काठमाडौँ, १ कात्तिक । इजरायलले गाजाको एक अस्पतालमा आक्रमण गरेको छ । मंगलबार राति इजरायली सेनाले गाजाको एआई अलि बप्लिस्ट अस्पतालमा रकेट आक्रमण गरेको दाबी गरेको हो ।
यद्यपि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै सो अस्पतालमा आक्रमण गरेको आरोप लगाएका छन् । उनले बच्चाको क्रुरतापूर्वक हत्या गर्ने हमासको बाहेक अन्यको साहस नहुने बताएका छन् ।
अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए । आक्रमणमा परी ५०० जनाले ज्यान गुमाएको त्यहाँका स्वास्थ्य मन्त्रालयले बताएको छ । हाल भग्नावशेष पन्छाएर शव निकाल्ने क्रम जारी रहेकाले मृत्यु हुनेको संसंख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
गत २० असोजमा हमासले पूर्व सूचनाबिना नै इजरायलमा आक्रमण गरेपछि इजरायल–हमासबीचको युद्व चर्किएको हो । तयारी अवस्थामा नरहेकाले इजरायलले त्यतिबेला आफ्ना १३०० नागरिकको मृत्युको सामना गर्नुपरेको थियो भने हमासले अझैपनि सयौँ संख्यामा इजरायली नागरिकलाई बन्दी बनाई राखेको छ ।
बदलामा इजरायलले पनि हमासलाई आक्रमण गरेको छ । उक्त आक्रमणमा परी झण्डै २८०० प्यालेस्टाइनीहरुको मृत्यु भएको विभिन्न अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।