

खोटाङ, १ कात्तिक, जिल्ला अस्पताल खोटाङका एनेस्थेसियन बिरामी परेपछि हाललाई डेलिभरी तथा अप्रेशनका सेवा बन्द गरिएको छ । मंगलरबार अस्पतालले एक सूचना जारी गर्दै सो सूचना दिएका हुन् ।
‘प्रस्तुत विषयमा यस अस्पतालमा कार्यरत अप्रेशनका क्रममा बेहोश गराउने स्वास्थ्यकर्मी बिरामी भई उपचारको शिलशिलामा काठमाडौँ जानु भएकोले अर्काे व्यवस्था नहुन्जेल सम्मको लागि डेलिभरी र अप्रेशनका सेवा बन्द रहने सम्पूर्ण सेवाग्राहीहरुमा सूचित गरिन्छ’, सूचनामा उल्लेख छ ।
जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेका छन् । तीनै कर्मचारी पनि स्वास्थ्यका लागि बिदामा बसेपछि अस्पतालमा प्रसूति तथा अप्रेशनका सेवा अवरुद्व भएको हो ।