका छन् । मंगलबार स्वास्थ्यमन्त्री बस्नेतले एक कार्यक्रममा स्वास्थ्य जनशक्ति उत्पादन कम भएको सम्बन्धमा दिएको अभिव्यक्ति भ्रामक भएको भन्दै केसीले सोको खण्डन गरेका हुन् । बुधवार एक वक्तव्य जारी गर्दै डा. केसीले नेपालमा डाक्टर र नर्सिङ पढ्न पाएनन् विदेश जानु पर्‍यो भन्ने मन्त्रीको अभिव्यक्तिमा कुनै सत्यता नरहेको उनले बताए । ‘नेपाल मेडीकल काउन्सिल को तथ्याङ्क अनुसार चिकित्सा शिक्षा ऐन लागु भए यता मेडिकल शिक्षाको लागि विदेश जाने विद्यार्थीको संख्या गुणात्मक रूपमा कम भएको छ भने मेडिकल कलेज मा सशुल्क पढ्नेहरुको लागि तोकिएका सिटहरु खाली…

विस्तृतमा...

धुलिखेल (काभ्रेपलाञ्चोक) २४ असोज । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था (जिनेसोग)ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज शुभारम्भ गर्दै उनले अरनिको र बिपी राजमार्गको छेउमा रहेको यस अस्पतालका लागि विदेशी दातृ संस्थाबाट प्राप्त रकम नेपाल सकारले स्वीकार गरिसकेकोले आवश्यक व्यवस्थाका लागि सहजीकरण गरी अब छिट्टै सेवा सुरु गरिने बताएका हुन् । समुदायस्तरमा सञ्चालन भएको उक्त अस्पताल गुणस्तरीय हुनाका साथै गरिब, असाहाय र विपन्न नागरिकलाई सहज, सुलभ र राम्रो सेवा पु¥याएकामा मन्त्री बस्नेतले यसको…

विस्तृतमा...

काठमाडौँँ २४ असोज । तिलगंगा आँखा प्रतिष्ठानले आँखा स्वास्थ्यलाई सबैको पहुँच योग्य बनाउन लागिपरेको बताएको छ । विश्व दृष्टि दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले सो धारणा व्यक्त गरेकी हुन् । यसका लागि अस्पतालले केन्द्रमा मात्र नभई देशको कुना–कुनामा सेवा बिस्तार गरेको उनको भनाई छ । समारोहलाई सम्बोधन गर्दै अस्पताल प्रमुख डा सिर्जना अधिकारीले नेपालमा ५० वर्ष र माथिका जनसंख्याको २० प्रतिशत जनसंख्याको दृष्टि कमजोर रहेको जानकारी दिइन् । यस्ता समस्या व्यक्तिमा प्रायजसो कार्यस्थलबाटै देखिने गरेको सुनाउँदै उनले काम गर्दा आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे तथ्यांकसहित प्रस्तुति दिइन्। दृष्टिबिहिन गराउने रोगहरुमा मोतिबिन्दु…

विस्तृतमा...

काठमाडौँ ४ असोज । प्रोस्टेट भन्नाले लिंग, प्रोस्टेट, सेमिनल वेसीकल्स एवम् अण्डकोष लगायत पुरुषको प्रजजन प्रणालीको एक भाग भन्ने बुझिन्छ। मुत्राशयको ठीक तल र मलाशयको अगाडि रहने यस भाग मुत्रमार्ग वरपर रहन्छ। र, विभिन्न कारणवश यसै अंगमा देखापर्ने संक्रमणलाई एवम् समस्यालाई नै चिकित्सा क्षेत्र अन्तर्गत प्रोस्टेट भनिन्छ। बढ्दो उमेरमा व्यक्तिको प्रोस्टेट ग्रन्थीको आकारमा पनि स्वतः वृद्धि हुन थाल्दछ । र, यो स्वभाविक प्रक्रिया पनि हो। तर, कतिपयमा भने सोहि ग्रन्थी आवश्यकभन्दा बढि बढ्न गई त्यसले व्यक्तिमा अनावश्यक पीडा उत्पन्न गराउँछ। र, त्यस्ता व्यक्तिको हकमा भने व्यक्तिले उक्त समस्या रोकथामका लागि आवश्यक उपचार गराउनु पर्दछ।लक्षणहरु–मुत्रको धार सानो हुनु–छिनछिनमा पिसाब लाग्नु–पिसाब गरिसकेपछि…

विस्तृतमा...

काठमाडौँ २३ असोज । सरकारले बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीलाई सम्मान गरेको छ ।जोशी बागमती प्रदेशभर नै उत्कृष्ट कार्य गरेबापत सरकारबाट सम्मानित भएका हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमबीच सम्मान पत्र हस्तान्तरण गरेका छन् । जोशी गत जेठमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए । उनी चितवन २ (२) बाट निर्वाचित कांग्रेस प्रदेशसभा सदस्य हुन् ।

विस्तृतमा...

धनुषा २३ असोज । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन थालेको छ । विगत २३ वर्षदेखि चिकित्सा सेवाका विभिन्न विधामा दक्षजनशक्ति उत्पादनका साथै नागरिकलाई आधारभूत चिकित्सकीय सेवा प्रदान गर्दै आएको अस्पतालले अत्याधुनिक उपकरण र पूर्वाधारसहित सेवा विस्तारमा ध्यान केन्द्रित गरेको अस्पताल निर्देशक प्रा डा धर्मदत्त सुवेदीले बताए । सुरुका केही वर्ष आन्तरिक तथा अन्य व्यवस्थापकीय चुनौती सामना गर्नुपरे पनि पछिल्ला केही वर्षयता व्यवस्थापन सुधारमार्फत गुणस्तरीय शिक्षा तथा विशेषज्ञ सेवा केन्द्रीत कार्यक्रममा सम्पूर्ण ध्यानदिन थालिएको प्रा डा सुवेदीले बताए । “सुरुका केही वर्ष व्यवस्थापनसँग जोडिएका समस्या र…

विस्तृतमा...

काठमाडौँ २३ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई आर्थिक अभावका कारण निष्काशन गर्नुपरेको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको सुनाए। मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक सेवाबाट हटाएको थियो। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको भन्दै अब यो छिट्टै समाधान हुने मन्त्री बस्नेतको भनाई छ । उनले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको भन्दै चाँडै नै विज्ञापनमार्फत्…

विस्तृतमा...

काठमाडौं । मानसिक समस्याका सम्बन्धमा अधिकांशमा भ्रम रहने गरेको विज्ञहरुले बताएका छन् । मानसिक रोगका बारेमा समाजमा रहेको संकीर्णता र भ्रमका कारण मानसिक समस्या भएका व्यक्तिहरु उपचारको सहज पहुँचमा पुग्न नसकेको उनीहरुको भनाइ छ । मंगलबार ‘मानसिक स्वास्थ्य विश्वव्यापी मानवअधिकार हो’ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । यस्तो अवस्थामा नेपाली समाजमा रहेका मानसिक रोगसम्बन्धी भ्रमहरुलाई चिर्नुपर्ने मनोचिकित्सक डा. प्रेरणा झाको भनाइ छ । स्वास्थ्य डायरीसँग कुरा गर्दै डा. झाले नेपाली समाजमा मूलतः तीनवटा भ्रम रहेको बताइन् । १. बालबालिका र किशोरकिशोरीलाई उपेक्षा बालबालिका र किशोरकिशोरीलाई पनि मानसिक समस्या रहेको हुनसक्छ । तर, बच्चाहरुलाई के तनाव हुन्छ र…

विस्तृतमा...

काठमाडौँ– आज विभिन्न विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाउने भएको छ । प्रत्येक वर्षको अक्टोबर १० तारिखमा मनाइने यस दिवस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मानसिक स्वासथ्य सबैको अधिकार’ भन्ने मुल नाराका साथ मनाइने जानकारी दिएको हो । मानसिक स्वास्थ सम्बन्धी समस्या र विभिन्न चुनौतिलाई सामना गर्ने सम्बन्धी सचेतनाका लागि विश्वका १ सय ५० भन्दा बढी देशहरुले विभिन्न कार्यक्रम गरेर सन् १९९२ देखि यो दिवस मनाउँदै आएका छन् । दिवसका अवसरमा यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी सस्थाले समेत जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् । नेपालमा करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्याले सताउने गरेको…

विस्तृतमा...