काठमाडौँ, १ कात्तिक । गएराति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अकस्मात् थापाथलिस्थित नर्भिक अस्पताल पुगे । छातीमा असमान्य महशुस भएपछि उनी चेकजाँचका लागि अस्पताल पुगेको उनको सचिवालयले जानकारी दियो ।
अस्पतालका एक चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो । त्यसैले बेलुकी करिब सवा सात बजेतिर प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका थिए । त्यहाँ डा. यादव भट्ट, डा. शिवजी सिलवाल लगायतको टोलीले उनको ब्लड प्रेसर, ब्लड र एन्जिओग्राम परीक्षण गरिएको थियो ।
स्वास्थ्य परीक्षणपछि सबै रिपोर्ट सामान्य देखिएपछि उनी हिजो नै डिस्चार्ज भएका छन् ।