Aricle Tech

काठमाडौँ, ३ कात्तिक । चाडपर्वमा मिठो खान खोज्नु स्वभाविक हा । यद्यपि मिठो खानेकुरा शरीरका लागि कत्तिको स्वस्थवद्र्वक छ भन्ने कुरामा भने हामी चनाखो रहनुपर्छ । तर, मिठो र अत्याधिक चिल्लो तथा मसालेदारयुक्त खाना पाउँदा स्वास्थ्यलाई पूर्ण रुपमा बेवास्ता गर्ने बानी दशैंजस्तो महान् चाडमा नदोहोरिने त कुरै भएन । यहाँसम्म कि, हामी आफ्नो शरीको क्षमताभन्दा पनि बढि खाइरहेका हुन्छौ । खाएका ती खानालाई शरीरले बेलैमा उचित रुपमा पचाउन नसक्दा त्यसले कालान्तारमा गएर कुनै न कुनै समस्या निम्त्याउँछ । अझ कतिपयलाई भने ती समस्याहरुले पर्वको रमझमबीच नै समेत सताउन सक्छ । चाडपर्वमा शरीरको क्षमताभन्दा बढी खाना उपभोग गर्दा अधिकांशमा तत्काल देखिने…

विस्तृतमा...

मकवानपुर, २ कात्तिक । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालद्वारा सञ्चालित डायलासिस युनिटले डाइलायसिस सेवालाई तीव्रता दिएको छ । युनिटले दुवै मिर्गौला फेल भएका बिरामीको उपचारमा गरिने दैनिक डाइलायसिस सेवालाई तीव्रता दिएको हो ।

विस्तृतमा...

काठमाडौँ, २ कात्तिक । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उनको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएको ‘उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण सङ्केत देखिएको छ’, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई भएको के हो ? छातीमा दुखाइ भएपछि उपचारका लागि आकस्मिक कक्षमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’ भएको अस्पतालले जनाएको छ । आम रुपमा हृदयघात भनिने यसका लागि श्रेष्ठको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको…

विस्तृतमा...

काठमाडौँ, २ कात्तिक । बसुन्धरास्थित सञ्चालित एक निःशुल्क स्वास्थ्य शिविर नेपाल मेडिकल काउन्सिलले बन्द गराएको छ । बसुन्धराको अनन्त आशा मण्डली (चर्च) मा हिजोदेखि सञ्चालित उक्त शिविर बिहिवार काउन्सिलको टोलीले अनुमति नलिएको भन्दै बन्द गराएको हो । तीन दिनका लागि भनेर बुधवारदेखि सञ्चालनमा आएको शिविरमा दक्षिण कोरिया, अमेरिका लगायत विभिन्न देशबाट आएका भनिएका १२ – १५ जना विदेशीहरुले चिकित्सकको भूमिकामा सेवा दिएका थिए । यद्यपि काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले शिविरमा खटिएका विदेशी चिकित्सकले अनुमति नलिएको बताएको छ । सो दिने व्यक्तिहरु वास्तविक चिकित्सक हुन् की होइनन् ? भन्ने पहिचानका लागि काउन्सिलले डाक्टर…

विस्तृतमा...

मकवानपुर, २ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आफ्नो मातहतका दुई स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नत गर्ने तयारी थालेको छ । उपमहानगरले १३ र १६ नम्बर वडाका स्वास्थ्य चौकीलाई स्तरोन्नतिसहित जनशक्ति थप गरेर नगर अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरेहिो । नगर कार्यपालिकाबाट ०७९ सालमै निर्णय भएपनि गत आथिर्क वर्षमा कार्यान्वयनमा ल्याउन नसकेको उपमहानगरले यो वर्ष भने दुई स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्ने कार्य थालेको हो । सुरुवाती चरणमा अस्पताललाई ५÷५ शय्या क्षमतामा सञ्चालन गरी आवश्यकताका आधारमा शय्या थप गर्ने र स्तरोन्नतिको काम गर्ने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ । नगर अस्पताल सञ्चालनका लागि फर्निचर, प्रयोगशालाका सामग्री लगायत व्यवस्थापनका काम…

विस्तृतमा...

काठमाडौं, २ कात्तिक । बागमती प्रदेशले बोलपत्रमार्फत खरिद गरिने औषधिको गुणस्तर मापनका लागि ‘छड्के’ गर्ने भएको छ । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ठेक्कामार्फत खरिद हुने औषधिको एपीआई र एक्सीप्लेन्ट्स जाँच गर्नका लागि अधिकारी खटाउन सकिने भन्दै त्यसको सहजीकरणका लागि सम्बन्धित पक्षलाई जानकारी गराएको छ । केन्द्रले बोलपत्र स्वीकृत भएका कम्पनीको उत्पादन प्रकृयामा एपीआई र एक्सीलेन्ट्स जाँच गर्ने बताएको छ । औषधि उत्पादनमा एपिआई भन्नाले एक्टिभ फर्मास्युटिकल्स इण्डिग्रेन्ट्स र एक्सिप्लेन्ट्स भन्नाले एक्टिभ इण्डिग्रेन्ट्सको क्यारियरका रुपमा काम गर्ने पदार्थहरु हो । एपीआई र एक्सिप्लेन्ट्सको जाँच गरेर औषधिको गुणस्तर र प्रभावकारिताका जान्ने बागमति प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रले निर्णय गरेको हो । सरकारी…

विस्तृतमा...

काठमाडौँ – नेकपा (एमाले) ले गाजास्थित अस्पतालमा भएको आक्रमणको निन्दा गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै एमालेले अस्पतालमा उपचार गराइरहेका बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा/आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएका घटनाको निन्दा गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनाका साथै बालबालिकासहित सयौँ हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने उल्लेख गरिएको छ । ‘जुनसुकै समस्याको समाधान शान्ति वार्ताद्वारा गरिनुपर्छ, निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका…

विस्तृतमा...

काठमाडौँ, २ कात्तिक । लोकसेवा आयोगले स्वास्थ्य सेवाका नवौँ तहका लागि कर्मचारीको माग गरेको छ । राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक÷प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो । दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नम्बर उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिने छ ।

विस्तृतमा...

काठमाडौँ, २ कात्तिक । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको कार्यतालिका परिवर्तन भएको छ । प्रत्येक वर्ष कात्तिक र ३ गते सञ्चालन गरिने सो कार्यक्रमको कार्यतालिका वडादशैं पर्न गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कार्तिक १७ र १८ गतेलाई सारिएको जानकारी दिएको हो । सो मितिमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन जुकाको औषधी खुवाइने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जनाएको छ । परिवार कल्याण महाशाखाकाअनुसार भिटामिन ‘ए’ करिब २७ लाख बालबालिकालाई खुवाइने तयारी छ । यसैगरी, जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ…

विस्तृतमा...

काठमाडौँ, २ कात्तिक । सामान्यतयाः नेपालीहरु चाडपर्व भन्ने बित्तिकै माछामासु र अल्कोहोल समारोह विशेषको रुपमा लिन्छन् । जसले गर्दा शरीमा विभिन्न समस्या उत्पन्न गर्ने सम्भावना उच्च रहन्छ । तसर्थ हाम्रो खानपिनका कारण शरीरमा कुनैपनि समस्या नदेखिन कुनैपनि आहारको सेवन ऋतुचर्याको आधारमा गर्नुपर्ने आयुर्वेद चिकित्सामा उल्लेख छ । यसो गरेमा मात्रै शरीरमा कुनै पनि विकार नदेखिकनै व्यक्तिले स्वस्थ जीवन जिउन सक्छन् । ऋतुचर्या भन्नाले ६ वटा ऋतुअनुरुप व्यक्तिको आहार निर्धारित रहनुपर्छ भन्ने बुझिन्छ । यसो भन्दैमा यसका लागि भिन्दाभिन्दै आहार आवश्यक पर्छ भन्नु विल्कुल होइन। बरु प्राकृतिक रुपमै उपलब्ध खानाहरु खान सकिने भएकाले यस्ता आहार झन् सहज रुपमा पाइन्छ । कस्ता…

विस्तृतमा...