काठमाडौँ, ३० असोज । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । दशैँमा घर जाने यात्रुलाई लक्षित गरी महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेक्समार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधी वितरण गरिएको बताए । हेल्थ डेक्समा काठमाडौं महानगरपालिका वडा नं २६ को टोली खटाइएको छ । उनले दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताए । यस्तै महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रा।लि।का प्रवक्ता…
Aricle Tech
काठमाडौँ, ३० असोज । कैलालीको गेटा अस्पतालको सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार अस्पतालका निर्देशक डा. प्रमोद जोशीले पत्रकार सम्मेलन जारी गर्दै अस्पताल भोलिबाट सञ्चालन आउने जानकारी दिए । १ सय शैय्या क्षमताको अस्पतालले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उनले बताए । अस्पताल सञ्चालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण, औषधीलगायतको प्रबन्ध भइसकेको उनको भनाई छ। डा. जोशीका अनुसार अस्पतालबाट तत्कालका लागि स्वास्थ्यकर्मीको २६ जनाको टोलीले सेवा दिनेछन् ।
काठमाडौँ, ३० असोज । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन, विद्यार्थी भर्ना र गुणस्तरका सम्बन्धमा गठित उपसमितिको कार्यावधि आगामी कात्तिक २० गतेसम्मका लागि थप गरेको छ सो उपसमितिका संयोजक देवेन्द्र पौडेलको आग्रहमा समितिका सभापति भानुभक्त जोशीले समय थप्न आजको बैठकमा राख्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । गत भदौ २५ गते गठित उपसमितिको हालसम्म दुई बैठक बसेको छ । यही असोज १४ गतेको पछिल्लो बैठकले तोकिएको कार्यक्षेत्रमा तथ्य र स्रोत सामग्रीसहित विस्तृत अध्ययन तथा सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको थियो । चिकित्सा शिक्षा आयोग र…
काठमाडौं—स्वास्थ्य बिमा बोर्डका ५ जना सदस्यले सामूहिक राजीनामा बुझाएका छन् । मंगलबार उनीहरुले बोर्डको कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा बोर्डका मनोनित सदस्यहरु डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई रहेका छन् । सरकारले ९ महिनादेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको र आवश्यक जनशक्तिको उचित व्यवस्थापन गर्न नसकेको उनीहरुको आरोप छ । यसअघि स्वास्थ्यमन्त्री मोहन बस्नेतले स्वास्थ्य बिमा ऐन विपरित बोर्डका कार्यकारी प्रमुख डा. दामोदर बसौलालाई स्पष्टिकरण सोध्दै निलम्बन गरेको थियो । ८ महिनादेखि अध्यक्षविहिन बोर्डमा अब सामूहिक राजीनामापछि निमित्त…
काठमाडौँ, ३० असोज । ३७ वर्षीय महिलाले आफ्नी ६२ वर्षीय सासुलाई कलेजो दान गरेकी छन् । गत शुक्रवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सो प्रत्यारोपण सम्पन्न भएको हो । भारतको लेकसोर अस्पतालका डा शिल्भा कुमार नागानाथमको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टोलीद्वारा उक्त प्रत्यारोपण गरिएको थियो। यससंगै केन्द्रमा कुल १४ कलेजो प्रत्यारोपणको सम्पन्न भएको छ । हाल कलेजो दात्ता र बिरामी दुवैको अवस्था सामान्य रहेको केन्द्रले जनाएको छ । के हो कलेजो दान ? विभिन्न कारणवश् कलेजो बिग्रिएको तथा काम गर्न नसक्ने अवस्थामा दोस्रो व्यक्तिले शल्यक्रियामार्फत आफ्नो कलेजोको केही भाग बिरामीलाई दिने अवस्थालाई नै कलेजो दान भनिन्छ…
ललितपुर, ३० असोज । युद्वग्रस्त इजरायलबाट फर्केका नेपालीहरुलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ। अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले युद्धग्रस्त मुलुकबाट ज्यान जोगाएर फर्केका नेपालीहरूको मनोवैज्ञानिक स्वास्थ्यलाई मध्यजर गर्दै उनीहरुलाई परामर्श एक महिने निःशुल्क प्राकृतिक उपचार दिने बताएका हुन्। यसअन्र्तगत अस्पतालले मनोवैज्ञानिक परामर्श, न्युरो मनोचिकित्सक, पुनर्स्थापना कार्यक्रम, योग, ध्यान, प्राकृतिक उपचार, जडिबुटी फिजियोथेरापीहरू जस्ता सेवा निःशुल्क दिने उनको भनाई छ । सो बिरामीलाई न्युरोसाइक्र्याटिस्ट डा. प्रदीप पाण्डे, प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ डा. स्कन्द डाँगी, आयुर्वेद चिकित्सक डा। रमेश पौडेल, योग थेरापिस्ट सविन महर्जन, न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिनेछन्।…
काठमाडौँ, ३० असोज । मानवीय संरचना अनुरुप हाम्रो पेटभित्र सानो र ठुलो आन्द्रा जोड्ने अर्को एक मसिनो आन्द्रा रहेको हुन्छ ,जसलाई नै हामी ‘एपेन्डिक्स’भन्छौ । एपेन्डिक्स जुकाजस्तो मसिनो आकारको हुने भएकै कारण आमव्यक्तिको सहजताका लागि यसलाई ‘जुकेआन्द्रा’पनि भन्ने गरिन्छ। प्रत्येक व्यक्तिको शरीरमा रहने यसअंगको मुख्य काम भनेको आन्द्रालाई आवश्यक फ्लोरा अर्थात् ब्याक्टेरिया तथा लिम्फोसाईट्स (सेतो रक्तकोषिका)हरु प्रदान गर्नु हो। तर, विभिन्न कारणवश यस अंगमा संक्रमण भएको खण्डमा यो भित्रभित्रै सुन्निएर पाँकेर आउँछ । फलस्वरुपः यसले बिरामीमा असहजता एवम् पिडा उत्पन्न गराउँछ । र, सोहि एपेन्डिक्सकै कारण उत्पन्न हुने समस्यालाई नै ‘एपेन्डिसाईटिस’भनिन्छ। व्यक्तिको जीवनकालमा बालकदेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखापर्न सक्ने…
काठमाडौं, २९ असोज । निजी स्वास्थ्य संस्थाहरुमा चिकित्साकर्म गर्दागर्दै दश वर्षअघि नेपाल सरकारको स्वास्थ्य सेवामा उपसचिवका रुपमा प्रवेश गरेका डा. मदन कुमार उपाध्यायलाई मन्त्रालयका ‘स्मार्ट’ सहसचिव भन्दा फरक नपर्ला । बीचमा खुल्लाबाटै लडेर ६ वर्षअघि सहसचिव भएका उपाध्याय हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका प्रमुख हुन् । उपाध्यायलाई सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक बनाएका छन् । स्वास्थ्य बीमालाई असफलता तर्फ उन्मुख भएको भनेर चर्चा भरहेका बेला उपाध्यायलाई बीमाको निमित्त निर्देशक बनाइएको हो । बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेलगत्तै मन्त्री बस्नेतले प्रशासनिक र आर्थिक…
काठमाडौं, २९ असोज । ह्याम्स (हस्पिटल अफ एडभान्स मेडिसिन एण्ड सर्जरी) अस्पतालले पब्लिक लिमिटेडमा गएर सर्वसाधारणका लागि शेयर निश्कासन गर्ने निर्णय गरेको छ । केही वर्षयता बुद्धनगरबाट मण्डिखाटारमा सरेर नयाँ व्यवस्थापनसहित अत्धुनिक उपकरण र सेवासहितको उच्चस्तरीय अस्पतालका रुपमा चर्चा कमाइरहेको ह्याम्स अस्पतालले प्राइभेटबाट पब्लिक कम्पनीमा गएर धितोपत्र बोर्डमा सूचिकृत हुने निर्णय गरेको हो । अस्पतालको गत असोज २६ गते सम्पन्न साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने र चुक्ता पुँजीको १५ प्रतिशत शेयर सर्वसाधारणलाई बाँड्ने निर्णय भएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले स्वास्थ्य डायरीलाई बताए । उनले भने, ‘हामीले शेयर निश्काषनका गर्नका लागि धितोपत्र बोर्डले तय गरेका मापदण्ड पुरा गरेकाले त्यो प्रकृया…
काठमाडौँ, २९ असोज । काठमाडौँ फोटोग्राफर संघले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । संघले शनिबार काठमाडौंमा पर्व शुभकामना आदानप्रदान समारोहबीच सो कार्यक्रम सम्पन्न गरेको हो । फोटोग्राफीमा प्रयोग हुने डिजिटल डिभाइसले आँखामा आउनसक्ने समस्यालाई मध्यनजर गरी सो शिविरको आयोजना गरिएको अध्यक्ष हरि प्रसाद घिमिरे बताए । उनका अनुसार शिविरमा मधुमेहका बिरामीका लागि विशेष आँखा चेकजाँच तथा आवश्यक औषधी निःशुल्क वितरण गरिएको थियो । कार्यक्रमबाट १ सय ७० भन्दा बढीले सेवा लिएका छन् ।

