काठमाडौँ, १ कात्तिक । नेपालीहरुको महान पर्व शुरु भइसकेको छ । यसका लागि सबैले आ–आफ्नै किसिमले विभिन्न योजनाहरु बनाएका हुन्छन् । यस समय रमाइलो तथा काम गर्ने नाममा अधिकांशले आफ्नो निन्द्रा समेत खेर फाल्ने गर्छन् । जुन स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ । सामान्यतयाः एक स्वस्थ व्यक्तिका लागि ८ घन्टाको उचित निन्द्रा आवश्यक हुन्छ । निन्द्राले व्यक्तिले खाएका खाना राम्ररी पचाउनदेखि मानसिक रुपमा फ्रेस राख्न समेत मद्दत गर्छ । यसकारण पनि विज्ञहरु आवश्यक निन्द्रा सुत्नको लागि सल्लाह दिन्छन् । तर, पर्वको रमझमका नाममा व्यक्तिहरुले लामो समयसम्म निन्द्रा खेर फाल्नाले यसले व्यक्तिमा निम्न किसिमका विभिन्न समस्याहरु निम्त्याउने उनीहरुको राय छ : अनिदो…
Aricle Tech
मकवानपुर, १ कात्तिक । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ ।
काठमाडौँ, १ कात्तिक । संयुक्त राष्ट्रसंघले गाजाको अस्पतालमा भएको हमालाको निन्दा गरेको छ । गएराति गाजास्थित एआई अलि बप्लिस्ट अस्पतालमा भएको हमालामा परी ५०० जनाले ज्यान गुमाएपछि राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले एक विज्ञप्ति जारी गर्दै सोको निन्दा गरेका हुन् । उनले सयौं मानिसको ज्यान जाने गरिएको सो आक्रमण भयभीत रहको बताएका छन्। ‘गाजाको एक अस्पतालमा आज भएको हमलामा सयौं प्यालेस्टिनी नागरिकको हत्याबाट म त्रसित छु, जसको म घोर निन्दा गर्दछु’, उनले भनेका छन्, ‘मेरो हृदय पीडित परिवारहरुसंगै छ। अस्पताल र चिकित्सा कर्मचारीहरु अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत सुरक्षित छन् ।’ मंगलबार इजरायलले गाजाको अस्पतालमा हमला गरेको थियो । यद्यपि…
काठमाडौँ, १ कात्तिक । कैलालीको गेटा अस्पताल सेवा सञ्चालनमा आएको छ । १ सय शैय्या क्षमताको अस्पताल आजदेखि सञ्चालनमा आएको हो । २६ जनाको टोलीले सेवा दिने भनिएको अस्पतालले तत्कालका लागि जनरल ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्स(रे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा प्रवाह गर्ने अस्पतालका निर्देशक डा। प्रमोद जोशीले बताए । यसैगगरी, अस्पतालले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा विस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा विस्तार गर्ने उनको भनाई छ । अस्पतालको सेवा सञ्चालनका लागि राजपत्र अनंकृत सहायकस्तर र श्रेणीविहिन गरी ११०…
चितवन, १ कात्तिक । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगरप्रमुख शशिकुमार खनियाले उद्घाटन गरे । सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता राखेको बताए । उनले गुणस्तरीय स्वास्थ्य सुविधाको पहुँच टोल–टोलमा पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको जनाए । सबै प्रकारका जाँचका लागि खैरहनी नगर अस्पतालमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल प्रशासन र व्यवस्थापन समिति अहोरात्र खटिरहेको खैरहनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रशान्त कँडेलले जानकारी दिए । प्रयोगशाला सञ्चालनमा आएपछि खैरहनी नगर अस्पतालमै रोगको परीक्षण गर्न…
काठमाडौँ, १ कात्तिक । इजरायलले गाजाको एक अस्पतालमा आक्रमण गरेको छ । मंगलबार राति इजरायली सेनाले गाजाको एआई अलि बप्लिस्ट अस्पतालमा रकेट आक्रमण गरेको दाबी गरेको हो । यद्यपि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै सो अस्पतालमा आक्रमण गरेको आरोप लगाएका छन् । उनले बच्चाको क्रुरतापूर्वक हत्या गर्ने हमासको बाहेक अन्यको साहस नहुने बताएका छन् । अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए । आक्रमणमा परी ५०० जनाले ज्यान गुमाएको त्यहाँका स्वास्थ्य मन्त्रालयले बताएको छ । हाल भग्नावशेष पन्छाएर शव निकाल्ने क्रम जारी रहेकाले मृत्यु हुनेको संसंख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । गत…
काठमाडौँ, १ कात्तिक । गएराति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अकस्मात् थापाथलिस्थित नर्भिक अस्पताल पुगे । छातीमा असमान्य महशुस भएपछि उनी चेकजाँचका लागि अस्पताल पुगेको उनको सचिवालयले जानकारी दियो । अस्पतालका एक चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो । त्यसैले बेलुकी करिब सवा सात बजेतिर प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका थिए । त्यहाँ डा. यादव भट्ट, डा. शिवजी सिलवाल लगायतको टोलीले उनको ब्लड प्रेसर, ब्लड र एन्जिओग्राम परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि सबै रिपोर्ट सामान्य देखिएपछि उनी हिजो नै डिस्चार्ज भएका छन् ।
खोटाङ, १ कात्तिक, जिल्ला अस्पताल खोटाङका एनेस्थेसियन बिरामी परेपछि हाललाई डेलिभरी तथा अप्रेशनका सेवा बन्द गरिएको छ । मंगलरबार अस्पतालले एक सूचना जारी गर्दै सो सूचना दिएका हुन् । ‘प्रस्तुत विषयमा यस अस्पतालमा कार्यरत अप्रेशनका क्रममा बेहोश गराउने स्वास्थ्यकर्मी बिरामी भई उपचारको शिलशिलामा काठमाडौँ जानु भएकोले अर्काे व्यवस्था नहुन्जेल सम्मको लागि डेलिभरी र अप्रेशनका सेवा बन्द रहने सम्पूर्ण सेवाग्राहीहरुमा सूचित गरिन्छ’, सूचनामा उल्लेख छ । जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेका छन् । तीनै कर्मचारी पनि स्वास्थ्यका लागि बिदामा बसेपछि अस्पतालमा प्रसूति तथा अप्रेशनका सेवा अवरुद्व भएको हो ।
काठमाडौँ, १ कात्तिक । सामान्यतया नेपालीको भान्छामा चाडपर्व तथा रमझममा पाक्ने भनेकै मासु र तिनका परिकारहरु हुन् । यस समयमा अधिकांशको घरमा खाइने सबै खानाहरुमा मासु समावेश भएका हुन्छन् । हुन त मासुजन्य परिकार प्रोटिनको उचित स्रोत पनि हो । तर शरीरलाई आवश्यकभन्दा धेरै मासु खाएमा त्यसले भने स्वास्थ्यमा हानी पुर्याउने भय रहन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले धेरै मात्रामा प्रशोधित मासु खाँदा क्यान्सर हुन सक्नेसमेत उल्लेख गरेको छ । मासु धेरै खाँदा शरीरमा बोसो जम्नुका साथै अत्याधि मासु सेवनले व्यक्तिमा मोटोपनको समस्या समेत देखिने सम्भावना रहन्छ । यस्तै, रातो र प्रशोधित मासुको धेरै उपभोगले शरीरमा खराब कोलोस्टोरेल बढ्ने र…
अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाइन्छ । यो अवधिमा स्तन क्यान्सरका सम्बन्धमा जनचेतना विस्तार र परीक्षण अभियान चलाउने गरिन्छ । यस अवसरमा हामीले स्तन क्यान्सरलाई जितेकी शुभेच्छा घिमिरेको कथालाई प्रस्तुत गरेका छौं । शुभेच्छा घिमिरेले एक कालखण्डमा लगभग जीवनसँग हार मानिसकेकी थिइन् । आशा र सपनाहरु निराशा र अवसादमा डुबिसकेका थिए । मानवअधिकार र विकास विषयमा अध्ययन गरेर विभिन्न अन्तराष्ट्रिय संघसंस्थामा काम गरिरहेकी सक्षम, शिक्षित र सम्पन्न परिवारको व्यक्ति भएपनि उनलाई ३२ वर्षकै उमेरमा क्यान्सरको आक्रमणले शिथिल र कमजोर बनायो । परिवारका सदस्यका अनुहारबाट कान्ति हरायो । बेलायतमा बस्ने शुभेच्छालाई सन् २०१६ मा एकदिन नुहाँउदै गर्दा एक्कासि उनको…

