काठमाडौँ, ३ कात्तिक । चाडपर्वमा मिठो खान खोज्नु स्वभाविक हा । यद्यपि मिठो खानेकुरा शरीरका लागि कत्तिको स्वस्थवद्र्वक छ भन्ने कुरामा भने हामी चनाखो रहनुपर्छ । तर, मिठो र अत्याधिक चिल्लो तथा मसालेदारयुक्त खाना पाउँदा स्वास्थ्यलाई पूर्ण रुपमा बेवास्ता गर्ने बानी दशैंजस्तो महान् चाडमा नदोहोरिने त कुरै भएन । यहाँसम्म कि, हामी आफ्नो शरीको क्षमताभन्दा पनि बढि खाइरहेका हुन्छौ ।
खाएका ती खानालाई शरीरले बेलैमा उचित रुपमा पचाउन नसक्दा त्यसले कालान्तारमा गएर कुनै न कुनै समस्या निम्त्याउँछ । अझ कतिपयलाई भने ती समस्याहरुले पर्वको रमझमबीच नै समेत सताउन सक्छ ।
चाडपर्वमा शरीरको क्षमताभन्दा बढी खाना उपभोग गर्दा अधिकांशमा तत्काल देखिने समस्या भनेकै ग्यास्ट्रिकको समस्या हो । तसर्थ यस्ता समस्या ननिम्तियोस् भन्नका बेलैमा सर्तकता अपनाउन जरुरी रहन्छ ।
यसका लागि के गर्ने त ?
कुनै पनि रोग लागेर त्यसको उपचार खोज्नुभन्दा रोग लाग्न नै नदिनु बुद्विमानी रहन्छ । तसर्थ हामी रोग लाग्नुभन्दा पनि बढी रोग नलागोस् भन्ने कुरामा बढी सर्तक रहनुपर्छ । यसका लागि व्यक्तिले निम्न पक्षमा ध्यान पुर्याउनु पछ ः
तारेको, भुटेको वा अत्याधिक चिल्लो, पिरो तथा मसालेदार खानाको सेवन नगर्ने
लामो समयसम्म भोकै नबस्ने
नखाएर मात्रै नभई खान नजानेर पनि व्यक्तिलाई ग्यास्ट्रिकले सताउँछ । तसर्थ एकैपटक धेरै खाना पनि नखाने
रुच्छ वा मनपर्छ भन्दैमा माछामासुको सेवन पनि धेरै नगर्ने । अलि–अलि गरेर मात्रा मिलाएर मात्रै खाने
प्रत्येक ४÷४ घन्टाको अन्तरालमा केहि न केहि खाना खाइरहने
बजारमा उपलब्ध तयारी खानाको सेवनबाट टाढै रहने
एकैचोटि पकाएर बासी खाना खानुभन्दा थोरै–थोरै बनाएर ताजा एवम् स्वच्छ खानाको सेवन गर्ने
बाहिरी पेय पदार्थको सट्टा घरमै बनाइएका तरकारी वा फलफूलको रस अथवा प्रशस्त पानीको सेवन गर्ने
शारीरिक रुपमा सक्रिय रहन पनि उत्तिकै आवश्यक रहेकोले प्रत्येक बिहान र साझँपख ४५ देखि ६० मिनेट (मर्निङ वाक र इभिनिङ वाक) हिडडुल गर्ने ।
ग्यास्ट्रिक भएकालाई यस्ता छन् घरेलु उपचार
पर्वको माहोलबीच शरीर अस्वस्थ हुँदा सबैको हत्तपत्त स्वास्थ्य संस्था गइहाल्ने अवस्था हुँदैन । तसर्थ पर्वबीच व्यक्तिलाई ग्यास्ट्रिकको समस्या देखिएमा नआत्तिकनै व्यक्तिले घरेलु उपायबाटै यसको दुखाईलाई कम गराउन सकिन्छ । यसका लागि व्यक्तिले यी पक्षलाई अवलम्बन गर्नुपर्छ ः
–ग्यास्ट्रिकको समस्याले सताएमा तत्कालका लागि मनतातो पानी पिउने । र, यसका लागि ग्यास्ट्रिकको झोल पनि सेवन गर्न सकिन्छ ।
– धेरै खाएर यस्ता समस्या देखिएको हो भने केहि समयका लागि खाना नपचेसम्म खाली पेट बस्ने वा केहि नखाने
– आराम गर्ने
–कागती पानीको सेवन गर्ने
–शरीरलाई चलायमान बनाउने
–ग्यास्ट्रिकबाट राहत दिलाउने केही योगासान गर्ने
– दुखेको भाग वरपर विस्तारै हल्का मसाज गर्ने । यसले शरीरमा स्टोर भएको ग्याँस बाहिर निस्कन मद्दत गर्छ ।
– र, स्थान र समय अनुकुल मिलाएर चिकित्सकको परामर्श पनि अनिवार्य रुपमा लिने ।