Aricle Tech

बझाङ: बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको छ। बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका-३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

विस्तृतमा...

बलेवा : धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडानं र ३ की ३२ बर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार समान्यरूपम उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन् । यो छन्त्यालको चौथो सन्तान हो । पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो, तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि…

विस्तृतमा...

अर्घाखाँची: विकट भनेर चिनिने अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मा अत्याधुनिक सेवासहितको २४ शय्याको अस्पताल खुलेको छ। छायाँ अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि बुटवल तथा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ। अर्घाखाँचीमा शल्यक्रियाको सुविधासहितको अस्पताल नभएका कारण आफूहरुले अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका फिजिसियन तथा मुटु रोग विशेषज्ञ डाक्टर प्रदीपजंग केसीले बताए। अस्पतालमा फिजिसियन सेवा, मुटु रोग सेवा, महिला तथा प्रसूति रोग सेवा, स्त्री रोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवासहितका सेवाहरु रहेका छन्। अस्पतालमा जटिल प्रकारका सुत्केरीको शल्यक्रिया समेत भइरहेको अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नीता श्रेष्ठले बताए।

विस्तृतमा...

कपिलवस्तु: कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालनमा आएको छ । औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो। लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताए । नेपालभर २३ डीआर सेवा र ८६ उपकेन्द्र रहेको उनले बताए । चन्द्रौटामा सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा प्रभावकारी ढङ्गले अघि बढ्ने विश्वास लिइएको छ । क्षयरोगका बिरामीलाई औषधिले काम गरे/ नगरेको विषयको परीक्षण प्रयोगशालामा हुनेछ । साथै नियमित औषधिले निको हुने/नहुने अवस्थाबारे पनि थाहा पाउन सहज हुने बताइएको छ ।

विस्तृतमा...

डडेल्धुरा :  डडेल्धुरा अस्पतालले करार सेवामा चिकित्सक भर्ना गर्न फेरि प्रक्रिया अगाडि बढाएको छ। पहिलोपटक खोलेको विज्ञापनमा दरखास्त दिएका कोही पनि परीक्षामा सहभागी नभएपछि दोस्रोपटक विज्ञापन गरेर चिकित्सक भर्ना प्रक्रिया अगाडि बढाइएको हो ।अस्पतालले १४ जना डाक्टर भर्ना गर्नका लागि आवेदन माग गरेको हो। जसमा १२ जना नवौं तहका विशेषज्ञ र २ जना मेडिकल अधिकृतका लागि आवेदन खोलिएको अस्पताल प्रशासनले जनाएको छ। स्वास्थ्य मन्त्रालयबाट स्विकृत दरबन्दी रिक्त रहेको र अस्पताल विकास समितिको साउन २२ गतेको निर्णयअनुसार करार सेवामा चिकित्सक भर्ना गर्न आवेदन खोलिएको जनाइएको छ। इच्छुकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ भने छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ।

विस्तृतमा...

बझाङः बझाङमा एक स्वाथ्यकर्मीमाथि हातपात भएको छ। हिजो मंगलबार जयपृथ्वी अस्पताल प्रालि चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मी (फार्मासिष्ट) माथि हातपात भएको हो। डाक्टरको सल्लाह विना औषधी दिन सकिन्न भनेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा फार्मासिष्ट मदन खड्कामाथि अभद्र व्यवहारसँगै कुटपिट भएको बताइएको छ। दसैैंको बिदाको दिनमा पनि नागरिकको स्वास्थ्य उपचारका लागि ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्तीसमेत जारी गरेको छ। जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार लगायतका व्यक्तिले अस्पताल फार्मेसीभित्र प्रवेश गरि प्रिगावलिन, ट्रामाडोल र कफट्याव डि भन्ने औषधि माग्न खोज्दा इन्कार गरेपछि खड्कामाथि गाली गर्नुका साथै उहातपात गरेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। हातपात गर्ने सोहि…

विस्तृतमा...

काठमाडौं : दसैंंमा लगाउने जमराले स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ। गहुँको जमरा स्वास्थ्यका लागि एकदमै राम्रो हुन्छ। यसमा भरपूर मात्रामा न्यूट्रियन्ट्स पाइन्छन् । जमरामा पाइने भिटामिन ए, बी, सी, ई, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेशियम स्वास्थ्यका लागि एकदमै आवश्यक हुन्छन्। जमरामा फाइबर पनि भरपूर मात्रामा पाइन्छ। यो पाचन तन्त्रका लागि पनि एकदमै फाइदाजनक साबित हुन सक्छ। यस्तोमा दैनिक जमराको जुस वा पाउडर खानाले कब्जियत, अपच जस्ता पेटसँग जोडिएका कैयौँ समस्या हुँदैनन्। जमराले लिवर र किड्नीलाई पनि स्वस्थ राख्छ। जमराको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ। यसमा आइरनको मात्रा राम्रो पाइन्छ जसले रगतको कमी हुनबाट जोगाउँछ। मधुमेहको समस्यामा पनि जमराको सेवन एकदमै राम्रो…

विस्तृतमा...

काठमाडौं : आमाशयमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्राइटिको मुख्य कारण भनेको हाम्रो खानपानमा गडबडी नै हो । धेरै चिल्लो पिरो, तातो चिजहरु, भुटेको तारेको आदि खानाले ग्यास्ट्रिक बनाउँछ । त्यसैले दसैंका बेला चिल्लो पिरो खादा विशेष सावधानी अपनाउनुपर्छ ।त्यस्तै अर्को भनेको अनिद्रा तथा मानसिक तनावले पनि ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । ग्यास्ट्रिक भएको बेला पेट पोल्ने, पेटको माथि एकनासले पोल्ने, खाली पेटमा भन्दा खाना खाएपछि पेट दुख्ने, पेट फुल्ने, वाकवाकी आउने आदि यसका लक्षण हुन् । यदि घाउ नै भयो भने त्यसलाई अल्सर मानिन्छ । ग्यास्ट्रिक भएका व्यक्तिले विशेषगरी खानपिनमा ध्यान दिनुपर्छ । रक्सी,…

विस्तृतमा...

काठमाडौं : मासु किन्दा नै सावधानी अपनाउनुपर्छ । सकेसम्म रातो मासु नखान चिकित्सकहरुको सुझाव रहँदै आएको छ । र, मासु खानेबित्तिकै दही, आइसक्रिम लगायत क्रिमका परिकार खान हुँदैन् । हाम्रोमा माछा, मासुलगायतका परिकार खाएपछि डेजर्टको रुपमा यस्ता खानेकुरा खाने चलन छ । तर, मासु खानेबित्तिकै दही खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन् । यस्तै, फ्रिजमा धेरै समय राखेको मासु खानुहुँदैन् । खुला ठाँउमा राखेको मासु पनि खानुहुँदैन् । मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुनाले यस्तो मासु सकेसम्म नखान चिकित्सकहरुले सुझाव दिने गरेका छन् । धेरै मसला तथा चिल्लो भएको मासु पनि खानुहुँदैन् ।

विस्तृतमा...

तुलसीपुर: दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्सविहीन भएको हो ।  एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । निजी एम्बुलेन्सले महँगो शुल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही टेकराज भण्डारीले बताए ।  अस्पतालको रा १ झ ११३ नम्बरको एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीले बताए । पटक-पटक बिग्रिने र बनाउँदा पाँच-सात लाख खर्च हुने…

विस्तृतमा...