काठमाडौँ २१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा स्वर्णिम वाग्लेले सरकारलाई डेंगु परीक्षणका लागि किट अभाव भएको भन्दै ध्यानकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद वाग्लेले तनहुँमा डेंगु संक्रमितको संख्या बढेको र सरकारले औषधोपचारको लागि आवश्यक मेडिकल सामाग्रीसमेत उपलब्ध नगराइएको बताए ।
‘औसत १०० जनाको डेंगु परीक्षण हुँदा ६०–७० प्रतिशत पोजेटिभ आइराखेको छ। डेंगु किट र आधारभूत सामाग्री पनि व्यक्तिगत पहलमा सांसदले पठाइदिनुपर्ने अवस्था आएको छ। प्रदेश सरकार र संघीय सरकारको यसप्रति ध्यान जाओस्’, उनले भने ।