महेन्द्रनगर (धनुषा), २९ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरेका छन् । मुख्यमन्त्री यादवले सोमबार प्रयोगशालाको निरीक्षण गर्दै सेवाग्राहीसँग प्रत्यक्ष भेटेर जानकारी लिएका हुन् । सेवाग्राहीले मन्त्रीसमक्ष एउटा मात्र काउन्टरका कारण रसिद काट्न लामो समयसम्म कुर्नुपरेको गुनासो राखेपछि उनले काउन्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा श्रवण मिश्रलाई निर्देशन दिए। प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयौँ बिरामीको जाँच गर्नुका साथैसुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
Aricle Tech
काठमाडौँ, २९ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ । ‘मनसुनलगायत अन्य बेला हुने चट्याङबाट हुने घाइतेको लक्षण र व्यवस्थापन विद्युतीय विपद्बाट हुने घाइतेभन्दा भिन्न हुने हुँदा सोको बारेमा जानकार रही उचित व्यवस्थापन गर्न गराउन आग्रह गर्छौ’, विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ, २९ असोज । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त भएका छन् । उनलाई स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिएका हुन् । सरकारले २४ असोजमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेपछि उपाध्यायलाई थप जिम्मेवारी दिइएको हो । मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका उपाध्याय यसअघि नै बोर्डको कार्यकारी निर्देशकको रुपमा काम गरिसकेका छन् ।
काठमाडौं, २९ असोज । फार्मेसी काउन्सिलका अध्यक्ष समेत रहेका औषधि उद्योगी प्रज्ज्वलजंग पाण्डे मध्य अफ्रिकी देश रुवाण्डाका लागि महावाणिज्य दूत नियुक्त भएका छन् । सरकारका परराष्ट्र मन्त्री एनपी साउदले पाण्डेलाई महावाणिज्य दूतका रुपमा नियुक्त गरेका हुन् । नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष समेत रहेका पाण्डे अग्रणी औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्सका कार्यकारी निर्देशक समेत रहेका छन् । लोमसले पछिल्ला वर्षहरुमा अफ्रिकन देशहरुमा औषधिका निर्यात थालेको छ । महावाणिज्य दूत नियुक्त भएपछि स्वास्थ्य डायरीसँग कुरा गर्दै पाण्डेले इमानदारितापूर्वक राष्ट्रको हितमा काम गर्न आफु प्रतिवद्ध रहेको प्रतिक्रिया दिए ।
नेपालगञ्ज, २९ असोज । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ की सीता शाहीलाई नियमित औषधि खानका लागि पैसाको जोहो गर्न धौधौ भएको छ । द्वन्द्वपीडित शााहीलाई औषधोपचारकै चिन्ता लाग्छ । द्वन्द्वमा दाजुभाइ गुमाएर अहिले पनि एक्लिएको महसुस गरिरहेकी शाहीलाई उपचारमा पैँसा खर्च गर्नुपर्दा सबैभन्दा बढी असहज र पीडाबोध हुँदोरहेछ । “हामीलाई अहिले पनि एक्लो भएको अनूभव हुन्छ, त्यसैले स्वास्थ्य क्षेत्रमा द्वन्द्वपीडितलाई निःशुल्क औषधि र स्वास्थ्यपरीक्षण हुनुपर्छ”, उनले भनिन् । विसं २०६० असोज १८ गते भाइ दीर्घराज शाह र विसं २०६० पुस २ गते दाइ शेरजङ्ग शाह गुमाएकी उनले स्वास्थ्य बाहेक पोषण, रोजगारी र शिक्षामा पनि द्वन्द्वपीडितको पहुँच स्थापना हुन नसकेको उल्लेख गरिन् ।…
दमौली (तनहुँ), २९ असोज । गण्डकी प्रदेशमा सबैभन्दा बढी डेङ्गुबाट सङ्क्रमित तनहुँ जिल्लामा देखिएको छ । यहाँ डेङ्गु संक्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार नौ सय ४६ पुगेको छ । त्यसमध्ये ६५ प्रतिशत बिरामी तनहुँमा छन् । निर्देशनालयका अनुसार तनहुँमा पाँच हजार दुई सय ४२, कास्कीमा एक हजार पाँच सय ४४, गोरखामा पाँच सय ७४, म्याग्दीमा ९२, मनाङमा छ, बागलुङमा एक सय ७६, नवलपुरमा एक सय १०, स्याङ्जामा ५७,…
पर्सा, २९ असोज । वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको जनस्वास्थ्य प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ। वीरगञ्जमा उपचार गराउन आउने बिरामीहरुलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले महानगरले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो। मधेस प्रदेश सरकारको समेत सहयोगमा निर्माण गरिएको प्रयोगशालामा वीरगञ्ज महानगरपालिकाले रु एक करोड लगानी गरेको छ। प्रयोगशालाको आइतबार एक कार्यक्रमबीच जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक प्रदीप यादवले उद्घाटन गरे। त्यस अवसरमा पूर्वमन्त्री यादवले महानगरपालिकाले सञ्चालन गरेको प्रयोगशालाले गरिब नागरिकलाई विशेष सेवा प्रवाह गर्न आग्रह गरे। उनले वीरगञ्जको नारायणी अस्पतालभन्दा कम शुल्कमा बिरामीको ५४ प्रकारका प्रयोशाला परीक्षण गर्ने जानकारी दिँदै उनले यसले वीरगञ्जवासी मात्र नभई छिमेकी पाँच…
काठमाडौँ २९ असोज । पेटका लाईलिङ (अस्तर)हरुमाजलन, सुजन एवम् क्षयका कारण उत्पन्नहुने समस्या नै ग्यासट्राईटिस हो । स्वास्थ्यअवस्थाअनुसार, व्यक्तिमायसको अवधि छोटो(तीव्र) वालामो(क्रोनिक) दुवै रुपमा देखापर्दछ ।।चिकित्सा विज्ञहरुले गरेको सर्वेक्षण अनुसार, यस समस्याले महिला पुरुष दुवै गरेर विश्वभर विकान्सोमुख देशका कुल ५०.८ प्रतिशत र विकसित देशका ३४.७प्रतिशतलाई सताएको देखिन्छ ।यसैगरि, नेपालपनि यसबाट अछुत रहन सकेको छैन । यहाँका युवादेखि वृद्वसम्मका थुप्रै जनसंख्या यस समस्याको शिकार भएको देखिन्छ । तथापि यस रोगको सबल पक्ष के हो भने, उचित औषधीको सेवन तथा जीवनशैलीको परिवर्तनबाट मात्रै पनि यसको निदान÷निर्मुलीकरण गर्न सकिन्छ ।के ग्यासट्राईसिटस संक्रामक(सरुवा) रोग हो ?होइन । यो रोग एकबाट अर्काे व्यक्तिमा सर्दैन…
काठमाडौँ, २८ असोज । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा शास्त्र संकाय तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा परीक्षार्थीहरुको बायोमेट्रिक लागू गर्ने भएको छ । आयोगल आगामी १८ देखि २२ कात्तिक सम्म सञ्चालन हुने परीक्षामा सहभागी परीक्षार्थीहरुलाई परीक्षा हलमा प्रवेश गर्नुपूर्व दुईवटा औलाको बायोमेट्रिक लिने भएको हो । गेटमा औलाको बायोमेट्रिक पछि परीक्षा हल भित्र प्रवेश पाउने परीक्षार्थीले हाजिरीमा औलाको ल्याप्चे समेत लगाउनु पर्ने छ । यसअघिका कतिपय परीक्षामा नक्कली परीक्षार्थी समेत भेटिएकाले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षार्थीको बायोमेट्रिक लिने व्यवस्था मिलाइएको आयोगको भनाई छ।
भैरहवा, २८ असोज । भैरहवाको युर्निभर्सल कलेज अफ मेडिकल साइन्सेसका आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । विभिन्न माग राखेर केही दिनदेखि आन्दोलनरत विद्यार्थीमाथि आइतबार प्रहरीले लाठीचार्ज गरेको विद्यार्थीहरुले बताएका हुन् । सोको विरोधस्वरुप एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन अधिकारीको मध्यस्तकर्ताको उपस्थितमा कलेज प्रशासन र विद्यार्थीबीच जारी छलफलकै क्रममा कलेजमा प्रिन्सिपल लक्ष्मी पाठकलाई भगाइएको आरोप लगाएका छन् । ‘सो क्रममा प्रहरी बल प्रयोग गरी विद्यार्थीहरु एवम् इन्टर्न डाक्टरहरुको छातीमा बन्दुक तेर्साएर लाठीचार्ज गरी भुइमा लाएर घाइते बनाएको कुराको भत्र्सना गर्छाै’, विज्ञप्तिमा उल्लख छ । विद्यार्थीको मौलिक अधिकारका लागि गरिएको उक्त शान्तिपूर्ण आन्दोलनमा प्रशासन कार्यालयले दमन गरी ठाडो हस्तक्षेप…

