काठमाडौँ, १ कात्तिक । कैलालीको गेटा अस्पताल सेवा सञ्चालनमा आएको छ । १ सय शैय्या क्षमताको अस्पताल आजदेखि सञ्चालनमा आएको हो ।
२६ जनाको टोलीले सेवा दिने भनिएको अस्पतालले तत्कालका लागि जनरल ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्स(रे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा प्रवाह गर्ने अस्पतालका निर्देशक डा। प्रमोद जोशीले बताए ।
यसैगगरी, अस्पतालले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा विस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा विस्तार गर्ने उनको भनाई छ ।
अस्पतालको सेवा सञ्चालनका लागि राजपत्र अनंकृत सहायकस्तर र श्रेणीविहिन गरी ११० जना र मन्त्रिपरिषदको निर्णय अनुसार राजपत्राकृंत तथा अधिकृतस्तरका ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भइसकेको छ।