काठमाडौँ, २ कात्तिक । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको कार्यतालिका परिवर्तन भएको छ । प्रत्येक वर्ष कात्तिक र ३ गते सञ्चालन गरिने सो कार्यक्रमको कार्यतालिका वडादशैं पर्न गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कार्तिक १७ र १८ गतेलाई सारिएको जानकारी दिएको हो ।
सो मितिमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन जुकाको औषधी खुवाइने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जनाएको छ ।
परिवार कल्याण महाशाखाकाअनुसार भिटामिन ‘ए’ करिब २७ लाख बालबालिकालाई खुवाइने तयारी छ । यसैगरी, जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।