मकवानपुर, २ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आफ्नो मातहतका दुई स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नत गर्ने तयारी थालेको छ । उपमहानगरले १३ र १६ नम्बर वडाका स्वास्थ्य चौकीलाई स्तरोन्नतिसहित जनशक्ति थप गरेर नगर अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरेहिो ।
नगर कार्यपालिकाबाट ०७९ सालमै निर्णय भएपनि गत आथिर्क वर्षमा कार्यान्वयनमा ल्याउन नसकेको उपमहानगरले यो वर्ष भने दुई स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्ने कार्य थालेको हो ।
सुरुवाती चरणमा अस्पताललाई ५÷५ शय्या क्षमतामा सञ्चालन गरी आवश्यकताका आधारमा शय्या थप गर्ने र स्तरोन्नतिको काम गर्ने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ । नगर अस्पताल सञ्चालनका लागि फर्निचर, प्रयोगशालाका सामग्री लगायत व्यवस्थापनका काम गरिरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए ।
उनका अनुसार अस्पतालका लागि हाल विभिन्न १७ तहमा जनशक्ति माग गरिएकोमा ७९५ को आवेदन परेको छ ।