काठमाडौँ, २ कात्तिक । लोकसेवा आयोगले स्वास्थ्य सेवाका नवौँ तहका लागि कर्मचारीको माग गरेको छ ।
राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक÷प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो ।
दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नम्बर उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिने छ ।