Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

पर्वको नाममा निन्द्रा खेर फाल्नु हानिकारक, के हुन्छ कम सुत्दा ?

Aricle TechBy Aricle Tech२०८० कार्तिक १, बुधबार
Share
Facebook Twitter

काठमाडौँ, १ कात्तिक । नेपालीहरुको महान पर्व शुरु भइसकेको छ । यसका लागि सबैले आ–आफ्नै किसिमले विभिन्न योजनाहरु बनाएका हुन्छन् । यस समय रमाइलो तथा काम गर्ने नाममा अधिकांशले आफ्नो निन्द्रा समेत खेर फाल्ने गर्छन् । जुन स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ ।

सामान्यतयाः एक स्वस्थ व्यक्तिका लागि ८ घन्टाको उचित निन्द्रा आवश्यक हुन्छ । निन्द्राले व्यक्तिले खाएका खाना राम्ररी पचाउनदेखि मानसिक रुपमा फ्रेस राख्न समेत मद्दत गर्छ । यसकारण पनि विज्ञहरु आवश्यक निन्द्रा सुत्नको लागि सल्लाह दिन्छन् । तर, पर्वको रमझमका नाममा व्यक्तिहरुले लामो समयसम्म निन्द्रा खेर फाल्नाले यसले व्यक्तिमा निम्न किसिमका विभिन्न समस्याहरु निम्त्याउने उनीहरुको राय छ :

अनिदो अथवा निन्द्राका अभावमा शरीरमा देखिने शारीरिक एवम् मानसिक समस्याहरु

शारीरिक समस्याहरु
-पाचन प्रणालीमा समस्या देखिनु
-छालामा मसिना बिबिराहरु आउनु
-आँखा पोल्नु
-मोटोपन बढ्नु
-मुटु सम्बन्धिको समस्या
-उच्च रक्तचाप
-प्रतिरोध प्रणालीको समस्या
-मधुमेहको जोखिम बढ्नु ।

मानसिक समस्याहरु
-स्मरण शक्तिमा हृास आउनु
-मुड स्विंग हुनु
-ध्यान केन्द्रित गर्न नसक्नु
-एन्जाइटी बढ्नु
-डिप्रेशनको उच्च सम्भावना
-र, आत्महत्याका सोचहरु आउनु ।

समाधानका उपायहरु

माथि उल्लेखित समस्याको जोखिम कम गर्ने भरपर्दो उपाय भनेकै पर्याप्त मात्रामा सुत्नु हो । यद्यपि यसको हकमा पनि व्यक्ति कति समय सुत्यो भन्दा पनि कस्तो निन्द्रा सुत्यो? भन्ने कुरा महत्वपूर्ण रहन्छ । चिकित्सा क्षेत्र अन्र्तगत ‘साउन्ड स्लिप’(उचित निन्द्रां) लाई महत्वपूर्ण पक्षको रुपमा लिइन्छ ।

अर्थात्, कुनैपनि व्यक्तिको सुताईको अवधि कति समय रहेको छ? भन्दा पनि चिकित्सा क्षेत्रअन्र्तगत सो व्यक्तिले कति अवधि उचित निन्द्रा सुत्यो भन्ने कुरा महत्वपूर्ण रहन्छ । तसर्थ माथि उल्लेखित समस्या नदेखियोस् भन्नका लागि पनि हामीले पर्याप्त मात्रामा उचित निन्द्रा उपभोग गर्नु अत्यावश्यक रहेको छ ।

यसबाहेक माथिका जोखिम कम गराउन र उचित निन्द्रा प्राप्त गर्न विशेष ध्यान दिनुपर्ने पक्षहरु निम्न रहेका छन्ः
-सुत्ने र उठ्ने आफ्नो नियमित तालिकालाई अनुशरण गर्ने
-राति सुत्ने समयमा मसालेदार खाना खाएमा निन्द्रा नलाग्ने भएकाले सुत्नुभन्दा २÷३ घन्टा अगाडि नै रात्रीभोजन गर्ने
-नियमित शारीरिक व्यायाम गर्ने
-योगा वा ध्यान गर्ने
-अल्कोहोल सेवनबाट टाढै रहने
-सकभर निन्द्रा खेर नफाल्ने र बाध्यतावश् यस्तो स्थिति आइपरे यो क्रमलाई लामो समय नदोहो¥याउने ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.