Aricle Tech

काठमाडौँ, ४ कात्तिक । यसपटकको ‘मिसेज कल्चर–२०२३’ को ताज डा. ओजस्वी शेरचनले पहिरेकी छन् । शुक्रवार ३५ प्रतिस्पर्धीलाई पछ्याउँदै मिसेज कल्चर–२०२३’ बनेकी हुन् । यससंगै प्रतियोगितामा डा. शेरचनले पब्लिक च्वाइस विधाको समेत उपाधि हात पारेकी छन्। उनलाई प्रतियोगिताका ब्रान्ड एम्बेसडर नेपालको प्रथम मिस नेपाल रुबी राणाले ताज पहिराएकी थिइन्। मुस्ताङमा जन्मेर सोलुखुम्बुका डा। कुञ्जाङ शेर्पासँग बैबाहिक सम्बन्धमा बाँधिएकी ओजस्वी आफै पनि चिकित्सक हुन् । फिनालेमा उनले आफ्नो परिचय दिने क्रममा पनि यही कुरालाई आकर्षक रपमा प्रस्तुत गरेकी थिइन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित सो प्रतियोगीतामा डा. अंकिता ठाकुरले फस्ट रनर अपसँंगै डाइनामिक विधाको अवार्ड आफ्नो पोल्टामा पार्दा सुष्मा बस्नेतले सेकेन्ड…

विस्तृतमा...

काठमाडौँ, ४ कात्तिक । नेपाली समाजमा चाडपर्व भन्ने बित्तिकै मिठो खाएर रमाइलो गर्ने भन्ने एक किसिमको अघोषित प्रचलन नै छ । जसमा चिल्लो, पिरो र मसालेदार खाना समावेश नहुने त कुरै भएन । यस समयमा व्यक्ति स्वयम् आफ्नो खानपिनमा बेवास्ता त गर्छन् नै संगै आफ्ना बालबालिकाको खानपिनमा समेत खासै ध्यान दिएका हुदैनन् । यस समयमा कतिपय अभिभावकले बालबालिकालाई उनीहरुको इच्छा बमोजिम नै खानेकुराहरु खान छुट समेत दिएका हुन्छन् । तर, बालबालिकाको उमेर शारीरिक तथा मानसिक रुपमा विकसित हुने उमेर भएकाले त्यसमाथि पनि अधिकांश शारीरिक तथा मानसिक वृद्धि विकास खानाबाट नै हुने हुदा उनीहरुको खानपिनमा विशेष ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।…

विस्तृतमा...

चितवन, ३ कात्तिक । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताए । उनले भरतपुर आँखा अस्पतालको ६ करोड, नेत्रज्योति सङ्घको एक करोड र अन्य रकम दाताबाट चन्दा सङ्कलन गरेर भवन निर्माण गरिएको बताए । ‘पहिला लागत अनुमानमा आधुनिक शल्यक्रिया कक्ष थिएन, पछि थप ग¥यौँ’, मास्केले भने । शल्यक्रिया कक्ष निर्माण गर्दा थप रु दुई करोड खर्च भएको उनले जानकारी दिए ।…

विस्तृतमा...

टीकापुर, ३ कात्तिक । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो । पालिकाले यस वर्ष एक सय दुई जना क्षयरोग सङ्क्रमितलाई वितरण गर्ने जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए । पालिकाले क्षयरोग मुक्त पालिका बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । पालिकामा गत वर्ष एक सय ७६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका थिए । चालु आर्थिक वर्ष २०७८/ ०८९ मा एक सय ६८ जना बिरामी फेला परेका थिए । पालिकाले क्षयरोग मुक्त पालिका अभियान…

विस्तृतमा...

काठमाडौँ, ३ कात्तिक । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको सचिवालयले जनाएको छ । बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई गत बुधबार छातीमा असहज महशुस भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो । उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ । बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहे पनि बिरामी भएकाले उनको चीन…

विस्तृतमा...

काठमाडौँ, ३ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि अस्पतालका आकस्मिक सेवा र एम्बुलेन्स तयारीका अवस्थामा राख्न निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सार्वजनिक बिदाका दिनमा आकस्मिक स्वास्थ्य सेवाका लागि चिकित्सकीय समूह (इएमटी), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बिइएमटी) तथा एम्बुलेन्स आदि तयारी अवस्थामा राख्न सरोकारवालाहरुलाई निर्देशन दिएका हुन् । ‘सार्वजनिक विदाका दिनमा पनि अस्पतालहरुमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह ९ईएमटी०, आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बीईएमटी), एम्बुलेन्स आदि तयारी अवस्थामा राख्नुहुन तथा राख्न लगाउनुहुन यसै विज्ञप्तीमार्फत सम्बन्धित सरोकारवाला निकायहरुमा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ । यसैगरी,…

विस्तृतमा...

काठमाडौं । २०३१ सालमा तत्कालिन अखिल नेपाल चिकित्सक संघको सातौं अधिवेशन जनकपुरमा गर्ने तय भएपनि हुनसकेन । चैत्र २० देखि २३ गतेसम्म अधिवेशन काठमाडौंमा आयोजना गरियो । राजा विरेन्द्रले उद्घाटन गरेको उक्त अधिवेशनमा संघले आफ्नो रजतजयन्ती पनि मनाएको थियो । डा. तुलसी गिरी भर्खरै प्रधानमन्त्री नियुक्त भएका थिए । तत्कालिन समयमा सरकारले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई एकीकृत गरि ‘स्वास्थ्य समस्या अनुसन्धान समिति गठन’ गरेको थियो । सो समितिले माग बमोजिम २०३२ साल असारमा १६ बुँदे माग सहितको सुझाव पेश गरेको थियो । स्वास्थ्य डायरीलाई प्राप्त दस्तावेजमा उल्लेख भएअनुसार सोही समय चिकित्सकले माग गरेका अधिकांश विषय सम्बोधन भइसकेका छन् भने केही…

विस्तृतमा...

काठमाडौँ, ३ कत्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सिनेट सदस्यमा अन्य दुई जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिनेटमा अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई मनोनयन गरेको हो । सरकारले उनीहरुलाई प्रतिष्ठान ऐन २०६३ को दफा ७ को उपदफा (२) को (ध) बमोजिम मनोनयन गरिएको जानकारी दिएको छ । उल्लेखित दफा (ध) मा ‘लब्ध प्रतिष्ठित विज्ञान तथा समाजसेवीहरु मध्येबाट महिला समेतको प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनित गरेको दुई जना सदस्य रहने छन्,’ भनिएको छ । नव मनोनित सदस्यहरुको कार्यकाल तीन वर्षसम्म रहने व्यवस्था छ ।

विस्तृतमा...

काठमाडौँ, ३ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अन्र्तराष्ट्रिय भ्रमण स्वीकृत भएको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री बस्नेतको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । यससंगै मन्त्री बस्नेतले दुई साताको अन्तरमा दुई अन्तराष्ट्रिय फोरममा सहभागिता जनाउने भएका छन् । जसमा उनी आगामी १३ देखि १६ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रको ७६ औँ सभामा हुनेछन् । सो कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री बस्नेतसंगै स्वास्थ्य सचिव डा रोशन पोखरेल तथा अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाको समेत सहभागिता रहनेछ । यस्तै उक्त सभापश्चात् बस्नेत पुनः थाइल्याण्ड…

विस्तृतमा...

काठमाडौँ, ३ कात्तिक । तारकेश्वर नगरपालिका र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच सम्झाता भएको छ । यी दुईबीच बुधबार नगरपािलका अन्र्तगत एक सय शय्या क्षमताको मिर्गौला डायलाइसिस सेन्टर सञ्चालनमा ल्याउने सहमति भएको हो । सञ्चालनमा ल्याउने भनिएको उक्त डायलाइसिस सेन्टर नगरको १ नम्बर वडाको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रसँगै रहेको २७ रोपनी जग्गामा स्थापना हुने मेयर कृष्णहरि महर्जनले बताए । तत्कालका लागि उक्त जग्गामा प्रिफ्याभ हाउस निर्माण गरी सञ्चालन गर्ने द्विपक्षीय सम्झाता भएको उनको भनाई छ । सो सेवा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार नगरपालिकाले र आवश्यक जनशक्ति, मेशिन, औजार, उपकरण तथा औषधि र रासायनिक पदार्थहरु शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण…

विस्तृतमा...